jhapaonline add

मनाङ, २३ कात्तिक । यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आज मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बा घुम्न गएका भारतीय नागरिक सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल,…

Read More

झापा, २३ कात्तिक । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ । उक्त प्रकरणमा संलग्न भई फरार रहेका मधेस प्रदेशको रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जानकारी दिएको छ । सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्कली भुटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका बताउनुभयो । उक्त घटनाको ठगी, कीर्ते…

Read More

झापा, २३ कात्तिक ।  जेन्जि आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, २०८२ साल भदौ २४ गते दिउँसो करिब ४ बजे दमक नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको प्रमाणसहित पाँचथर मिक्लाजुङ गाउँपालिका–५ स्थायी घर भई हाल दमक–१ बसोबास गर्दै आएका २१ वर्षीय साजन लुहागुनलाई पक्राउ गरिएको हो। लुहागुनले प्रयोग गर्दै आएको TikTok खाताबाट प्रहरी कार्यालयमा आगो लगाउँदै गरेको, गोली बोकेको दृश्यसहितका भिडियो तथा तस्बिरहरू सार्वजनिक भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। मिति २०८२ कात्तिक २२ गते दिउँसो करिब २…

Read More

झापा, २३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पुरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका र ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । गत ११ साउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए । नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न सकिने बोर्डले जनाएको छ ।

Read More

झापा, २३ कात्तिक । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाई भैँसी तथा चौपायालाई निःशुल्क खोप लगाउने अभियान विराटनगरबाट सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ आजदेखि सुरु भएको हो । विराटनगर महानगरपालिकाको वडा नं १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा एक कार्यक्रमका साथ सुरु भएको सो अभियान सफल बनाउन सम्बद्ध क्षेत्रका विज्ञ तथा अधिकारीहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो अभियानअन्तर्गत पहिलो चरणमा विराटनगर महानगरपालिकाभित्रका…

Read More

झापा, २३ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको उपाधिका लागि कात्तिक २४ गते एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुने भएको छ । सेमिफाइनलमा त्रिभूवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले फाइनलमा र काठमाडौँको संकटा फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै पुलिसले फाइनलमा पुगेको हो । हालसम्मको प्रदर्शन हेर्दा उपाधिका लागि दुवै टीम बीच अब्बल प्रतिस्पर्धा हुने देखिन्छ । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान…

Read More

झापा, २३ कात्तिक । झापाको शिवसताक्षी नगरपालिकामा गत वर्ष भएको चर्चित ‘अमला काण्ड’ का आरोपित ८० वर्षीय कपिलमणी संग्रौला निर्दोष ठहरिनुभएको छ । करिब डेढ वर्षदेखि अदालतमा विचाराधीन रहको उक्त मुद्दामा झापा जिल्ला अदालतले सफाइ दिएपछि संग्रौला निर्दोष ठहरिनुभएको हो । संग्रौला परिवारले सञ्चारकर्मीहरुसँग भेटघाट आयोजना गरी आज अदालतको फैसला सार्वजनिक गर्दै उक्त मुद्दामा सफाइ पाएको जनाएको छ । सोही स्थानकी १९ वर्षीया किशोरीले सन्तान जन्माएपछि संग्रौलामाथि अनैतिक सम्बन्ध र जबरजस्ती करणीको आरोप लगाइएको थियो । उक्त घटना सार्वजनिक भएपछि ‘अमला काण्ड’ सामाजिक सञ्जालदेखि युट्युबसम्म व्यापक रूपमा चर्चित बनेको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दर्ता भएपछि २०८१ फागुन…

Read More

झापा, २३ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा,…

Read More

चन्द्रगढी, २३ कात्तिक । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको सम्पन्न निर्वाचनमा ७०६ मत सहित अनुज खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतले पछि पार्दै खतिवडा अध्यक्षमा निर्वाचत हुनुभएको हो । वन समूहमा १ हजार ९९५ जना मतदाता रहेकोमा १ हजार ८५७ मत खसेको थियो । अन्य अध्यक्षका प्रतिष्पर्धीहरूमा राजु बरालले २९९, रमेशकुमार न्यौपानेले २५५ र पुन्यप्रसाद पोखरेलले ४७ मत पाउनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा श्रीमन नारायण पौडेल ४७५ मतका साथ विजयी भए भने निकट प्रतिष्पर्धीमा ४३७ मतका साथ ईश्वरीप्रसाद रिजाल, सचिवमा कमला शिवाकोटी ४९२ मतका साथ विजयी हुँदा निकटतम…

Read More

झापा, २३ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More