
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २४ असार । झापाबाट एक जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् । आज बिहान ८ः५० बजेको समयमा मेचीनगर–६ बाट मेची भन्सार कार्यालयको परिसर भित्रबाट उनलाई हतियारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी का २५ को प्रतिक अग्रवाल छन् ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टा झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सवारी साधनहरु तथा यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा ती भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो । अग्रवालले चलाएर ल्याएको WB 74 AJ 0400 नम्बरको होण्डा कम्पनीको कलेजी रंगको स्कुटरको डिकी भित्र…
धनुषा, २४ असार । जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर बजार टोलको भैया पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गएको छ । आज पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । ज्यान जानेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताउनुभयो । दुवैजनालाई अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ ।रासस
काठमाडौँ, २४ असार । सुनचाँदी व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा आफूहरूको माग सम्बोधन नगरेकाले पुनः आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ छ । बजेट लगत्तै सुनचाँदी व्यवसायीले आन्दोलन थालेकामा प्रधानमन्त्रीको आश्वासनपछि केही दिन आन्दोलन रोकेका थिए । तर माग सम्बोधन नगरेको भन्दै व्यवसायीले विरोधमा शुक्रबार देशभरको सुनचाँदी व्यवसाय बन्द गरेका थिए । उनीहरूले सरकारले जायज माग सम्बोधन…
हरिप्रसाद कोइरालाउर्लाबारी, २४ असार । मोरङको रतुवामाई नगरपालिका–६, मा अंश सम्बन्धी पुरानो झगडाले एक जनाको ज्यान लिएको छ । असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टङ्कबहादुर बस्नेतले हत्या गरेको प्रहरीले जनाएको छ । देवर टङ्कबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसले टीकामायाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनुभयो । केही समययता मृतकका पति गणेशबहादुर बस्नेत र उहाँका सौतेनी भाइ टङ्कबहादुरबिच पुर्ख्यौली सम्पत्तिको बाँडफाँट सम्बन्धी झगडा चर्किएको थियो । उक्त सम्पत्तिमा देवर टङ्कले एकलौटी कब्जा जमाउन खोज्नुभएको थियो । अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टङ्क आक्रोशित बनेको…
शिवसताक्षी, २४ आषाढ । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई सहयोग गरेको छ ।शिवसताक्षी ९ स्तिथ संगम चोकका १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको थियो । कुटपिटबाट मृत्यु भएको आदित्यका परिवारलाई नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले नगद २९ हजार ९२० रुपैया सहयोग प्रदान गरेको हो । जहाँ अप्ठ्यारो त्यहाँ एमाले भन्ने मुल नारासहित समाजमा दुःख पीडामा परेका नागरिलाई सहयोग गरेको नेकपा एमाले वडा कमिटी ९ का अध्यक्ष लोकेश खनालले जानकारी दिए । उनले तामाङ्ग परिवार अति विपन्न अवस्थाको रहेकाले नेकपा एमाले वडा कमिटीले अप्ठ्यारोमा परेको परिवारलाई सानो…
विराटनगर, २४ असार । झापा र मोरङबाट लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २३ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ घर भई शिवसताक्षी नगरपालिका–८ स्थितमा बस्दै आएका २५ बर्षीय जितेन्द्र आङ्देम्बेलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस्तै मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट २५ किलो २५० ग्राम गाँजा बेकेको द्यच् घड त्त छटडट नम्बरको मोटरसाईकल सहित भारत अररियाका २२ बर्षीय मोहमद ईर्सादलाई प्रहरी चौकी अमाही बरियातीले पक्राउ गरेको छ ।
झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका–४ मनकामना टोलमा सोमबार राति एउटा जंगली हात्तीले आक्रमण गर्दा एक घरमा ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय सुवर्णकुमार खड्काको भान्सा घरमा राति करिब ३ बजे हात्ती पसेर घर भत्काएको र त्यहाँ रहेका खाद्यान्न तथा अन्य सर–सामान नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ६ः४५ बजे प्रहरी चौकी बाहुनडाँगीमा खबर प्राप्त भएपछि टोली खटिइ घटनास्थलमा पुगेको थियो । घटनामा मानव वा चौपायातर्फ भने कुनै क्षति नभएको जनाइएको छ। हात्ती त्यसपछि नजिकैको जंगलतर्फ फर्किएको छ ।
झापा, २४ असार । धनुषाको हँसपुर नगरपालिकाको सार्वजनिक सम्पत्तिमा ५२ लाख ७२ हजार रुपैयाँभन्दा बढी हिनामिना गरिएको आरोपमा तत्कालीन उपप्रमुख रेणु देवी झा, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा देव कन्स्ट्रक्सन र सम्बन्धित पदाधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका अनुसार सुगा निकासदेखि कट्टी चोकसम्मको पीसीसी ढलान योजना टुक्र्याएर रकम भुक्तानी गर्ने, नापी विवरणमा त्रुटि गर्ने तथा तोकिएको भन्दा बढी भुक्तानी दिने कार्यमार्फत हानिनोक्सानी गरिएको हो। २०७६–०७७ को नगरसभा निर्णयअनुसार एक करोड रुपैयाँ विनियोजन भएको उक्त योजनाको लागत अनुमान १ करोड…
झापा, २४ असार । दमक नगरपालिका–३ मा निर्माणाधीन १८ तले भ्यु टावर परियोजनामा सार्वजनिक जग्गा निजी कम्पनीलाई अनियमित रूपमा दिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। दमक–५ का सञ्चारकर्मी तथा स्थानीय नागरिक अबिन मेयाङ्ग्वोले टंगालस्थित अख्तियार कार्यालयमा उजुरी दर्ता गराउँदै तत्काल छानबिनको माग गरेका हुन्। उनका अनुसार, ‘माँ पञ्चकन्या हाउजिङ प्रा।लि।’ नामक कम्पनीलाई सार्वजनिक प्रयोजनको नाममा नगरपालिकाले २०७३ सालतिर करिब ४ विघा १८ कट्ठा ७ धुर जग्गा प्रदान गरेको थियो। यद्यपि अहिले कम्पनीले दुई विघा सापटी लिएको दाबी गर्दै फिर्ता माग गरेको र बाँकी २५ कट्ठा वापत क्षतिपूर्ति माग गरिरहेको उजुरीमा उल्लेख छ। मेयाङ्ग्वोले कुनै औपचारिक प्रक्रिया वा…
भोजपुर, २४ असार । भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई रहेका छन् । उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।