
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रतिक्षित चलचित्र ‘मास्टर्नी’ का दुई नयाँ पोष्टर सार्वजनिक गरिएको छ। केही समयअघि अभिनेत्री प्रियङ्का कार्कीको एकल पोष्टरले दर्शकमाझ राम्रो चर्चा पाएपछि निर्माण टिमले थप दुई फरक शैलीका पोष्टरहरू सार्वजनिक गरेको हो। यदि तपाईँले सार्वजनिक पहिलो पोष्टर हेर्नुभयो भने, त्यसमा अभिनेत्री प्रियङ्का कार्की र सिम्रन खड्का भावुक मुद्रामा प्रस्तुत हुनुभएको देख्न सक्नुहुन्छ। पोष्टरमा प्रियङ्काको अँगालोमा सिम्रन हुनुहुन्छ, जसले चलचित्रमा आमा–छोरीको भावनात्मक कथा र सम्बन्धलाई दर्शाउँछ। त्यस्तै दोस्रो पोष्टरमा चलचित्रका तीन प्रमुख कलाकारहरू प्रियङ्का कार्की, प्रमोद अग्रहरी र सिम्रन खड्का देखिनुभएको छ। पोष्टरमा नेपाल प्रहरीले अपराध घटनास्थलमा प्रयोग गर्ने ‘नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध’ को टेप…
झापा, ८ साउन । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिए । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा…
फिदिम, ८ साउन । पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बन्दुक पड्किए जस्तो आवाज आएको सूचनापछि खटेको प्रहरी टोलील ४० वर्षका स्थानीय चोककुमार शेर्मालाई नियन्त्रणमा लिएको हो । प्रहरीले शेर्माका साथबाट एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने चार थान छर्रा (गोली) बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए । शुक्रबार पक्राउ परेका शेर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँचथर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेको उनले बताए ।
झापा, ८ साउन । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलमा ५ हजार ८०० र चाँदीको भाउ तोलमा १५५ रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २ लाख ९१ हजार ३०० र चाँदीको भाउ तोलाको ४ हजार ५०५ रुपैयाँ थियो ।
भद्रपुर, ८ साउन । जिल्लाभर गत आर्थिक वर्ष २०८२–८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन् । उक्त अवधिमा चैते धान ८९ हजार ६५५ दशमलव ३०, वर्षे धान तीन लाख ७७ हजार ५३४ दशमलव ३५, मकै दुई लाख ८३ हजार १८७ दशमलव ८८, कोदो ८६९ दशमलव ४७, फापर तीन हजार ७५८ दशमलव ७०, गहुँ छ हजार ४१९ र जौ…
झापा, ८ साउन । भारतबाट भन्सार छलि अवैध रूपमा नेपाल भित्र्याइएको रहु जातको माछा झापाको काँकडभिट्टाबाट बरामद गरी नष्ट गरिएको छ । प्रहरीका अनुसार बिहीबार साँझ मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले विशेष चेकजाँचका क्रममा ८३ केजी रहु जातको माछा बरामद गरेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक यादव पोखरेलको नेतृत्वमा ९ जना तथा प्रहरी सहायक निरीक्षक बमबहादुर नेपालीको नेतृत्वमा ९ जना गरी १८ सदस्यीय संयुक्त टोलीले उक्त माछा बरामद गरेको जनाएको छ । बरामद गरिएको माछाको अनुमानित मूल्य रु २४ हजार ९०० रहेको प्रहरीले जनाएको…
भद्रपुर, ८ साउन । झापाको भद्रपुरमा दुई महिनाको शिशुको डायपरभित्र लुकाएर ब्राउन सुगर नेपाल भित्र्याउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीले लागुऔषधसहित दम्पती र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ भने शिशुलाई पनि उनीहरूसँगै उद्धार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बिहीबार साँझ भद्रपुर नगरपालिका–५ बसपार्क क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटोलाई रोक्दै जाँच गरिएको थियो। वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी वरिष्ठ सहायक निरीक्षक निर्मल श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शंकाका आधारमा यात्रुको खानतलासी गरेको थियो। खानतलासीका क्रममा अटो चालक ३० वर्षीय मोहित आलमका दुई महिनाका छोरा सोहेल आलमले लगाएको डायपरभित्र प्लास्टिकमा बेरिएको ब्राउन सुगर…
झापा, ८ साउन । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान र हिलोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेसम्म नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन्। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामभर हरेक दिन बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी…
झापा, ८ साउन । झापामा सात लाख ६१ हजार चार सय ३२ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा बखेर् धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी छ प्रकारका सात लाख ६१ हजार चार सय ३२ दशमलव ७८ मेट्रिक टन खाद्यान्न भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले जानकारी दिनुभयो । सो अवधिमा चैते धान ८९ हजार छ सय ५५.३ मेट्रिक टन, बखेर् धान तीन लाख ७७ हजार पाँच सय ३४.३५ मेट्रिक टन, मकै दुई लाख ८३ हजार एक सय ८७.८८ मेट्रिक टन, कोदो आठ सय ६९.४७ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै,…
झापा, ८ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदरमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५४.२२ र बिक्रीदर रु १५४.८२ कायम गरिएको छ। बिहीबार डलरको खरिददर रु १५४.२१ र बिक्रीदर रु १५४.८१ थियो। यसअघि गत जेठ ७ गते अमेरिकी डलरको खरिददर रु १५४.६२ र बिक्रीदर रु १५५.२२ पुगेको थियो, जुन हालसम्मकै उच्च विनिमयदर हो। त्यसैगरी, आज युरो एकको खरिददर रु १७६.०० र बिक्रीदर रु १७६.६९ निर्धारण गरिएको छ। बिहीबार यसको खरिददर रु १७५.८१ र बिक्रीदर रु १७६.५६ थियो। पाउन्ड स्टर्लिङ एकको…