jhapaonline add

काठमाण्डौ, १ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्यान्डको वेलिङ्टन फोनिक्स एफसी क्लबमा अनुबन्ध भएकी छिन् । सावित्राले दुई सिजनका लागि वेलिङ्टन फोनिक्ससँग सम्झौता गरेकी हुन् । सावित्रालाई अनुबन्ध गर्न पाउँदा गर्व महसूस भएको क्लबले जनाएको छ । वेलिङ्गटन न्युजिल्यान्डको क्लब भए पनि यसले अस्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । यसअघि सावित्राले फ्रान्सेली क्लब एन अभान्ट गुइनगाम्पबाट दुई सिजन खेलेकी थिइन् । उनले भारत र माल्दिभ्समा पनि खेलिसकेकी छिन् ।यसैबीच सावित्राले गुइनगाम्पसँग अलग भएको घोषणा गर्दै सहकार्यका लागि धन्यवाद दिएकी छिन् ।

Read More

रसुवा, १ साउन । गएको असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार दुई सय जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ । केरुङमा रहेका नेपालीको खाना तथा आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक गाडीका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका एक सय १७ जनाले पनि घर फर्कनका लागि प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् ।रासस

Read More

काठमाडौं, १ साउन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गरेका छन्। कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे। उनले भने, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा…

Read More

भद्रपुर, १ साउन । आर्थिक वर्ष २०८१।८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र रु सात करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल…

Read More

झापा, १ साउन । रौतहट र सिराहामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। रौतहटको राजपुर नगरपालिका–१ पिप्रा भगवानपुर टोलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीया मिरा देवी यादवको बुधवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ । त्यस्तै सिराहाको कर्जन्हा नगरपालिका–२ स्थित सडकमा चन्द्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्र।२–०४–००१ ख ००५६ नम्बरको ट्रक अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार भारत राजस्थान…

Read More

काभ्रेपलाञ्चोक, १ साउन । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ । कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपाल थोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । उहाँका…

Read More

बिर्तामोड, १ साउन । बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहका क्रममा बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वडा नम्बर ७ का तीन जनालाई प्रतीकात्मक रूपमा लालपुर्जा हस्तान्तरण गर्नुभयो । सूर्यमाला लिम्बु, मनकुमार सुव्वा र डिल्लीकुमार लिम्बुले लालपुर्जा प्राप्त गरेका हुन् । वडा नम्बर ७ मा ३ सय ४१ घरधुरी लालपुर्जाका हकदार रहेको र पहिलो चरणमा १ सय जनालाई पूर्जा वितरण गर्न सकिने वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । उहाँले अब दाबी विरोधको लागि तत्कालै सार्वजनिक सूचना जारी गरिने पनि बताउनुभयो । नगर…

Read More

झापा, १ साउन । राष्ट्रिय किताबखाना शाखा अधिकृत धनेश्वर प्रसाई र बिचौलिया सुदर्शन न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको इजलासले घुस लिएको प्रमाण पुष्टि भएसँगै दुवैलाई ६ महिनाको कैद र १ लाख ५० हजार जरिवानाको सजाय सुनाएको हो । गत पुस १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । उनले अवकाशप्राप्त शिक्षकको पेन्सन पट्टा बनाइदिन बहाना बनाई घुस मागेको पुष्टि भएको छ । उक्त रकम बिचौलिया न्यौपानेमार्फत लिएको प्रमाण श्रव्य–दृश्य सामग्रीसहित अदालतमा पेश गरिएको थियो । प्रसाई एमालेनिकट निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन् ।…

Read More

ताप्लेजुङ, १ साउन । प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुम्लुङ) मा आर्थिक वर्ष २०८१/८२ मा २ लाख १७ हजार ८७६ भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा ३ करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । भक्तजनको आगमनमा कार्तिक महिनामा सर्वाधिक ६१ हजार १७३ जना पुगेका थिए भने साउनमा सबैभन्दा कम १ हजार ९५५ जना मात्र पुगेका थिए । आर्थिक रूपमा वैशाख महिनामा सबैभन्दा बढी ६० लाख ९० हजार ८१५ रुपैयाँ भेटी संकलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार गत वर्ष शौचालय निर्माण, सवारी पार्किङस्थल निर्माण, सूचना केन्द्र स्थापनाजस्ता पूर्वाधार…

Read More

इलाम, १ साउन । इलामको सूर्योदय नगरपालिका–१ भालुखोपमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गएराति स्थानीय काजी तामाङको घरमा माइजोगमाई गाउँपालिका–२ तारसिंह निवासी २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो । साथमा रहेका ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन् । प्रकाशलाई ससुराली लिएर गएका निरोजको सोही क्रममा सूर्योदय–१ शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग विवाद भएको थियो । विवादकै क्रममा शेर्पाले धारिलो हतियार प्रयोग गरी प्रकाशमाथि प्रहार गरेका थिए । घटनास्थलमै प्रकाशको मृत्यु भएको हो भने पेटमा चोट लागेका निरोजको उपचार भइरहेको छ । प्रहरीले…

Read More