
बिर्तामोड, ७ मंसीर । झापाको बिर्तामोड–२ चारपानेमा मूल कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभामा आगामी पुस २१ गते हुने भएको छ ।
संस्थाको गत कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं साधारणसभा अन्तरगत पुस १ गतेदेखि इकाइगत सभा शुरु गरी पुस २१ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला गर्ने निर्णय गरेको छ ।
यस्तो छ साधारण सभा सम्बन्धी सूचना
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
मूल कार्यालय, बिर्तामोड – २, चारपाने, झापा
२९औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमायस संस्थाको मिति २०८२÷०७÷२५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको २९औं वार्षिक साधारण सभा संघीय सहकारी ऐन–२०७४ को परिच्छेद ६ को दफा ४० को उपदफा ५, प्रदेश सहकारी ऐन–२०७६, प्रदेश सहकारी नियमावली–२०७६, संस्थाको संशोधन सहितपुनर्लेखन गरिएको विनियम–२०७८, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले विभिन्न समयमा जारी गरेको निर्देशनअनुसार निम्नअनुसारको प्रस्ताहरुमाथि छलफल गरी पारित गर्नको लागि तपसिल अनुसारको प्रक्रिया अबलम्बन गर्दै गरिने भएकाले सबै शेयर सदस्य महानुभावहरुलाई साधारण सभाको एकाइ साधारण सभा/उपएकाइ साधारण सभामा सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ ।
साधारण सभाका प्रस्तावहरु :
१) सञ्चालक समितिको ०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
२) आ.व. ०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
३) आ.व. ०८२/०८३ को प्रस्तावित नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने सम्बन्धमा ।
४) लेखा सुपरिवेक्षण समिति तथा ऋण उप–समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
५) शेयर लाभांश पारित तथा वितरण गर्ने सम्बन्धमा ।
६) संरक्षित पूँजी कोष तथा कर्मचारी बोनस पारित तथा वितरण गर्ने सम्बन्धमा ।
७) आ.व ०८२/०८३ को लागि लेखा परीक्षककोे नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा ।
८) सेवा केन्द्रहरुको डिजाइनिङ, ब्रान्डिङ, आन्तरिक सजावट तथा निर्माण खर्च अनुमोदनतथा स्वीकृत गर्ने सम्बन्धमा ।
९) आ.व. ०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि जिम्मेवारी दिने सम्बन्धमा ।
१०) विनियम संशोधन गर्ने सम्बन्धमा ।
११) ऋण लगानी स्वीकृत गर्ने तथा लगानी गर्ने अख्तियारी दिने सम्बन्धमा ।
१२) एकाइ साधारण सभाको माइन्युट प्रमाणित गर्न प्रतिनिधि छनोट गर्ने सम्बन्धमा ।
१३) अन्तिम माइन्युट प्रमाणित गर्न प्रतिनिधि छनोट गर्ने सम्बन्धमा ।
१४) मूल कार्यालय तथा सेवाकेन्द्रहरुको बैंंक खाता सञ्चालक परिवर्तन गर्न, बैंक खाताबन्द गर्न, त्तच् ऋयमभ लिन तथा क्ःक् क्भचखष्अभ लिन स्वीकृतिको लागि अख्तियारी दिने सम्बन्धमा ।
१५) निर्वाचन कार्यविधि लगायत अन्य नीति, निर्देशिका र कार्यविधि संशोधन तथा पारित गर्ने साथै परिपत्र तथा पत्रहरु अनुमोदन गर्ने सम्बन्धमा ।
१६) अविधेशन सम्बन्धमा ।
१७) तालिम केन्द्र तथा शैक्षिक भवन निर्माण गर्ने सम्बन्धमा ।
१८) विविध ।
क) व्याज छुट सम्बन्धमा ।
अन्य व्यवस्थाहरु :
१) साधारण सभा प्रयोजनको लागि संस्थाको सम्पूर्ण कार्यक्षेत्रलाई ७ एकाइमा विभाजन गरिएको छ । साथै एक एकाइअन्तरगत रहेको सम्पूर्ण सदस्यलाई एकैठाउँमा भेला गर्न सम्भव नभएकोले ८६ उपएकाइमा विभाजन गरिएको छ ।
२) साधारण सभा प्रयोजनको लागि प्रत्येक उपएकाइमा समान कार्यसूचीका आधारमा छलफल र निर्णय गरिनेछ ।
३) साधारण सभाको प्रतिवेदन मिति २०८२/०८/०१ गते सार्वजनिक गरिने छ साथै सोही मितिबाट सदस्यहरुलाई वितरण गर्न शुरु गरिनेछ । सोही मितिमा संस्थाको धभदकष्तभस् कबजबचबलभउब।िअययउ।लउ र फेसबुक पेजमा पनि अपलोड गरिनेछ । प्रतिवेदन संस्थाका सबै सेवाकेन्द्रहरुबाट प्राप्त गर्न सकिने छ ।
४) प्रतिवेदनमाथि सदस्यको कुनै सुझाबहरु पेश गर्नुपर्ने भए मिति २०८२ पौष १६ गते कार्यालय समय भित्र लिखित रुपमा आफ्नो पायक पर्ने सेवाकेन्द्रमा बुझाउन सकिनेछ । सदस्यले सुझाव संस्थाको इमेल ठेगाना admin@saharanepal.coop.np मा इमेल गर्न पनि सकिनेछ ।
५) सबै उपएकाइगत साधारण सभामा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको सहभागिता रहने छ ।
६) एकाइमा हुने साधारण सभाको समय बिहान ११ः०० बजे शुरु हुनेछ साथै स्थान र एकै उपएकाइमा एकभन्दा बढी उप एकाइगत साधारण सभा भएमा शेयर सदस्य नं. कतिदेखि कतिसम्मको कुन मितिमा बोलाउने भन्ने निर्धारण सेवाकेन्द्रले गर्नेछ ।
७) प्रत्येक उपएकाइ साधारण सभाबाट उक्त उपएकाइको साधारण सभाको मान्युट प्रमाणित गर्नको लागि १७/१७ जना प्रतिनिधि छनोट गरी सभा स्थलमा नै माइन्युट प्रमाणित गरिने छ । साथै, अन्तिम माइन्युट प्रमाणित गर्नको लागि कम्तिमा ३/३ जनाप्रतिनिधि छनोट गरिने छ । छनोट भएका कम्तिमा ३/३ जना प्रतिनिधिहरुको मिति २०८२/०९/२१ गते सोमबारको दिन बिहानको ११ः०० संस्थाको मूल कार्यालयमा बहुमतको उपस्थितिमा बैठक बसी सोही दिन–दिनको १ः०० बजेबाट हुने अन्तिम माइन्युट प्रमाणित भेलाको लागि उपस्थित प्रतिनिधिहरु मध्येबाट ३१ जना प्रतिनिधिहरु छनोट गरिने छ ।
८) यसरी अन्तिम माइन्युट प्रमाणित गर्नको लागि प्रतिनिधि छनोट गर्दा पाँचथरबाट १, उदयपुरबाट १, इलामबाट २, सुनसरीबाट ४, मोरङबाट ९ र झापाबाट १४ जना गरी कुल ३१ ज्ना प्रतिनिधि छनोट गरिनेछ ।
९) एकाइगत तथा उपएकाइगत साधारण सभा आयोजना सम्बन्धी सूचना राष्ट्रियस्तरको पत्रिका, संस्थाको बेभसाइड, फेसबुक पेजमा अपलोड तथा एस्.एम.एस.गरिएको छ । कुनै कारणबस सूचनाप्राप्त गर्न नसकेको भए यसै सूचनालाई आधारमानी एकाइ÷उपएकाई साधारण सभामा उपस्थितिका लागि अनुरोध गरिन्छ ।




