
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
मोरङ, १० मंसीर । मोरङको विराटनगर १३ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ९ गते लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जहदा गाउँपालिका १ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।
झापा, १० मंसीर । बंगालको खाडीमा चक्रवात विकास भइरहेको भन्दै भारतको मौसम विभागले चेतावनी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी २४ घण्टामा सेनयार नामको चक्रवात जमिनमा बज्रिने सम्भावना छ । आगामी २४ घण्टामा अन्डमान सागरको मौसम अचानक परिवर्तन हुन सक्छ । स्काइमेट वेदरले आगामी ४८ घण्टा भित्र सेनयार चक्रवात जमिनमा पुग्ने अनुमान गरेको छ । यस अवधिमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नेछ र आँधीबेहरीसँगै भारी वर्षा हुनेछ । तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अन्डमान र निकोबार टापुमा भारी वर्षा हुने अनुमान गरिएको छ । विभागले डिसेम्बर १ सम्म धेरैवटा दक्षिणी राज्यमा भारी वर्षा हुने अनुमान गरेको…
झापा, १० मंसीर । सरकारले सहकारीमा एक लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने उद्देश्यले कार्यबिधि तयार पारेको हो । सानो रकम फसेका पीडित नागरिकलाई चक्रिय कोष बनाएर रकम फिर्ता कार्यबिधि निर्माण गरी अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट कार्यबिधि स्वीकृति प्राप्त भएपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयका सहप्रवक्ता दामोदर वाग्लेले जानकारी दिए । उनका अनुसार पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने छ ।…
सुनसरी, १० मंसीर । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थितबाट २० किलो गाँजा सहित WB 02AL0175 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हरिनगर गाउँपालिकाŒ६ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको २० किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । ओसारपसारमा संलग्न ब्याक्तिको खोजि कार्य भईरहेको छ ।
झापा, १० मंसीर । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन् । आयोगमा सोमबारसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १० गतेसम्म समय तोकेको छ । उहाँका अनुसार मङ्सिर १ गते १२ वटा, २ गते पाँच, ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६, ८ गते आठ र ९ गते १६ वटा राजनीतिक दल दर्ता भएका छन् । मङ्गलबार नै नेपाल…
झापाको गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
झापा, १० मंसीर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणि आपागाईं, तत्कालीन नायब सुब्बा रवीनकुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय…
झापा, १० मंसीर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
झापा, ९ मंसीर । झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट सोमबार प्रहरीले अपराधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लुटिएका हतियार र ठुलो परिमाणको लागुऔषधसहित एकै दिन १३ जनालाई पक्राउ गरेको हो । प्रहरीले आन्दोलनका क्रममा लुटिएका २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोली बरामद गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा झापाको दमक र इलामको चुलाचुलीबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक–८ का २५ वर्षीय सरोज पुरी, दमक–६ का २९ वर्षीय विश्व लिङ्देन र इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्वा रहेका छन्। मुख्य…
भद्रपुर, ९ मंसीर । झापाको भद्रपुर नगरपालिकामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भद्रपुरमा समेत शुरु भएको हो । अभियान उद्घाटनको अवसरमा यहाँस्थित मेचीपुलबाट ¥याली निकालिएको छ । विभिन्न नारा लेखिएको ब्यानगरसहित मेचीपुलबाट शुरु भएको ¥याली भद्रपुर बजार हुँदै झापा चोकमा गएर कोण सभामा सम्पन्न भएको थियो । कोण सभालाई सम्बोधन गर्नुहुँदै भद्रपुर नगरपालिकाकी उपप्रमुख एवम् नगरको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समिति संयोजक राधा कार्कीले लैगिंक हिंसा न्यूनीकरणका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । लैगिंक हिंसा…
झापा, ९ मंसीर । झापाको मेचीनगर नगरपालिका–१० रामघाटस्थित सिडीमा एक जना पुरुष मृत फेला परेका छन् । खयरडाँगीका ५५ वर्षीय काजीकुमार कार्की मृत अवस्थामा फेला परेका हुन् । स्थानीयबासीले आज बिहान उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शवलाई प्रारम्भिक परीक्षणपछि प्रादेशिक अस्पताल भद्रपुर हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।