
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २३ मंसिर । सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन् । हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति १ः१५ मा भूकम्प गएको जनाएको छ । यसको केन्द्रबिन्दु आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा थियो । भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटर (२७ इन्च) सम्मका अग्ला छाल उठेका थिए । केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार…
झापा, २३ मंसिर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णय अनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनुभएका आयोगका सचिव महादेव पन्थले जिम्मेवारी बहन गरेका छन् । निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी…
झापा, २३ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मौसम महाशाखाले शनिबार साँझदेखि सोमबार साँझसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको थियो । तर महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।’ बुलेटिनअनुसार अहिले बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेश, मधेस प्रदेशको तराई क्षेत्र र सुदूरपश्चिम प्रदेशका उपत्यकाका एक–दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो…
सन्तोष शर्माझापा, २२ मंसिर । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी संक्रमितको मृत्यु दर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/०८० मा १७ जना, २०८०/०८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । “उपचारमा आउने बिरामीहरूमा औषधी नखाने दर शून्य झरेको छ”, उहाँले भन्नुभयो, “तर, मृत्यु दर भने बढेको छ ।” चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । नयाँ एचआईभी संक्रमितमध्ये चार जनाले दमक अस्पताल दमक…
मोरङ, २२ गते । मोरङको रतुवामाई नगरपालिका–१ स्थितबाट ६७८ किलोग्राम लागुऔषध गाँजा बोकेको ट्रकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र.१–०१–००१ ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा ६७८ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका–१ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिएको छ ।
विराटनगर, २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्या प्रकरणमा संलग्न सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। अन्धविश्वास र पुरानो रिसइबीका कारण ‘सुपारी’ दिएर हत्या गराइएको रहस्य प्रहरीले सार्वजनिक गरेको हो । रामधुनी–२ कर्मनिया टोलका ४५ वर्षीय चौधरीको हत्या आरोपमा पक्राउ पर्नेमा मुख्य योजनाकार दाजुभाइ, सुटर र अन्य सहयोगीहरू रहेका छन् । प्रहरी अनुसन्धानले मृतक चौधरीले लामो समयदेखि ‘तन्त्रमन्त्र’ र ‘टुनामुना’ गरेर आफ्नो परिवारलाई दुःख दिएको अन्धविश्वास योजनाकारहरूले पालेका थिए । यही रिसइबी साध्न उनीहरूले पेसेवर अपराधी प्रयोग गरी हत्या गराएको प्रहरी प्रवक्ता एसपी चन्द्र बहादुर खड्काले जानकारी दिए । हत्या योजना योजनाकार : राजकिशोर…
झापा, २२ मंसिर । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका–९ का सायर घिमिरे, सुशिल घिमिरे र पूर्णिमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय दमकले दमक–५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी…
सन्तोष शर्माझापा, २२ मङ्सिर । झापामा यो वर्ष साढे तीन लाख मेट्रिक टन बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार सात सय ४२.६५ हेक्टरमा तीन लाख ५४ हजार तीन सय १५.९२ मेट्रिक टन बर्खे धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यो वर्ष धान खेतीको क्षेत्रफलसँगै उत्पादन घटेको छ । तर, उत्पादकत्व भने केही बढेको छ । गत वर्ष ७५ हजार चार सय ५९.१८ हेक्टरमा तीन लाख ८२ हजार आठ सय ११.९७ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व ५.०७३ रहेको थियो । अनियमित वर्षाका कारण धान…
झापा, १७ मंसीर । बिर्तामोड नगरपालिकाको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नति कार्य ८३ प्रतिशत सम्पन्न भएको छ । वडा नम्बर ६, ७ र ८ लाई जोड्ने महत्वपूर्ण योजनाको रूपमा रहेको यो सडकमा अहिले तीव्रगतिमा काम भइरहेको छ । आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत इन्जिनियर सहितको टोलीले सडकको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले ठेकेदारलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै गुणस्तरमा कुनै कञ्जुस्याइँ नगरी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तीन वर्षदेखि यो सडकको…
मोरङ, १७ मंसीर । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते विशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका–१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो । लागू औषध बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको छ । चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान–१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।