
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा,२५ असार । रसुवामा मंगलवार आएको भीषण बाढीले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने अझै १९ जना बेपत्ता रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार राति चितवनको त्रिशूली नदी किनार १५ किलोमा एक शव फेला परेको थियो। उक्त शव रसुवाबाट बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको छ। प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार हालसम्म बेपत्ता हुनेमध्ये दुई जना प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। घटनामा ५७ जनाको सकुशल उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धारका लागि ३८३ जना प्रहरी परिचालन गरिएको छ। बाढीले नेपाल–चीन सीमाको मितेरी…
झापा, २५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
ताप्लेजुङ, २५ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार साँझ सिदिङ्वा–३ थुङरुङुवाका ३५ वर्षीय राजकुमार लिम्बु (देवान) लाई घरमै बसेको अवस्थामा चट्याङ लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। सोही दिन सिदिङ्वा–५ लिम्बुदिनका १७ वर्षीय मिसन लिम्बु पनि चट्याङ लागेर घाइते भएका छन्। मेघगर्जन सुरु भएपछि घरको विद्युत लाइनको एमसीबी झार्ने क्रममा उनी चट्याङको चपेटामा परेका हुन्। प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लिम्बुको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ र अहिले उनको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
तानसेन, २४ असार । पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित भएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए । उनी पछिल्लो समय अस्वस्थ थिए । काठमाडौँ मध्यबानेश्वरमा बस्दै आए पनि केही समयअघि अष्ट्रेलिया गएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी अत्याधिक मतका साथ विजयी भएका थिए । रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्रीसमेत…
भद्रपुर, २४ असार । भद्रपुरमा प्रहरीले गोली प्रहार गरी लागूऔषध ब्राउनसुगर कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो भद्रपुर–८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली प्रहार गर्दै दुई जना कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीको गोली प्रहारबाट एक कारोबारी घाइते भएका छन् । उनको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
पर्सा, २४ असार । पर्साको वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ । वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको सङ्ख्या दैनिक एक सयभन्दा धेरै छ । नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरिनै खानेपानीको अभाव देखिएको जानकारी दिनुभयो । ‘यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको सङ्ख्या बढेको छ’, उहाँले भन्नुभयो । वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरका अब्दुल अहमदले खानेपानी अभावका कारण दैनिकी अस्तव्यस्त भएको…
हल्दीबारी, २४ असार । शिक्षा दिने व्यक्तिबाट नै जब गैरजिम्मेवार व्यवहार देखिन्छ, तब त्यसको असर केवल विद्यालयभित्र मात्रै सीमित रहँदैन, समाजमै झल्किन थाल्छ। झापाको हल्दीबारी–३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका शिक्षक प्रकाश भट्टराईले सञ्चालन गर्दै आएको किराना पसलमा म्याद गुज्रेका खाद्य सामग्री फेला परेका छन्। गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा ‘अलपसल’ नामक पसलबाट अखाद्य सामग्री बरामद भएपछि उनी विवादमा तानिएका हुन्। गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर १५ दिनअघि नै अनुगमन हुने जानकारी दिएको थियो। सोही सूचना सार्वजनिक हुँदाहुँदै शिक्षककै पसलमा म्याद गुज्रेका सामान भेटिनुले उनीप्रति स्थानीय स्तरमा प्रश्न उठेको छ। पसलमा अनुगमन टिम पुग्दा म्याद सकिएको विभिन्न किसिमका…
झापा, २४ असार । स्वास्थ्य कार्यालय झापा र करुणा फाउण्डेसन नेपालको संयुक्त आयोजनामा जन्मजात अपाङ्गता, विशेषगरी न्युरल ट्युब डिफेक्टको रोकथामका लागि समुदायस्तरमा फोलिक एसिड चक्की सेवनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले सामाजिक सञ्जाल (विशेषगरी फेसबुक) मा आधारित भिडियो प्रतिस्पर्धा आयोजना गरिएको थियो । सन्तानको योजना बनाइ रहेका दम्पती तथा गर्भवती महिलाहरूले गर्भावस्थाको प्रारम्भिक तीन महिनामा सेवन गर्नुपर्ने फोलिक एसिड चक्कीको महत्वसम्बन्धी सन्देशलाई व्यापक बनाउन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता अन्तर्गत झापाका विभिन्न पालिकाका स्वास्थ्य संस्थाहरूलाई तीन समूहमा विभाजन गरी सेवा गुणस्तर, कार्यसम्पादन, सेवा पहुँच र समुदायको सहभागिता लगायतका सूचकहरूका आधारमा मूल्यांकन गरिएको थियो। मूल्यांकनका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई प्रथम, द्वितीय र…
मध्य गर्मी र बर्खाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प समय हो । तराई तथा पहाडमा सर्पको टोकाइबाट बर्षेनी थुप्रै मानिसले ज्यान गुमाई रहेका छन् । तसर्थ सर्पको टोकाईबाट जोगिन र टोकी हालेमा के गर्ने भन्ने बारेमा आज हामीले बताउँछौँ । सर्पको टोकाइबाट जोगिन के गर्ने ? सकेसम्म रातीमा नहिड्ने, हिडनु परेमा टर्च लाइट वा उज्यालो बत्ती लिएर मात्रै हिड्ने ।रातीमा हिड्दा जुत्ता वा गमबुट लगाउने ।घर वरपरको घाँस झारपात काटेर सफा राख्ने ।जमिनका दुलाहरु टाल्ने ।पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।सुत्नु अघि ओछ्यान खाटमुनी र वरपर राम्ररी हेर्ने ।सधै झुल टाँगेर सुत्ने ।…
कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ एकपटक फेरि फिल्म निर्देशन गर्ने तयारीमा जुटेका छन् । आफ्नो निर्देशनमा बन्ने गरी २०८० सालमा दुई फिल्म ‘सिलाम साक्मा’ र ‘लाहुरे एण्ड दाउरे’को घोषणा गरेर पनि निर्माण गर्न नसकेका उनले अब फिल्म ‘मैझारो’ बनाउने भएका छन् । सोमबार अभिनेता धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै उनले फिल्मबारे जानकारी गराए । अघिल्ला दुई फिल्मजस्तो घोषणामा सीमित नभए ‘मैझारो’बाट विल्सनको निर्देशनमा डेब्यु हुनेछ । उनले यसअघि केही सिरियल र म्यूजिक भिडियोको भने निर्देशन गरिसकेका छन् । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा विल्सन स्वयंको स्क्रिप्ट लेखन रहेको छ । यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा…