
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सरोज भट्टराईशिवसताक्षी, ५ कात्तिक । झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुन लागेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ । आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर अहिले कुर्सी जडानको काम जारी रहेको आयोजक झापा महिला गोल्डकप समितिले जनाएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार खेलमैदानमा फाइनल घाँस काट्ने र मञ्च सजाउने अन्तिम तयारी भइरहेको छ । मञ्चमा तीन सयजना बस्नका लागि कुर्सी जडान भइरहेकाले बाँकी प्याराफिटमा करिब तीन हजारभन्दा बढी दर्शक अटाउने व्यवस्था मिलाइएको छ । साथै, खेलमैदानको पूर्व, उत्तर र दक्षिण भागमा अस्थायी प्याराफिट…
सुनसरी, ५ कात्तिक । सुनसरीको दुई स्थानहरुबाट कात्तिक ४ गते प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले देश भारत सुपौलका २० वर्षीय नवि हुसेन र सप्तरीका १९ बर्षीय मोहमद खुसिदलाई ब्राउन सुगर ५ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–००३ ह ८७०५ नम्बरको सिटि रिक्सामा ४ वटा बोरामा राखेर लैजादै गरेको १ सय २० किलोग्राम गाँजासहित देश भारत सुपौलका २० बर्षीय मोहमद इम्तियाज पक्राउ परेका हुन् । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।
संखुवासभा, ५ कात्तिक । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ५५ वर्षीय कर्णबहादुर कुमालको हत्यामा संलग्न सोही स्थानका २६ वर्षीय बिक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ४ गते साँझ बिक्रमले आफ्नै घर नजिकै आएका कर्णलाई पुरानो रिशिविको कारण आवेशमा आएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाबारेमा जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलको कानूनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाएको थियो भने हत्यामा संलग्न बिक्रम कुमाललाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।
सन्तोष शर्माझापा, ५ कात्तिक । झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल (एनजीओ) ले चार लाख ५० हजार बढी मानिसलाई सेवा दिएको छ । संस्थाले विगत तीन दशकको अवधिमा ३५ वटा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग साझेदारी गरी ३५ वटा जिल्लामा ६६ वटा विभिन्न परियोजनाहरू सञ्चालन गरी चार लाख ५० हजारभन्दा बढी मानिसलाई प्रत्यक्ष सेवा पु¥याएको सहारा नेपालका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो । स्थानीय तह र साझेदार संस्थासँगको सहकार्यमा गरी गरिब तथा सीमान्तकृत समुदायका लागि सुरक्षित आवास निर्माणदेखि लिएर वित्तीय साक्षरतासम्मका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । झापा र मोरङका चार हजारभन्दा बढी सीमान्तकृत परिवारलाई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिएको छ भने…
झापा, ५ कात्तिक । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा…
झापा, ५ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।…
भद्रपुर, ५ कात्तिक । जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या छ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए । अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ ।“मतदाताको सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,” सूचना अधिकारी न्यौपानेले…
भद्रपुर, ५ कात्तिक । झापाको भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए । भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठुलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो…
झापा, ४ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित फायरिङ चोकमा जंगली हात्तीको आक्रमणमा परी आज एक जना महिला गम्भीर घाइते भएकी छन् । हात्तीको आक्रमणमा परी मेचीनगर–६ फायरिङ चोककी ७४ वर्षीया उसिला राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । राईलाई आफ्नै घर अगाडि फूल टिप्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी राईलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि लाइफलाइन अस्पताल दमकमा रिफर गरिएको छ । हात्ती भने आक्रमणपछि स्थानीय जंगलतर्फ फर्किएको स्थानीयबासीले जनाएका छन् । घटनाको सम्बन्धमा…
झापा, ४ कात्तिक । झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्म जयन्तीको अवसरमा दुई जना साहित्यिक स्रष्टालाई सम्मान गरिएको छ । भद्रपुर–९ देवकोटा चोकस्थित देवकोटा स्मारक संरक्षण समितिले आज अग्रज साहित्यकार राजेश ढुङ्गानालाई नगद रू २० हजारसहित ‘मनोरथ दाहाल स्मृति काव्य पुरस्कार–२०८२’ प्रदान गरेको हो भने साहित्यकार गणेशप्रसाद नेपाललाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, समितिका अध्यक्ष राजु बराल, अतिथिहरु भद्रपुर–९ का वडाध्यक्ष रामप्रसाद दाहाल, चन्द्रगढी सामुदायिक वन समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, पुरस्कार स्थापनाकर्ता परिवारका सदस्य कुमार दाहाल, नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल लगायतले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान–पत्र…