jhapaonline add

झापा, १५ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को असर आज (शनिबार) देखि नेपालमा अन्त्य भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा अब देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मात्र रहेको उल्लेख गरिएको छ। गत बुधबारदेखि मोन्था चक्रवातको प्रभावले नेपालमा वर्षायामजस्तै लगातार वर्षा भइरहेको थियो। महाशाखाका अनुसार आजदेखि उक्त चक्रवातको प्रभाव समाप्त भइसकेको छ। यद्यपि, पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षा जारी छ। महाशाखाका अनुसार…

Read More

झापा, १५ कात्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी…

Read More

भद्रपुर, १५ कात्तिक । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा झापामा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार तीमध्ये १४५ उद्योगतर्फ र १७२ वाणिज्यतर्फका फर्महरू रहेका छन्। उक्त अवधिमा ३३५ उद्योग र ३३२ वाणिज्य फर्म नवीकरण गरिएको कार्यालयले जनाएको छ। साथै, ३८ उद्योग र २५ वाणिज्य फर्म खारेज गरिएका छन्। यस अवधिमा ३ उद्योगको ठाउँसारी, १६ नामसारी, १४ नाम परिवर्तन, तथा १० उद्योगले उद्देश्य थपेका छन्। सूचना अधिकारी भट्टराईका अनुसार, कार्यालयमा आएर उद्योग बन्द गराउनेको संख्या कम भए पनि नवीकरण नभएका धेरै उद्योग स्वतः बन्द…

Read More

झापा, १५ कात्तिक । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का…

Read More

जन्म : २०१९ साल असार १९ गते, तोस्राम खोला बस्ती (सिन्धुली) ।पिता–माता : रामप्रसाद ढुंगाना र तुलसादेवी ढुंगाना ।स्थायी मुकाम : क्याम्पस मोड, भद्रपुर नपा.–८ (झापा)विवाह : २०६० सालमा कोपहवा (कपिलवस्तु) निवासी शोभाकर पाण्डे र थानकुमारी पाण्डेकी सुपुत्री मीना पाण्डेसँग । कविता–यात्रा :वि.स.२०३५ देखि ‘गरिमा’, ‘मधुपर्क’, ‘रूपरेखा’, ‘भानु’, दुबो, जुही, ‘रचना’, ‘अभिव्यक्ति’, ‘समष्टि’, ‘बगर’, ‘मिर्मिरे’, ‘झंकार’, ‘आलेख’, ‘शिवपुरी सन्देश’, ‘आधारशिला’, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘कविता’ आदि साहित्यिक पत्रिकाहरूका साथै ‘गोरखापत्र’, ‘कान्तिपुर’, ‘हिमाल खबर’, ‘पूर्वाञ्चल’ पत्रिका तथा डिजिटल पोर्टल ‘रातोपाटी’, ‘सेतोपाटी,’ ‘साहित्य पोष्ट’, ‘घटना र विचार’, ‘झापा अन्लाइन’ लगायतमा सयौं रचना प्रकाशित । पत्रकारिता–यात्रा :साहित्यिक फाँटमा सानै उमेरदेखि…

Read More

झापा, १४ कात्तिक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा शुक्रबार राति आगलागी हुँदा रू एक करोड २० लाख बराबरको क्षति भएको छ । आगलागीबाट स्थानीय राजेन्द्र ढकालको दुई तले घर र तीन कोठे टहरा जलेर पूर्ण रुपमा नष्ट हुँदा रू एक करोड २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिनुभयो । विद्युत् सर्ट भई शुक्रबार राति १० बजे ढकालको घरमा आगलागी भएको उहाँले बताउनुभयो । विद्युत् सर्ट भई आगलगी हुँदा ढकालको घर र घरभित्र रहेको सुन, चाँदी, नगद पैसा, लात्ताकपडा, भाडा वर्तन गरी रू ७० लाख, टहरामा चन्द्रप्रसाद नायकले सञ्चालन गरेको राहुल खुद्रा…

Read More

झापा, १४ कात्तिक । गोप्य सूचनाको आधारमा झापाको बिर्तामोडमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२ साल कात्तिक १४ गते राति अन्दाजी ००:४५ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–४, पश्चिम बसपार्क छेउमा डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका–४ का २९ वर्षीय राज कुमार साहको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित अन्य ८ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट नगद रु ७५,६०० (पचहत्तर हजार छ सय) र तासका ७ बुङ सिलप्याक तथा १ बुङ खोलिएको तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको विवरण यसप्रकार छ:रतन राजवंशी, ३८ वर्ष, बिर्तामोड न.पा–२किशोर पराजुली, २६…

Read More

अर्जुनधारा, १४ कात्तिक । गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण विस्थापित बनेका अर्जुनधारा नगरपालिका–३ स्थित अस्थायी प्रहरी चौकी खुदुनाबारीका प्रहरी टोलीलाई पुनः कार्यक्षेत्रमा फर्काइएको छ। आन्दोलनपछि कार्यस्थल छाड्न बाध्य बनेको प्रहरी टोली शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पुनः आफ्नै चौकीमा फर्किएको हो। प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको नेतृत्वमा रहेको टोलीलाई जनप्रतिनिधि र स्थानीयवासीहरूले खादा र फूलमालासहित स्वागत गरेका थिए। कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे, वडा अध्यक्ष सिताराम भट्टराई, कार्यपालिका सदस्य चन्द्रा तामाङ, वडा सदस्य नारायण चापागाईं र सुमनकुमारी राई, अस्थायी प्रहरी चौकी व्यवस्थापन समिति अध्यक्ष ढुंडीराज गौतम, रेडक्रस खुदुनाबारीका…

Read More

झापा, १४ कात्तिक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा शुक्रबार राति आगलागी हुँदा दुई घर पूर्णरूपमा जलेर नष्ट भएको छ । राति करिब १० बजे गौरीगञ्ज–६ खजुरगाछीका राजेन्द्र ढकालको दुई तले घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार इँटाको गाह्रो र टिनको छाना भएको आठ कोठे घरमा आगो लागेपछि छेउमै रहेको तीन कोठे टहरा पनि जलेर नष्ट भएको छ । उक्त टहरामा चन्दर नायकले होलसेल किराना पसल सञ्चालन गर्दै आएका थिए । दुवै घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगो स्थानीयबासी, इलाका प्रहरी कार्यालय गौरीगञ्ज, प्रस्तावित सीमा सुरक्षा…

Read More

झापा, १४ कात्तिक । सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Read More