
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
निशान निरौलाझापा, २१ कात्तिक । एचकेआर इन्टरटेन्मेन्टमार्फत नयाँ गीत “मैले गाउने गीतहरुमा” आज सार्वजनिक गरिएको छ । गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर रहेको छ। गीतका शब्द मौसम परिवर्तन याकथुङ्बाले लेखेका हुन् भने संगीत दिपराजले भरेका छन् । भिडियोमा नवीन सुवेदी र दीक्षा भुजेलको दमदार अभिनय देख्न सकिन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन हिकस राईले गरेका छन् । भावनात्मक शब्द, मन छुने स्वर र आकर्षक भिडियोका कारण यो गीतले दर्शक र श्रोताको मन जित्ने विश्वास लिइएको छ । यो गीत आजबाट एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
झापा, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन…
झापा, २१ कात्तिक । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १० बजेर ४० मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यो भूकम्पको धक्का दार्चुला, कञ्चनपुरसहित आसपासका जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा पनि महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको विवरण भने नआएको प्रहरीले जनाएको छ। यही कात्तिक ६ गते बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो।
झापा, २१ कात्तिक । सरकारले २१ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरुवा भएका सहसचिवहरुको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो। यसअघि विभिन्न मन्त्रालयका कार्यरत ७ जना सहसचिवलाई विभिन्न प्रदेशमा सचिवको रुपमा खटाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोशहरी निरौला स्थानीय पूर्वाधार विकास योजना कार्यालयका पुष्कर प्रसाद पोखरेल र उद्धवप्रसाद रिजाललाई कोसी प्रदेशमा सचिवका रुपमा खटाउने निर्णय भएको छ। सहरी विकास मन्त्रालयका विष्णु भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीलाई सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशबाट रामबाबु पुरीलाई बागमती प्रदेश र सुदूरपश्चिमबाट वीरेन्द्रकुमार मिश्रलाई…
झापा, २१ कात्तिक । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।
झापा, २० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । आयोगले राजस्व चुहावटमा संलग्न भई नेपाल सरकारलाई एक करोड २३ लाख ६९ हजार भन्दा बढी रुपैयाँ बराबरको हानी भएकोले सोही रकम बराबर जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार १५१.५०…
झापा, २० कात्तिक । श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । कोलोम्बोमा आज भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–७ ले पराजित गर्यो भने दोस्रो सेट २५–१० तथा तेसो सेट २५–११ ले हरायो । आजको जितपछि नेपालले तीन खेलबाट सात अङ्क जोडेको छ । यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–१ को सेटमा हराएको थियो । चार टिम सहभागी यश प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल हुनेछ…
झापा, २० कात्तिक । झापाको कमल गाउँपालिका–६ मंगलबारेमा वाईफाई मर्मतको क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शिवसतासी नगरपालिका–१ निवासी १९ वर्षीय आसिस खनाल फस्ट लिंक वाईफाई कम्पनीमा कार्यरत थिए। गत कार्तिक ११ गते साँझ ५ः३० बजे मंगलबारेस्थित बिजुलीको पोलमा चढी वाईफाई मर्मत गर्ने क्रममा अचानक विद्युत् तारमा छोइएपछि करेन्ट लागी भुइँमा खसेर गम्भीर घाइते भएका थिए। घाइते खनाललाई तत्काल उपचारका लागि आम्दा अस्पताल, खरखरे दमक पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर लगिएकोमा चिकित्सकले उपचार सम्भव नभएको बताएपछि आफन्तले उनलाई घर ल्याएका थिए। कार्तिक १९ गते उनको मृत्यु भएको पुष्टि भएको छ। मृत्युपछि कार्तिक २०…
झापा, २० कात्तिक । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ । बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिद बिक्री भएको थियो । बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी…
मोरङ, २० कात्तिक । मोरङको जहदा गाउँपालिका–३ बाट लागुऔषध गाँजा ओसार–पोसारमा संलग्न एम्बुलेस र चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १९ गते राति विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका–३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए सगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्ससँगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का…