
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, १० फागुन । सरकारले समेत प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अबस्थामा बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् । थोत्रा प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा सहभागी अभिभावक छक्क परेका थिए । कक्षा–११ र १२मा अध्ययनरत् विद्यार्थीले पाइरोलाइसिस प्लाष्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लाष्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिएका हुन् । वाल्मीकि एजुकेशन फाउण्डेशनमा बुधवार ‘स्टेम फेष्ट’ (साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ, आर्ट, म्याथ फेस्टिवल) कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल…
झापा, १० फागुन । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन १८ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक १, प्रहरी वरिष्ठ हवलदार १, प्रहरी सहायक हवलदार ३ र प्रहरी १३ गरी १८ प्रहरी एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्। यसबीच खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बिहीबार अर्को सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले गराएको छ ।
बिर्तामोड, १० फागुन । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । बिर्तामोड–५ भद्रपुर रोड स्थितमा शंकाष्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा बुधबार सोही स्थानका वर्षीय २० राज राजवंशीलाई प्रहरीले लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । चेकजाँच गर्दा राजवंशीले लगाएको पेन्टको गोजी खुकुरी चुरोटको खोलभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहितको प्लाष्टिक बिना तौल गर्दा १ ग्राम ३३० मिलिग्राम, सोही चुरोटको खोलमा स–साना प्लाष्टिकको टुक्राहरु थान –१७ र स्यामसुङ मोबाइल एक थान, सादा सेट एक थान, नेपाली हजारको नोट थान एक रहेको बरामद भएको थियो । उनलाई इलाका प्रहरी…
झापा, १० फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्थामा रहने छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी…
ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ । तमोर कोरिडोर अन्तर्गत लेलेप–ओलाङ्चुङगोला सडक खण्डको जङ्गिन नजिकको क्षेत्रमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार साँझ सम्पन्न भएको हो । कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्र्याक निर्माणको काम सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्र्याक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको…
विराटनगर, १० फागुन । मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउु पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहरुले असक्षम शिक्षक प्रशासन चाहिँदैन, विद्यालयमा राजनीतिककरण बन्द गर जस्ता नाराबाजी समेत गरेका छन् । मंगलबारदेखि आफूहरुले विरोधका कार्यक्रम सुरु…
बिर्तामोड, ९ फागुन । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले…
शिवसताक्षी,९ फागुन । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका भिड्ने भएका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दूवै टिमबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइवेकरमा दुवै टिमबाट ३–३ गोल भएपछि खेल सथनडेथमा धकेल्लियो । सडनडेथमा ३–२ गोल अन्तरले हराउँदे गौरीगञ्ज गाउँपालिका फाइनलमा प्रवेस गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको मेन अफदी म्याच गौरीगञ्जका जर्सी नं. ५ का खेलाडी लखीराम हेमरन घोषित भए । त्यस्तै दोस्रो सेमी फाइनल खेलबाट विर्तामोड नगरपालिका फाइनलमा…
बिराटनगर,९ फागुन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह(PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लेनदेन विगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।०९।१३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार रहेका बिराटनगर–६ का ४६ बर्षीय शंकर सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित जिल्ला आदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।
बिर्तामोड, ९ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरुलाई मत माग्न भ्याईनभ्याई छ । विशेषत दुई प्यानलमा उम्मेदवारी दिएका उनीहरु समूहमा भोट माग्न व्यवसायीहरुको घरदैलोमा व्यस्त छन् । उम्मेदवारको परिचय झल्कने व्यानर टाँगिएको साउण्ड सिस्टमसहितको गाडी लिएर उनीहरु बजार बजार गइरहेका छन् । उद्योग वाणिज्य संघलाई स्वतन्त्र व्यवसायीक छाता संस्थाको रुपमा पैरवी गर्न बौद्धिक नेतृत्वको खाँचो महशुस भइरहेको बेला उक्त आवश्यकताको वकालत गर्न तयार देखिएका छन् गंगाप्रसाद मैनाली । वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार मैनाली संघसंस्थालाई सफलतापूर्वक अगाडी बढाउने मुढेबल भन्दा सुझबुझ आवश्यक भएको धारणा व्यक्त गर्छन । मतदाताहरुमाझ आफ्ना प्रतिबद्धता बाँढ्ने क्रममा बजारमा भेटिएका मैनाली आफुसँग वाणिज्य…