jhapaonline add

काठमाडौँ, १९ असार । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तर्क्रिया विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए । कीटजन्य रोग शाखाका प्रमुख डा।गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिनुभयो । “झुल, धूप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि…

Read More

काठमाडौँ, १९ असार । साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाउनुभयो । उहाँले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । शिवान्श बजगाईँले अविजित २३ रन बनाउनुभयो । ओपनरका प्रसिद्ध जैसी दुई रनमा आउट हुनुभएको थियो । बलिङमा मलेसियाका नागिनिश्वरमले एक विकेट…

Read More

झापा, १९ असार । झापाको बिर्तामोड नगरपालिका–७ स्थित गरामनीमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बिर्तामोड–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान करिब ३ः४५ बजे घरको आँगनमा शौच गर्न निस्किएका लिम्बूलाई अचानक एक वटा जंगली हात्तीले कुल्चिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी चौकी गरामनीको प्रहरी टोली घटनास्थल पुगेको छ भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी खटिएको जनाइएको छ ।…

Read More

चन्द्र बस्नेतकनकाई, १९ असार । हेफर प्रोजेक्ट नेपालले कनकाईका विपन्न परिवारका छात्रालाई विद्यालय जाँदा चाहिने आवश्यक सामाग्री वितरण गरेको छ । हेफरले बुधबार कनकाई नगरपालिकास्थित नगर प्रमुखको कार्यकक्षमा समूहमा आबद्ध महिलाका छोरीहरुलाई शिक्षा आर्जनमा सहजता ल्याउने उद्देश्यले ती सामग्री वितरण गरेको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी, शिक्षा शाखा प्रमुख राजकुमार ओडारी,हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत विकास केसी, कार्यक्रम संयोजक केशव खनाल, सहजकर्ता सरोज ढुंगाना, सामाजिक परिचालिका अञ्जु सिग्देल लगायतले सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रममा जेहेन्दार १३ जना छात्राहरुलाई ब्याग, डट पेन, पेन्सिल, कपि, इरेजर, साप्नर, ड्रोइङ्ग, कलर सेट, ड्रेस, जुत्ता,…

Read More

मेष: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय छ। मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। परिवारमा मायाको कमी आउनेछ। वृष: घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग हुनेछ। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। मिथुन: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने देखिन्छ। कर्कट: स्वास्थ्य प्रतिकूल रहन सक्छ, अतः सचेत रहनु होला। किनमेल…

Read More

झापा, १९ असार । एसीसी पुरुष यू–१६ इस्ट जोन कपअन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। खेल मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा बिहीबार बिहान ७ः४५ बजे सुरु हुने छ। नेपाली टोली समूह ‘ए’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई २९८ रन, इन्डोनेसियालाई ३७० रनले हराएको थियो । यस्तै, जापानमाथि ९ विकेट र सिंगापुरमाथि ६ विकेटले जित दर्ता गरेको थियो । समूह ‘बी’को उपविजेता बनेको मलेसियाले चार खेलमध्ये तीन जितेको थियो भने एक खेलमा पराजित भएको थियो । आजको खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो…

Read More

झापा, १९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको छ। हिजोअमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको थियो भने अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्रा महँगिएका थिए। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा थियो। गएको माघ २५ गते अमेरिकी…

Read More

रौतहट, १९ असार । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादका कारण एक पुरुषले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। स्थानीय ३५ वर्षीय बच्चा मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनमाथि मासु काट्ने हतियारले टाउको र घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार तामाङले जानकारी दिए। प्रहरीका अनुसार घटनामा संलग्न मियाँलाई प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट इन्स्पेक्टर सुरेश राज भट्टको कमान्डमा खटिएको टोलीले प्रक्रिया अघि बढाएको बारा प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजयराज पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Read More

झापा, १९ असार । जल तथा मौसम विज्ञान विभागले आजको मौसमबारे जानकारी दिएको छ । विभागले आज बिहान जारी गरेको बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । विभागका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा…

Read More

झापा, १८ असार । एएफसी महिला एसियन कप छनोट अन्तर्गत उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० को फराकिलो जित हासिल गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । नेपालकी कप्तान सावित्रा भण्डारी ९साम्बा० को उत्कृष्ट प्रदर्शनसँगै नेपालले दोस्रो खेलमा पनि गोल वर्षा गर्‍यो । साम्बाले ह्याट्रिक सहित तीन गोल गरिन्, भने गीता रानाले दुई गोल तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक–एक गोल गरे । नेपालले खेलको सातौँ मिनेटमै अग्रता लिएको थियो—अनिता बस्नेतको कर्नर पासमा गीताले पहिलो गोल गरिन्। त्यसपछि साम्बाले लगातार दोस्रो ९२०औँ मिनेट० र तेस्रो गोल ९४२औँ मिनेट० गर्दै ह्याट्रिक पूरा गरिन्।…

Read More