jhapaonline add

झापा, ११ साउन । कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजार पूर्वस्थित काँटा चोक नजिकको गेउरिया खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आवागमनको समस्या अन्त्य भएको छ। यसअघि उक्त स्थानमा रहेको होचो (कजवे) पुलबाट आवतजावत हुने गरे पनि बर्खायाममा खोलाको बहाव बढ्नेबित्तिकै पुल डुबानमा पर्ने गरेको थियो। त्यसका कारण सवारीसाधन सञ्चालन ठप्प हुने, स्थानीयवासीलाई दैनिक आवागमनमा सास्ती हुने, कृषि उपज ढुवानी गर्न कठिनाइ हुने, विद्यार्थीको विद्यालय आवतजावत प्रभावित हुने तथा बिरामीलाई अस्पताल पुर्‍याउनसमेत समस्या हुने गरेको थियो। नवनिर्मित पक्की पुल सञ्चालनमा आएपछि साबिक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्ने कृषि सडक हुँदै दमकसम्मको यात्रा सहज,…

Read More

झापा, ११ साउन । झापाको तीन वटा पालिकाका २८ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ । कनकाई नगरपालिकाका र बुद्धशान्ति गाउँपालिका ५/५, अर्जुनधाराका १८ गरी २८ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । साउन ८ गते कनकाई नगरपालिका–३ का ५ जना अव्यवस्थित बसोबासी तथा भूमिहीन दलितलाई धनीपूर्जा वितरण गरिएको छ । झापा क्षेत्र नम्बर ४ का संघीय सांसद शम्भूप्रसाद ढकाल, झापाका प्रमुख जिल्ला अधिकारी एवम् भूमि समस्या समाधान समितिका अध्यक्ष शिवप्रसाद गेलाल, कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले ४ जना अव्यवस्थित बसोबासी र १ जना भूमिहीन दलितलाई धनीपुर्जा प्रदान गर्नुभयो । सरकारले निर्धारण गरेको समयभित्रै झापाका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी…

Read More

झापा, ११ साउन । यस वर्षको साउनको दोस्रो सोमबार आज बिहानैदेखि झापासहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । बिहानदेखि नै झापाको अर्जुनधारा जलेश्वरधाम, कोटीहवन, सताक्षीधाम लगायतका मन्दिरमा साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका छन् । यता, सोही अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । पहिलो सोमबार साउन ४ गतेभन्दा आज पशुपति क्षेत्रमा थप व्यवस्था गरिएको देखिन्छ । गत हप्ता नभ्याएका साउने सोमबारका काम यस हप्ता भने पूरा भएको कोषले जनाएको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै…

Read More

झापा, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि जिल्लाका चार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान १ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार र घुस्की बजार क्षेत्रमा कर्फ्यु लागू गरेको हो। प्रहरीका अनुसार आइतबार राति साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान तयारी गरिरहेको एक समूह र रातिको समयमा डिजे बजाएर होहल्ला गरेको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा…

Read More

झापा, ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस तथा कोशी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ…

Read More

बागलु १० साउन । बागलुङमा मोबाइल नदिएको विषयमा भएको सामान्य विवादले ज्यानै जाने दुःखद घटना भएको छ। बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या उनकै साथीहरूले गरेको खुलेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। लजिन साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका थिए। त्यसयता उनी सम्पर्कविहीन भएका थिए। लामो खोजीपछि बिहीबार स्थानीय मनखोलामा उनको शव फेला परेको हो। प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार जन्मदिन मनाउने क्रममा…

Read More

झापा, १० साउन । नेपाल प्रेस युनियनले केन्द्रीय सदस्य पदमा सात जना तथा आमन्त्रित केन्द्रीय सदस्यमा दुई जनालाई मनोनयन गरेको छ । नेपाल प्रेस युनियनको विधान २०६८ को छैटौं संशोधन २०७९ को धारा २१ (झ) बमोजिम विभिन्न जिल्लाका पत्रकारलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको जनाइएको छ। मनोनयनमा परेका सदस्यहरूले युनियनको मूल्य, मान्यता, आदर्श, प्रेस स्वतन्त्रता तथा पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास युनियनले व्यक्त गरेको छ। केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा कृष्ण सिग्देल (स्याङ्जा), बसन्त कुमार उपाध्याय (बाँके), परमेश्वर अधिकारी (लमजुङ), शैलेन्द्र झा (जनकपुर), राजेन्द्र गौतम (झापा), गोपाल भण्डारी (कपिलवस्तु) र भवानी अधिकारी (स्याङ्जा) रहेका छन्। त्यसैगरी, डीबी बिष्ट…

Read More

झापा, १० साउन । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषध (ब्राउन सुगर) सहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले झापाको अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय विवेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर तथा प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरले अर्जुनधारा–९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। मोरङमा अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका–८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। साथै, प्रहरी चौकी रमाइलोले बेलबारी…

Read More

झापा, १० साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४१० निर्धारण भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र चाँदी चार…

Read More