
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ कात्तिक । आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि झापासहित देशभ नदी तथा तलाउहरुमा घाट यतिबेला सिँगार्ने काम भइरहेको छ । झापाको भद्रपुर–५ स्थित मेची नदीमा पूर्वको सबैभन्दा ठूलो छर्व हुने गर्दछ भने बिर्तामोडको अदुवा खोला, कनकाईको बिरीङ, कन्काई माई, मेचीनगरको टाङटिङ निन्दा लगायतका दर्जनौं खोला–नदीहरुमा समेत छठ पूजा गर्ने गरिएको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर छन्। आफ्नै खेतबारीमा उत्पादन भएको गहुँ, चामललगायतको पिठोबाट छठको सामग्री बनाउने गरिन्छ। त्यस्तै, छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेको बजारमा अहिले भीड लागेको छ ।…
झापा, ८ कात्तिक । यतिबेला देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति पनि कोसी, बागमती र र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने अनुमान विभागको छ। महाशाखाका अनुसार कोसी प्रदेशको पहाडी…
बिर्तामोड, ७ कात्तिक । झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको…
जेरुसेलम, ७ कात्तिक । इजरायली र अमेरिकी वैज्ञानिकहरूको संयुक्त टोलीले मानव कोशिकाको न्युक्लियसमा प्रवेश र निर्गमन नियन्त्रित गर्ने सूक्ष्म ‘गेटवे’ प्रणालीबारे अभूतपूर्व खोज गरेको छ। उक्त खोजले क्यान्सर, अल्जाइमर र एएलएस जस्ता गम्भीर रोगहरूको अध्ययनमा नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ। अनुसन्धानको घोषणा जेरुसेलमस्थित हिब्रू विश्वविद्यालयले गरेको हो। हिब्रू विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोको क्वान्टिटेटिभ बायोसाइन्सेज इन्स्टिच्युट (क्युबिआई), द रकफेलर युनिभर्सिटी र अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका वैज्ञानिकहरू संलग्न उक्त टोलीले कोशिकाको न्युक्लियसमा हुने आणविक आवागमनलाई नियन्त्रित गर्ने संरचना—न्युक्लियर पोर कम्प्लेक्स (एनपिसी)—बारे नयाँ मोडेल प्रस्तुत गरेका छन्। एनपिसीहरू मानव कपालको चौडाइको करिब पाँच सयौँ भाग बराबरका सूक्ष्म संरचना हुन्, जसले…
मोरङ, ७ कात्तिक । कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि २०८२ लाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरी मनाइरहेको छ। छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षले हालसम्म छ महिना पूरा गरिसकेको छ। भारतको बिहार राज्यका कमलेश शर्मा परिवारसहित एक सातादेखि नेपाल भ्रमणमा छन्। इलामको कन्याममा भेटिएका शर्माले यसपटकको भ्रमण सहज र रमाइलो भएको अनुभव सुनाए। “पहिले साथीहरूसँग नेपाल आएको थिएँ, तर यो पहिलोपटक परिवारसहित आएको हुँ,” उनले भने। शर्मा भन्छन्, “सस्तो मूल्यमा स्तरीय होटलमा बस्न पाइएको छ, अरु भारतीय पर्यटक पनि नेपाल घुम्न रुचाउँछन्।” पर्यटन वर्षको सुरुआती तीन महिनामा (वैशाख, जेठ, असार)…
झापा, ७ कात्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारको मूल्य घटेको छ भने पाउन्ड स्ट्रलिङ र अस्ट्रेलियन डलरको दर बढेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा रहेको छ। हिजोको तुलनामा डलरको मूल्य घटेको हो। हिजो खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा थियो। त्यस्तै, युरो १ को आजको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा छ। हिजो युरोको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर…
झापा, ७ कात्तिक । बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार साँझ साढे ६ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो। माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएको छ। दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बोलेरो गाडी खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको थियो। फर्किने क्रममा दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि…
झापा, ७ कात्तिक । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । आज बिहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले मौसमबारे जानकारी दिएको हो । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी तथा…
रौतहट, ६ कात्तिक । रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर निधन भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानीका लागि मोटर चलाउने क्रममा यादवलाई बुधबार करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
महोत्तरी, ६ कात्तिक । महोत्तरीसहित तराई–मधेशका अधिकांश क्षेत्रमा आज भैयादुज पर्व हर्षोल्लासका साथ मनाइँदै छ। दीपावलीको पाँचौं दिन, कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्व मैथिल परम्परामा ‘भरद्वितीया’ वा ‘भातृद्वितीया’ नामले पनि चिनिन्छ। यस वर्ष धनतेरस शनिबार नै मनाइएकाले यमपञ्चक छ दिन लामो भएको छ, र आजको भैयादुज पर्वसँगै दीपावलीको समापन हुँदैछ। मैथिल परम्पराअनुसार विवाहित दिदीबहिनीले आफ्ना दाजुभाइलाई घरमा निम्ता गरेर यो पर्व मनाउने चलन छ। अविवाहित दिदीबहिनी र दाजुभाइ एउटै घरमा बस्ने भएकाले उनीहरूले स्वनिवासमै पर्व मनाउँछन्। निम्ता मान्न गएका दाजुभाइले नयाँ वस्त्र, आभूषण र कोसेली लिएर जाने परम्परा छ। दिदीबहिनीले घरमा अरवा चामलको पिठोबाट अरिपन बनाएर त्यसको सीमाभित्र…