
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बुद्धशान्ति, २६ चैत । झापाको बुद्वशान्ति गाउँपालिकामा तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । बैशाख १५ गतेदेखि आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् । फाईनल खेलका उत्कृष्ठ गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र…
कनकाई, २६ चैत । झापाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगीमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । सिरिसको रुखमा घाँस झार्न चडेका स्थानीय ५२ वर्षीय चेतबहादुर राई आइतबार साँझ साढे ५ बजे रुखबाट लडेर घाइते भएका थिए । घाइते राईको सोही दिन मृत्यु भएको हो । कानूनी प्रक्रिया पूरा गरेर मृतकको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
झापा, २६ चैत । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो । त्यसैगरी, कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचौं अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।
झापा, २६ चैत । श्रीमतीको हत्या गरेर फरार भएका एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, लाटीकोइलीको सानो सुर्खेतका रामबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो । रावतले ०६३ साल असार ९ गते घरमा श्रीमती गौरी रावतलाई कुटपिट गरी हत्या गरेका थिए । गौरीको मृत्यु भएपछि फरार भएका उनलाई १७ वर्षपछि जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । घटना लगत्तै भारततिर भागेका उनी १० वर्षपछि फर्केर जाजरकोटमै अर्को विवाह गरेर बसेको प्रहरीले जनाएको छ ।
धनकुटा, २६ चैत । धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो । गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको…
कनकाई, ११ चैत । नेपाल स्वणकार समाज झापाले होली मिलन कार्यक्रमको आयोजना गर्दै दर्जन बढीलाई सम्मान गरेको छ। होलीको पूर्वसन्ध्यामा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा उच्च शिक्षामा अध्ययनरत जिल्लास्थित सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नेहा साह, श्रवणकुमार सुनार, सन्तोष साह र गौरी साह रहेका छन् । त्यस्तै, समितिमा रहेर उत्कृष्ट काम गर्ने सात जना सम्मान गरिएको छ । समाजले दिननाथप्रसाद साह, प्रभु सुनार, गङ्गाप्रसाद साह, मणि साह, गौतम साह, मदन साह र आरती देवी साहलाई सम्मान गरेको हो । समाजका अध्यक्ष अनिलकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख…
शिवसताक्षी, १० चैत । शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको प्रभात फेरी कार्यक्रम अन्तर्गत नगरका सबै वडामा विभिन्न कार्यक्रम सञ्चालन भएको छ । आसन्न नेकपा एमालेको झापा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला कमिटीको निर्णय अनुसार शिवसताक्षीमा विभिन्न कार्यक्रम सञ्चालन भएको हो । शिवसताक्षी वडा ९ को वडा कमिटीले नगरको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा झरीका बीच पनि सरसफाई गरेको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा (रोषन) ले जानकारी दिए । त्यस्तै वडा कमिटी ४ ले जनता बजारमो रहेको वडा नं. ४ को कार्यालयमा सरसफाई गरेको जनाएको छ । नेकपा एमालेले नगरका अधिकांश वडाहरुमा विभिन्न कार्यक्रम गरेको नेकपा एमाले नगर कमिटीले जनाएको छ ।…
बिर्तामोड, १० चैत । नेपाल व्यापार कर्मचरी संघ (युनिकम) नेपालले होली विशेष सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । युनिकम बिर्तामोड नगरको सह–आयोजना तथा युनिकम झापा जिल्लाको आयोजनामा आज बिर्तामोडस्थित दुर्गा मन्दिर परिसरमा जनचेतनामुलक कार्यक्रम गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथि युनिकम नेपालका अध्यक्ष गजेन्द्र बहादुर पौडेलले होली पर्वलाई सभ्य र भब्य रुपमा मनाउन सबैलाई आग्रह गरे । आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न युनिकम का अध्यक्ष पौडेलले आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख नबराज…
शिवसताक्षी, १० चैत । झापाको शिवसताक्षीमा कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म हुने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । झिलझिले भेट्रान फुटबल क्लबले शनिबार झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आयोजना हुने उक्त प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाउने आयोजक समितिका संयोजक जसु राईले जानकारी दिए । उनका अनुसार आयोजक आयोजकले दुईवटा टिम प्रतियोगितामा सहभागिताका लागि तयार गरेको छ । प्रतियोगितामा सुनसरीको रामधुनी, झापाको बिर्तामोड, चन्द्रगढीको सिविसी, धुलाबारी, हाम्रो भेट्रान धरान, दमक लखनपुर भेट्रान क्लब, आयोजक निलो, पूर्वेली भेट्रान बिर्तामोड र एभरेष्ट…
सन्तोष शर्माझापा, १० चैत । झापामा १४ वर्षमुनिका २५ जना बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका पाँच सय ७० जना नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । जिल्लामा भेटिएका नयाँ क्षयरोगीमा एक सय ८२ जना महिला र तीन सय ८८ जना पुरुष रहेका छन् । ती मध्ये चार सय ३१ जनामा फोक्सो सम्बन्धी क्षयरोग देखा परेको छ भने एक सय ३९ जनामा अन्य क्षयरोग देखिएको उहाँले बताउनुभयो । त्यस्तै, एचआइभी संक्रमित नौ जनामा क्षयरोग देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी सात जना…