
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ असोज । नेपालको वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा २२.५४ प्रतिशतले व्यापार बढेको भन्सार विभागले जनाएको हो । पहिलो दुई महिनामा कुल ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजारको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको व्यापार भएको थियो । यस अवधिमा आया १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशतले बढेको छ । विभागका अनुसार ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजारको आयात भएको छ । त्यसैगरी, ४७ अर्ब ३१ करोड ७६…
भद्रपुर, ८ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व शून्य दशमलव ५० प्रतिशत अर्थात रु ६४ लाख तीन हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार गत साउन÷भदौ महिनामा…
झापा, ८ असोज । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ…
झापा, ८ असोज । आज बुधबार देशका विभिन्न स्थानमा मध्ममदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाड भूभागका थोरै तथा बाँकी…
झापा, ८ असोज । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा झापाको मेची भन्सार कार्यालयले दुई अर्ब ६२ करोड ९५ लाख १८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । भन्सारले काँकरभिट्टा नाकाबाट हुने आयात–निर्यातबाट सो राजश्व सङ्कलन गरेको हो । यो रकम गत आव २०८१–८२ को सोही अवधिको तुलनामा ८.६२ प्रतिशत अर्थात् २० करोड ८६ लाख नौ हजारले बढी हो । कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा यस नाकाबाट रु। आठ अर्ब १९ करोड एक लाख रुपैयाँ मूल्य बराबरको सामान आयात भएको छ भने तीन अर्ब छ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ ।…
इलाम, ७ असोज । इलाम अस्पतालमा अबदेखि दैनिक रूपमा विशेषज्ञ सर्जनद्वारा शल्यक्रिया हुने भएको छ। अस्पतालका सूचना अधिकारी सुजन अधिकारीका अनुसार सर्जन डा. सरो प्रजापतिले नियमित रूपमा सेवा दिनुहुनेछ । अस्पतालमा हर्निया, हाइड्रोसिल, एपेन्डिक्स तथा विभिन्न गाँठा–गुठीसम्बन्धी शल्य क्रियात्मक उपचार अब दैनिक रूपमा उपलब्ध हुने जनाइएको छ । बालरोग विशेषज्ञ डा. बृजेशकुमार यादवले निरन्तर सेवा दिइरहनुभएको छ । इलाम मात्र नभई पाँचथर र ताप्लेजुङका बिरामी पनि उपचारका लागि इलाम अस्पताल आउने गरेका छन्। हाड जोर्नीसम्बन्धी अपरेसन सेवा थप सहज बनाउन आवश्यक मेसिन खरिदका लागि अस्पतालले बजेट माग गरेको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो ।
झापा, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिनेले नेतृत्व गर्ने र बदलिन नचाहने बढारिने बताउनु भएको छ । गृहनगर धुलाबारीमा अज आयोजित “जेनजी आन्दोलनमा जीवन गुमाएकप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल” विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले भन्नुभयो,”अहिलेको माग र जनभावना अनुसार नै कांग्रेसको नेतृत्व बदलिन्छ, त्यसको बाधक बन्ने बढारिन्छन् ।” एउटाले आन्दोलन गर्ने र अर्कोले अवसर लिने कुरा असान्दर्भिक भएको तर्क गर्नु भएको शर्माले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।” सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनुपर्छ, त्यो अनिवार्य सर्त हो ” उहाँले भन्नुभयो,” प्रधानमन्त्री सुशीला कार्कीजी जेनजी पुस्तालाई प्रतिनिधित्व गराएर सरकारलाई छिटो पूर्णता दिनुस्…
मोरङ, ७ असोज । मोरङको विराटनगर महानगरपालिका–१७ स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चालक विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ, ७ असोज । जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किएका छन् । भदौ २४ मा उनी अरू कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए । गोरे कारागार फिर्ता भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए । दुबईबाट ३३ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको मुद्दामा उनी थुनामा छन् । २०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।
बिर्तामोड, ७ असोज । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ । प्रतियोगिताको उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक…