
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते ९आइतबार० लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने रु सुतक कति बजेदेखि लाग्छ रु लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अस्ट्रेलिया, फिजी,…
धरान, ४ असोज । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२–८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गर्नुभयो । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ । सहरी…
झापा, ४ असोज । जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा झापामा बगानमै पाकेका केरा नष्ट भएको छ । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरूको गुनासो छ । भद्रपुर र गौरीगञ्जमा ८० बिगाहा क्षेत्रफलमा केरा खेती गर्नुभएका श्री गणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन नपाउँदा बगानमै खेर गएको बताउनुभयो । यसपाली उत्पादन राम्रो भए पनि बजार पुर्याउन नपाएको उहाँको गुनासो छ । जेनजी प्रदर्शन सकिए पनि मनसुनी वर्षा र बजारको अन्योलका कारण अहिले पनि बगानमा पाकेका केरा ठूलो परिमाणमा नष्ट हुने जोखिम रहेको उहाँ बताउनुहुन्छ । झापामा उत्पादित…
बुटवल, ४ असोज । बाँकेको नेपालगन्जमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार बिहान एउटा समूहले खरिद गर्नको लागि बैना गरेको खसी अर्का समूहले किनेपछि झडप हुँदा नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो। विवादमा ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्याइएकोमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले बताए । उनले खसी बोका खरिद गर्ने दुई समूह आफन्त रहेको खुलाए । घटनामा अन्य ५ जना घाइते भएका छन् । ४जना नेपालगन्जमा रहेको सञ्जीवनी मेडिकल कलेजमा उपचार…
झापा, ४ असोज । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ । वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए । ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।’ के कारणले हात्ती म¥यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख…
झापा, ४ असोज । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ का खेल आजदेखि शुरू हुँदैछन् । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका छन् । सुपर–४ को पहिलो खेलमा आज श्रीलङ्का र बङ्गलादेश खेल्दैछन् । यो खेल युएईको दुवईमा नेपाली समयअनुसार बेलुका सवा आठ बजे शुरू हुनेछ । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । भारत र पाकिस्तानबीचको खेल भोलि हुनेछ । समूह ‘ए’ को गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग २१ रनले पराजित भएको थियो ।
पाँचथर, ४ असोज। वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुग्नु भएकै थिएन । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उहाँ झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहनु भएको थियो । गत भदौ तेश्रो साता मोबाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैँसम्ममा घरको भुईं तलाको काम सक्ने बताउनुभएको थियो । “दसैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो”, गणेशले भन्नुभयो, “तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो ।” गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको…
काठमाडौं, ४ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेश र स्थानीय सरकार पनि खारेज गरी ुभ्रष्टु प्रशासनमाथि कडा कदम चाल्नुपर्ने आवाज उठाएका छन्। शनिबार काठमाडौंमा सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै साहले हालको प्रणाली भ्रष्ट र असफल भएको बताउँदै त्यसलाई नबदली मुलुक नबन्ने बताए। सरकारमात्रै भ्रष्ट भएकाले त्यस्ता सरकारलाई खारेज गरेर संघीयता भने अझै बलियो बनाइनुपर्ने उनको भनाइ थियो । यस्तै उनले बिग्रिएको व्यवस्था भत्काउँदै भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक नबन्ने समेत तर्क गरे । साहले देशमा मौलाएको भ्रष्टाचार, कुशासन, अनियमितता र लुटपाट रोक्न आवश्यक रहेको बताउँदै उनले दुई वर्षअघि आजपाले तेस्रो जनआन्दोलनको…
काठमाण्डौ, ४ असोज । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक १७ घण्टादेखि दुईतर्फी नै बन्द छ । हिजो बेलुका सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहेको तर सुरक्षालाई ध्यानमा राखेर तत्काल खटाउन नसकेको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ । सुरक्षा जोखिमका कारण गएराति पनि काम हुन सकेको थिएन । मुग्लिन प्रहरीका अनुसार सडक खुलाउन आज दिनभर नै लाग्ने अनुमान छ । रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् । सकेसम्म गाडी…
झापा, ४ असोज । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपद्का घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन्…