jhapaonline add

सुनसरी, ३० असार । हरिनगर गाउँपालिका–६ मा एक पुरुषले आफ्नै सालीको गोली हानी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतीय नागरिक आजात मियाँले साली अर्चना खातुनमाथि गोली प्रहार गरेका हुन्। प्रहरी उपरीक्षक सुमन तिम्सिनाले दिएको जानकारी अनुसार घटना गएराति करिब २ बजेतिर भएको हो। खातुनको घटनास्थलमै मृत्यु भएको र सो समयमा उनी तथा उनकी बहिनी मात्रै घरमा रहेको प्रहरीले जनाएको छ। गोली चलाउनुको कारण भने खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् र उनी प्रायः राति मात्रै सालीहरुको कोठामा आउने गरेको जनाइएको छ। घटनापछि मियाँ फरार छन् र उनको खोजी जारी रहेको…

Read More

झापा, ३० असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तल छ । तर, दिउँसो बाढी बढ्ने सम्भावना छ । जिल्लाका दृष्टिले आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ । साथै आज इलाम, झापा, पाँचथर, तेर्हथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली,…

Read More

प्रकाश अधिकारीसरकारी अड्डाबाट छिटोछरितो र समयमा सेवा लिन सिधै वा ‘बिचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आमबुझाइ छ । आमरूपमा यो सत्य भए पनि सबै राजनेता र कर्मचारी लालची र बिकाउ छैनन्, इमानदार र नैतिकवान् पनि छन् । सरकार वा सार्वजनिक सेवा मात्र भ्रष्टाचारबाट गाँजिएको नभएर निजी क्षेत्रसमेत यसबाट अछुतो छैन । सरकारी निकायले ठुलो परिमाणमा आर्थिक कारोबार गर्छ र यसको व्यवस्थापन, नियन्त्रण एवं नियमन सरकारी कर्मचारीद्वारा हुन्छ । कर्मचारीले सर्वसञ्चित कोषको दोहन गर्न र सेवाग्राहीबाट रिसवत लिन सक्छन् । सत्य के पनि हो भने आफ्नो काम गराउन निजी क्षेत्र वा कम्पनी विशेष राष्ट्रसेवकलाई रिसवत दिन तयार हुन्छन् ।…

Read More

बिर्तामोड, ३० असार । झापाको बिर्तामोड नगरपालिका–१० मा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । सोमबार राति करेन्ट लागेर बिर्तामोड–१० पथरभिट्टाका ५३ को पुष्प पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उपचारको लागि छिमेकी भवानी घिमिरेले राति करिब ८ः४० बिएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जनाइएको छ ।

Read More

भद्रपुर, ३० असार । झापाको भद्रपुर नगरपालिका–६ राधाकृष्ण टोलमा पर्खाल भत्किएर किचिँदा एक मजदुरको मृत्यु भएको छ । आइतबार सघन सहरी भवन निर्माण विभागद्वारा भइरहेको नाला निर्माणको क्रममा नाला निर्माणमा खटिएको यज्ञ निर्माण एण्ड सप्लायर्स प्रालिका कामदार बिर्तामोड नगरपालिका–९ लक्कीबारीका ३५ वर्षीय लक्ष्मण कामतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही स्थानका इन्द्र राउतको घरको कम्पाउण्डमा लगाइएको पर्खाल अचानक भत्किँदा कामती गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । मृतकको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

Read More

झापा, ३० असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि बिर्तामोडका व्यवसायी गुञ्जन थापाले २५ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले संघका अध्यक्ष राजु न्यौपाने र राहत कोषका संयोजक राजकुमार घिमिरे राजु लाई आफ्नो जन्म दिनको अवसार पारेर २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । संघले व्यवसायीको हितका लागि राम्रो काम गरेको भन्दै नगद सहयोग गरेको बताइएको छ । थापा विभिन्न सामाजिक तथा व्यवसायीक संघ संस्थामा आवद्ध छन् । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको राहत कोष स्थापना गर्ने उद्देश्यले गतवर्षबाट रकम संकलन शुरु गरेको छ । सो कोषमा अहिले व्यवसायी सहित…

Read More

झापा, ३० असार । स्वास्थ्य बीमा बोर्डले देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ । आगामी साउन १ गतेदेखि लागु हुनेगरी देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो । स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी व्यवस्था मिलाएको बोर्डका जनस्वास्थ्य अधिकृत मल्लले जानकारी दिनुभयो । स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा विन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको छ । यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेको…

Read More

झापा, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी…

Read More

झापा, २९ असार । झापाको दमक नगरपालिका–३ स्थित संगम चोकमा आज दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दमकको डिपु चोकबाट आम्दा तर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटी चालक ४४ वर्षीया टिका गौतमको दाहिने घुँडामा सामान्य चोट लागेको छ। स्कुटीको पछाडि सवार ५५/५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ। उनी नारायण प्रसाद गौतमकी श्रीमती हुन्। दुर्घटनामा संलग्न टिपर, स्कुटी तथा टिपर चालक ४६ वर्षीय तोयानाथ बिक, झापा बिर्तामोड न.पा.–२ निवासी, इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा…

Read More

राबाश भद्रपुर, २९ असार । २१२ औं भानु जयन्ती उत्साहप्रद रूपमा यहाँ भव्य सहभागिताका साथ आज सम्पन्न भएको छ । भद्रपुर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजना र देवकोटा स्मृति भवनको सहकार्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल प्रमुख अतिथि र उपप्रमुख राधा कार्की विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रमको शुरुवात आदिकवि भानुभक्त आचार्यको स्थानीय भानु चोकस्थित शालिकमा माल्यार्पण गरेर गरिएको थियो । त्यसपछि भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको साहित्यिक कार्यक्रमको शुरुवात बटुकहरूद्वारा रामायण पाठ गरेर गरिएको थियो । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो साहित्यिक सभामा प्रा.डा. गंगाप्रसाद अधिकारी तथा साहित्यकारहरू होम सुवेदी, चूडामणि…

Read More