jhapaonline add

नयाँ दिल्ली, ३१ असार । कयौँ सुपरहिट भारतीय धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारको निधन भएको छ । मंगलबार मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उनको मृत्यु भएको हो । धीरज कुमारलाई शनिबार निमोनियाका कारण अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ‘मल्टीपल अर्गन फेलियर’का कारण बिहान ११ः३० बजे धीरज कुमारको मृत्यु भएको उनी निकट को नजिकको स्रोतले बताएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । धीरज कुमारले १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित ट्यालेन्ट हन्ट प्रतियोगितामा भाग लिएपछि अभिनयको दुनियाँमा प्रवेश गरेका थिए । यो प्रतियोगतामा जितेर स्वर्गिय बलिउड अभिनेता…

Read More

१. काँचो दूध – हातलाई सफा र चम्किलो बनाउनको लागि काँचो दूधले हात मसाज गर्नु राम्रो हुन्छ । जसले हातको फोहर मैला निकाल्नुका साथै छालालाई सुन्दर बनाउन मद्दत गर्छ । २. कागति – कागतिमा सीट्रिए एसिड हुन्छ । त्यसैले यसलाई हातमा रगडेर लगाउनाले हात चम्किलो बनाउँछ र हातको रंगमा फरकपन पैदा गर्छ । ३. गोलभेंडाको रस – गोलभेंडाको रसमा थोरै कागकिो रस मिसाएर हात मसाज गर्नाले हातमा फोहर मैला हट्नुका साथै हातलाई गोरो बनाउन मद्दत गर्छ । ४. आलुको रस – काँचो आलुको रस निकालेर २० मिनेट जति हातमा लगाएर सफा पानीले धूने गर्नाले हात चमक पैदा हुन्छ । यो…

Read More

काठमाण्डौ, ३१ असार । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै छन् । खेल बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । यसअघि आज दिउँसो तीन बजे बङ्गलादेश र भूटान खेल्ने छन् । यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । नेपाल दुई खेलमा तीन अङ्कसहित दोश्रो स्थानमा छ । दुई खेलमै पारजित श्रीलङ्का अङ्क तालिकाको पुछारमा छ । समान खेलमा ६ अङ्कसहित बङ्गलादेश शीर्ष स्थानमा छ । दुई खेलमा तीन अङ्कसहित भुटान तालिकाको तेश्रो स्थानमा छ । प्रतियोगितामा…

Read More

झापा, ३१ असार। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो । मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताउनुभयो । उहाँले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।

Read More

उदयपुर, ३१ असार। उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागि चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी–२ का २९बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थपअनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

Read More

खोटाङ, ३१ असार । खोटाङको बारापोखरी गाउँपालिका–४ की २५ बर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । असार ३० गते बेलुका साढे ९ बजे मोबाईल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राईको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान तथा कानुनी प्रकृया गरीरहेको छ।

Read More

झापा, ३१ असार । झापाको बिर्तामोड नगरपालिका-६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३० गते दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ सय ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड-३ का १९ बर्षीय लाडला मिया र २० बर्षीय ममताज मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ३१ असार । दमक नगरपालिका–९ निवासी ११ वर्षीय रमन धिमालको शव हराएको एक दिनपछि स्थानीय खोलाको दोभानमा फेला परेको छ।  मिति २०८२ असार ३० गते दिउँसो १२:३० बजे घरबाट “साथीसँग खेल्न जान्छु” भनी निस्किएका बालक रमन धिमाल साँझसम्म घर नफर्किएपछि परिवार तथा छरछिमेकीले खोजतलास सुरु गरेका थिए। खोजीको क्रममा असार ३१ गते बिहान ६:३२ बजे सानुअर्ना खाडीस्थित बेतेनी खोला र भुत्रे खोलाको दोभानमा बालकको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय दमकबाट प्रनाउ राम प्रसाद तिमल्सिनाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। शवलाई पोष्टमार्टमका लागि दमक…

Read More

अर्जुनधारा, ३१ असार । अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको छ। भोलि असार ३२ गते बुधबार बिहान ११ः३० बजे नगर कार्यपालिकाको कार्यालय, शनिश्चरेमा आयोजना हुने कार्यक्रममा १२८ जना लाभग्राहीलाई धनीपुर्जा प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहनेछन् । धनीपुर्जा वितरण अर्जुनधारा नगरपालिका वडा नं. ११ अन्तर्गत लक्ष्मीधाप टोलका लाभग्राहीलाई लक्षित गरिएको हो । गत जेठ २६ गते सार्वजनिक सूचना जारी गरी आवश्यक कागजातसहित राजस्व बुझाउने समय दिइएको थियो । प्रक्रिया पूरा गरेका लाभग्राहीहरूलाई अब प्रमाणपत्र प्रदान गरिने भएको हो । नगरपालिकाले…

Read More

काभ्रे, ३१ असार । निरन्तरको वर्षाका कारण बीपी राजमार्ग दैनिकजसो अवरुद्ध हुने गरेको छ। सोमबार दिउँसो सञ्चालनमा ल्याइएको सडक आज पुनः अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार सोमबार राति आएको बाढी र पहिरोका कारण रोशी–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडाको फेदीखेला र साङखोला, रोशी–११ कालढुंगा, तथा रोशी–११ र १२ को सिमानाको माम्ती खोलामा सडक कटान भएको छ। साथै, काभ्रे–सिन्धुली सिमानाको बर्खेखोला, रोशीकै पिप्ले र पानीतारे नजिकको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। प्रहरी प्रमुख कार्कीका अनुसार पिन्थलीको लेदो हटाइसकेपछि बिरुवाडाँडाको लेदो हटाउने काम सुरु गरिएको छ। सडक विभाग र एवन निर्माण सेवाको सहयोगमा…

Read More