
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ जेठ । अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ। वयस्क नेपालीमा उच्च रक्तचापको दर २४।५ प्रतिशत रहेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको बताए। नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ । यसरी हुने मृत्युमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७।३६ प्रतिशत रहेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब १।४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित…
झापा, १३ जेठ । कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । कालो सूचीमा राखिएका निर्माण कम्पनीमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको निर्माण गरिरहेको रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रालिसमेत छन् । एक वर्षदेखि ३…
तोमनाथ उप्रेती उपसचिव : नेपाल सरकार को वास्तविक सौन्दर्य आन्तरिक सोचको शुद्धता र व्यवहारको उत्कृष्टतामा निहित हुन्छ। विचार नै मानव जीवनको पहिलो आधार हो जसरी बीउ शुद्ध वा अशुद्ध हुन्छ, त्यसरी नै जीवनको वृक्ष पनि त्यस्तै फल दिन्छ। यदि सोच शुद्ध, सकारात्मक र स्पष्ट छ भने आचरण स्वतः सन्तुलित, नैतिक र मानवीय बन्छ। सोचको शुद्धता भनेको मनभित्र रहेका विचारहरूलाई स्वार्थ, लोभ, घृणा र अहंकारबाट मुक्त गर्नु हो। जब मनमा नकारात्मकता हावी हुन्छ, तब व्यवहार पनि अस्थिर र क्षणिक भावनामा आधारित हुन्छ। तर जब व्यक्ति आत्मचिन्तन र सजगता अपनाउँछ, तब उसले आफ्ना विचारहरूलाई परिष्कृत गर्न थाल्छ। यही प्रक्रिया सोचको शुद्धीकरण हो,…
झापा, १३ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र…
झापा, १२ जेठ । सोमबार राति आएको वर्षासहितको भीषण हावाहुरीले झापाका विभिन्न स्थानमा घर, उद्योग, कुखुरा फार्म, विद्युत पोल तथा अन्य संरचनामा व्यापक क्षति पुर्याएको छ । हावाहुरीका कारण जिल्लाभर लाखौँ रुपैयाँ बराबरको क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्लाको गौरादह नगरपालिका–७ डाँडागाउँमा पर्शुराम दाहालले सञ्चालन गरेको कुखुरा फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पक्की पिलर, टिनको छानो, काठको प्लाई र तारजालीले बनेको फार्ममा हावाहुरीले ठूलो क्षति पुर्याउँदा २५ वटा ब्रोइलर कुखुरा समेत मरेका छन् । उक्त घटनाबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हल्दीबारी गाउँपालिका–२ मा हावाहुरीले तीन…
शिवसताक्षी, १२ जेठ । झापाको शिवसताक्षीमा जारी चौथो कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा दुधे भेट्रानले श्रीजङ्गा भेट्रान भद्रपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। दुधेका लागि खेलको १४औँ मिनेटमा हर्क बहादुर तामाङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको दुधेले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्यो । खेलको ५१औँ मिनेटमा मोहन तामाङको सुन्दर पासमा सन्तोष थोप्राले अर्को गोल थप्दै दुधेको जित सुनिश्चित गरे । दुवै हाफमा संयमित र आक्रामक खेल प्रस्तुत गरेको दुधेले विपक्षी टोलीलाई दबाबमा राख्दै खेल आफ्नो पक्षमा पारेको हो…
झापा, १२ जेठ । सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषधसहित ७ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप(महानगरपालिका–२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका–४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका–४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइरहेको छ ।
झापा, १२ जेठ । झापापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्ध पुरुषको अचानक लडेर मृत्यु भएको छ । सोमबार राति करिब ९ बजे स्थानीय ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडी बेहोस भएका थिए । उनलाई तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल लगिएकोमा चिकित्सकले राति ९ः५६ बजे मृत घोषणा गरेका हुन् । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी अधिकृतसहितको टोली खटिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
झापा, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै…
झापा, ११ जेठ । झापाको बिर्तामोड नगरपालिका–८ कटहरबारीस्थित सडक छेउबाट प्रहरीले भन्सार छलि गरी ल्याइएका अवैध कपडा बेवारिसे अवस्थामा बरामद गरेको छ । आज दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद अवस्थामा राखिएका विभिन्न प्रकारका कपडाहरु फेला पारी बरामद गरेको हो । प्रहरीका अनुसार बरामद गरिएका सामानमा १ हजार पिस सेतो सेन्डो भेष्ट, ३७ पिस एडिडास हाफ पेन्ट, ६ पिस धारी हाफ पेन्ट, २९ पिस सादा हाफ पेन्ट, १४ पिस जिन्स पेन्ट, ३६ पिस कटन पेन्ट, २७ पिस साडी, ७१ पिस बक्सर हाफ पेन्ट, ३२४ पिस पेन्टी तथा ११ पिस सर्ट रहेका छन्…