jhapaonline add

झापा, २० कात्तिक । झापाको कमल गाउँपालिका–६ मंगलबारेमा वाईफाई मर्मतको क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शिवसतासी नगरपालिका–१ निवासी १९ वर्षीय आसिस खनाल फस्ट लिंक वाईफाई कम्पनीमा कार्यरत थिए। गत कार्तिक ११ गते साँझ ५ः३० बजे मंगलबारेस्थित बिजुलीको पोलमा चढी वाईफाई मर्मत गर्ने क्रममा अचानक विद्युत् तारमा छोइएपछि करेन्ट लागी भुइँमा खसेर गम्भीर घाइते भएका थिए। घाइते खनाललाई तत्काल उपचारका लागि आम्दा अस्पताल, खरखरे दमक पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर लगिएकोमा चिकित्सकले उपचार सम्भव नभएको बताएपछि आफन्तले उनलाई घर ल्याएका थिए। कार्तिक १९ गते उनको मृत्यु भएको पुष्टि भएको छ। मृत्युपछि कार्तिक २०…

Read More

झापा, २० कात्तिक । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ । बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिद बिक्री भएको थियो । बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी…

Read More

मोरङ, २० कात्तिक । मोरङको जहदा गाउँपालिका–३ बाट लागुऔषध गाँजा ओसार–पोसारमा संलग्न एम्बुलेस र चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १९ गते राति विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका–३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए सगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्ससँगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का…

Read More

एजे‌न्सी । प्रविधिको‌ विकाससँगै‌ युद्धका तरि‌का तथा हतियार‌हरु पनि बदलिइर‌हे‌का छन् । भविष्यमा पार‌म्परि‌क हतियार‌ तथा उपकर‌णबाट हो‌इन कि र‌ो‌बो‌ट तथा एआई प्रविधियुत्त र‌ो‌बो‌टिक ड्रो‌न र‌ कुकुर‌बाट युद्ध लडिने‌छ । चीन अहिले‌ यस्तै‌ अत्याधुनिक एआई सञ्चालित हतियार‌ निर्माणमा जुटे‌को‌ छ । उसको‌ प्रतिस्पर्धा अमे‌रि‌कासँग छ, जसले‌ एआई क्षमतायुक्त स्वचालित ड्रो‌नको‌ फौ‌ज तयार‌ गरि‌र‌हे‌को‌ छ । यस्तो‌मा चीनले‌ चाहिँ एआई प्रविधि जडित र‌ो‌बो‌टिक कुकुर‌ तयार‌ पादैर्‌छ, जसले‌ भविष्यमा शत्रु पक्षका सै‌निकसँग युद्ध गनेर्‌छ । र‌ो‌यटर्सका अनुसार‌ चीनको‌ सर‌कार‌ी र‌क्षा कम्पनी नो‌रि‌न्को‌ले‌ गत फे‌ब्रुअर‌ीमा एउटा सै‌न्य वाहन तयार‌ पार‌े‌को‌ छ । यसले‌ ५० किलो‌मिटर‌ प्रतिघण्टाको‌ गतिमा स्वचालित रुपमा बख्तर‌बन्द अभियान चलाउन सक्ने‌छ । यो‌ चिनियाँ एआई डीपसीकबाट चल्ने‌छ । चीनमा सै‌न्य…

Read More

कनकाई, २० कात्तिक । झापाको‌ कनकाई नगर‌पालिकाले‌ चालु आर्थिक वर्षको‌ तीन महिनाको‌ अवधिमा १७ कर‌ो‌ड ६० लाख बढी आम्दानी गर‌े‌को‌ छ  । नगर‌पालिकाले‌ चालु आर्थिक वर्ष २०८२÷८३ को‌ साउनदे‌खि असो‌जसम्म संघीय सर‌कार‌, प्रदे‌श सर‌कार‌, र‌ाजस्व बाँडफाँड र‌ आन्तरि‌क आय गर‌ी कुल १७ कर‌ो‌ड ६० लाख १७ हजार‌ ४८३ रुपै‌याँ ७२ पै‌सा आम्दानी गर‌े‌को‌ नगर‌पालिकाका प्रमुख प्रशासकीय अधिकृत नार‌ायण न्यौ‌पाने‌ले‌ जानकार‌ी दिनुभयो‌ । उहाँका अनुसार‌ संघीय सर‌कार‌बाट ११ कर‌ो‌ड २२ लाख १ हजार‌, प्रदे‌श सर‌कार‌बाट १ कर‌ो‌ड २१ लाख ४४ हजार‌ ७७, र‌ाजस्व बाँडफाँडबाट १ कर‌ो‌ड ७० लाख ८ हजार‌ ६९९ रुपै‌याँ ४९ पै‌सा र‌ आन्तरि‌क तर्फ ३ कर‌ो‌ड ४६ लाख ६३…

Read More

झापा, २० कात्तिक । सरकारले आज र भोलि (कात्तिक २० र २१ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते नेपालमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, यस वर्ष कात्तिक २ र ३ गते तिहार पर्व परेकाले स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आज र भोलि देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’…

Read More

झापा, २० कात्तिक । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीबाट लुटिएको तीन थान हतियारसहित शिवराज धमलालाई तारकेश्वरबाट पक्राउ गरेको छ । धमला कैलाली टिकापुरका हुन् र पठाओ चालकको रूपमा काम गर्दै आएका थिए । धमलाले पेस्तोल बिक्री गर्न खोज्दा ग्राहक बनेर पुगेको प्रहरी टोलीले उनलाई हतकडी लगाएर नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको कोठामा गरिएको खानतलासीमा थप दुई थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ । धमलासँग थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए ।

Read More

झापा, २० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य घटेको छ भने कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो । यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो । त्यसैगरि…

Read More

झापा, २० कात्तिक । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

झापा, १९ कात्तिक । धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका–२ स्थित विभिन्न एरिया इलाकाको ५ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा हुर्केका ९ हजार ५ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ । यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुको करिव…

Read More