jhapaonline add

बनियानी, ४ असार । झापाको कचनकवल गाउँपालिकाको न्यायिक समितिद्वारा आयोजित सामुदायिक मेलमिलापसम्बन्धी आठ दिने आधारभूत तालिम आज सम्पन्न भएको छ। जेठ २८ गतेदेखि सुरु भएको तालिममा गाउँपालिकाका विभिन्न वडाबाट मेलमिलापकर्तासहित २७ जनाको सहभागिता थियो । तालिमको पहिलो दिन उद्घाटन सत्र, मेलमिलापको अवधारणा, यसको आवश्यकता, विवाद समाधानमा मेलमिलापको भूमिका, तथा अन्तर्राष्ट्रिय सन्दर्भहरूबारे छलफल गरिएको थियो। दोस्रोदेखि सातौं दिनसम्म वैकल्पिक विवाद समाधानका उपाय, भूमिकात्मक अभ्यास, सामाजिक न्याय, मानव अधिकार, लैङ्गिक समानता, जातीय विभेद र बहुसांस्कृतिक विवाद व्यवस्थापन सम्बन्धी सत्रहरू सञ्चालन भए । अन्तिम दिन समग्र समीक्षा, फिडब्याक संकलन, र प्रमाणपत्र वितरण गरिँदै न्यायिक समिति संयोजक तथा उपाध्यक्ष नवराज भट्टराईले सहभागीहरूलाई सपथ गराएका…

Read More

झापा, ४ असार । । सप्तरीबाट बसमा चढेर काठमाडौँ जाँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ । सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो । उपचारको क्रममा बुधवार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

Read More

इटहरी, ४ असार । सुनसरीको धरानबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल सेउती पुल नजिक मंगलबार दिउँसो दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई करिब ३ः३५ बजे कोशी लोकमार्गमा पल्टिएको थियो । दुर्घटनामा धनकुटा पाख्रिबास–४ का ५३ वर्षीय राजेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन् भने उनकी ४५ वर्षीया पत्नी हिरा मेघाको उपचारका क्रममा विराटनगरको आर्य न्युरो अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

Read More

झापा, ४ असार । सुनसरी र धनकुटाबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३ गते इलाका प्रहरी कार्यालतय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउनसुगरसहित सप्तरी महादेवाका २२ वर्षीय मुकेशकुमार मण्डल, २८ वर्षीय सन्तोषकुमार मण्डल र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिनालाई प्र १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । त्यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–६ बाट धनकुटा छथर जोरपाटी गाउँपालिका–१ का २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) लाई २३ ग्राम ३६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । त्यसैगरी,…

Read More

बेलबारी, ४ असार । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्रे गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रेको काम प्रारम्भ भएको हो । निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ । एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको…

Read More

झापा, ४ असार । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Read More

झापा, ४ असार । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को एक प्रतिवेदनले नेपाललगायत संसारभरका लाखौँ व्यक्तिहरूले आर्थिक तथा सामाजिक बाधाका कारण इच्छाअनुसार सन्तान जन्माउन अनिच्छुक भएको देखाएको छ । आज सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा जन्माउन नपाएको उल्लेख गरेको देखाएको छ । प्रतिवेदनकाअनुसार यो हुनुमा बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको प्रतिको चिन्ता रहेको देखाएको हो । यसैगरी जीवनयापनका लागि बढ्दो खर्च, रोजगारीको असुरक्षा, प्रजनन स्वास्थ्य सेवामा सीमित पहुँच र विश्वव्यापी सङ्कटजस्तै युद्ध र जलवायु परिवर्तन यसका थप असरहरू रहेका छन् । नेपालको अवस्था र…

Read More

बनियानी, ४ असार । दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा नेपाल–भारत दुवै देशका आठ सय ५६ जना बिरामीको उपचार भएको छ । वि.सं. २०७८ साल साउन ३ गते स्थापना भएको सर्पदंश उपचार केन्द्र बनियानीमा हालसम्म एक सय जना भारतीय नागरिकसहित आठ सय ५६ जना बिरामीको उपचार भएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । कूल सर्पदंशका बिरामीमध्ये २३ जना महिला र २३ जना पुरुष ४६ जना बिषालू सर्पदंशका नेपाली बिरामी रहेका छन् भने पाँच जना महिला र आठ जना पुरुष भारतीय बिरामी रहेका छन् । उपचार केन्द्र स्थापना अघि सर्पदंशबाट यस क्षेत्रमा बर्सेनि छ÷सात…

Read More

हुम्ला, ४ असार । हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोमा पुरिँदा स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको छ । निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा उनको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हो । उक्त घटनामा पाँच जना घाइते भएका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा घाइते भएका छन् । उनीहरूको जिल्ला…

Read More

झापा, ४ असार । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई÷दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक÷एक विकेट लिए ।…

Read More