jhapaonline add

झापा, १० कात्तिक । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार नगद र सुनका गहनासहित पक्राउ गरेका दुई व्यक्तिमाथि आठ दिनको म्याद थप गरेको छ। तिहार बिदाको समयमा कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका–२ निवासी तथा हाल काठमाडौँ बसोबास गर्दै आएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक झाओ झोङलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएपछि म्याद थप गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सुनार बैंकिङ कसुरमा फरार रहेको अभिलेखसमेत फेला परेको छ। दुवै जनालाई नागर्जुन नगरपालिकास्थित सानो भर्‍याङमा अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूको…

Read More

झापा, १० कात्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी…

Read More

झापा, १० कात्तिक । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक–दुई स्थानमा हल्का वर्षा– हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा…

Read More

झापा, ९ कात्तिक । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा नेपालले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कअनुसार सो अवधिमा मुलुकले रू ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाखको वस्तु आयात गरेको छ। सोही अवधिमा निर्यात भने रू ७२ अर्ब ७८ करोड २८ लाखमा सीमित रहँदा कुल वैदेशिक व्यापार घाटा रू ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको हो। छिमेकी भारतसँगको व्यापारमा नेपालले सबैभन्दा ठूलो घाटा बेहोरेको छ। भारतबाट रू २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात हुँदा निर्यात रू ५९ अर्ब १२ करोड…

Read More

झापा, ९ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ। श्रम स्वीकृति लिएर विदेशमा गएका कामदारको मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामीका कारण कल्याणकारी कोषबाट शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका सन्ततिहरूलाई छात्रवृत्तिका लागि आवेदन दिन सकिनेछ। आवेदन यही कात्तिक मसान्तभित्र आफू अध्ययनरत शैक्षिक संस्थाबाट कार्यविधि २०८० को अनुसूची ९१० अनुसारको ढाँचामा पेश गर्नुपर्नेछ।

Read More

झापा, ९ कात्तिक । छठ पर्वको अवसरमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै झापामा नेपाली सेनासहितको संयुक्त सुरक्षा फौज परिचालन गरिने भएको छ। जिल्लाका मुख्य बजारहरूमा कात्तिक ३ गतेदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती सुरु गरिएको छ। छठ पूजाको दिनमा उक्त गस्तीलाई थप सक्रिय बनाइने जिल्ला सुरक्षा समितिले जनाएको छ। श्री अरिदमन गण चारआलीका अनुसार, दिनरात १२ सिफ्टमा १५० जना नेपाली सेनाको टोली गस्तीमा खटिएको छ। गस्ती टोलीले जुवातास, पटाका पड्काउनेजस्ता गतिविधि नियन्त्रणमा सहयोग गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले छठ पूजाको दिनमा ७ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने जानकारी दिनुभयो। भिडभाड हुने भद्रपुरको…

Read More

निशेष राईझापा, ९ कात्तिक । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३८ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीले जानकारी दिनुभयो । उहाँले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिनुभयो । झापा जिल्लाको एक मात्र केरा बजार बिर्तामोड कृषि थोकमा इलामको दानाबारी, महमाई, झापाको खुदुनाबारी, शनिश्चरेलगायतका स्थानबाट केरा बिक्रीका लागि…

Read More

सुनसरी, ९ कात्तिक । तिहारको लक्ष्मीपूजाको दिनदेखि हराएकी बालिका अझै फेला परेकी छैनन्। लक्ष्मीपूजा सकेर आफ्ना दुई भाइ–बहिनीसँग देउसी भैलो खेल्न घरबाट निस्केकी बालिका हराएको एक हप्ता बितिसक्दा पनि उनको कुनै अत्तोपत्तो लागेको छैन। सुनसरीको इनरुवा–५, बलाहा नेवार टोलकी १४ वर्षीया बालिका भावना पाण्डे लक्ष्मीपूजाको साँझदेखि बेपत्ता भएकी हुन्। अझैसम्म पनि उनको अवस्थाबारे कुनै जानकारी नभएको बालिकाकी आमा बालकुमारी पाण्डेले बताउनुभयो। आमा बालकुमारीका अनुसार आमाले नै बालिकालाई भाइबहिनीको साथी जान भनेर भैलो खेल्न पठाएको बताउनुभयो । बालिकाको खोजीमा प्रहरीले सक्रियता देखाए पनि हालसम्म फेला पार्न सकेको छैन। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार प्रहरीले सबै युनिटहरू र भारतीय…

Read More

झापा, ९ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, विस्तार हुने मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन्। नयाँ मन्त्रीका रूपमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता नियुक्त हुने तय भएको स्रोतले जनाएको छ। उनीहरूलाई जिम्मा दिइने मन्त्रालयबारे अन्तिम छलफल बालुवाटारमा जारी रहेको छ। चर्चामा रहेका मन्त्रालयहरूमा हेरफेर हुन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ। मन्त्रिपरिषद् विस्तारसँगै कुल सदस्य संख्या ११ पुग्नेछ। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आज दिउँसो सवा दुई बजे राष्ट्रपति कार्यालय शीतल निवासमा तय गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

Read More

झापा, ९ कात्तिक । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर…

Read More