jhapaonline add

मोरङ, १० जेठ । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘लागूऔषध विरुद्धको महाअभियान–२०८३’ कार्यक्रमको शुभारम्भ गरेको छ। शनिबार बिहान विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रम प्रतिनिधिसभा सदस्य आशा झाले रिवन काटेर उद्घाटन गर्नुभएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी तथा युवाको सहभागिता रहेको प्रभातफेरी जलजला चोक र गोल्छा मोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो। अभियानको दोस्रो चरण विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा आयोजना गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गर्दै अभियानको औपचारिक शुभारम्भ गर्नुभयो। कार्यक्रममा ‘अन्धकारबाट उज्यालतर्फ’ शीर्षकको…

Read More

शिवसतासक्षी, १० जेठ । झापाको शिवसताक्षीमा जारी चौथो स्व।कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत शनिबार भएको खेलमा दुधे भेट्रान र पुर्वेली भेट्रान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आयोजक दुधे भेट्रान र पुर्वेली भेट्रानले जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेका हुन्। प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा आयोजक दुधे भेट्रान र फिदिम भेट्रानबीच निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा दुधे भेट्रान भाग्यमानी बन्दै अर्को चरणमा प्रवेश गर्न सफल भयो। निर्धारित समयमा दुधेका लागि किसान शर्मा र बिनोद खरेलले गोल गरेका थिए भने फिदिमका डा। देउमान लिम्बू र राजन सुब्बाले गोल फर्काएका थिए। ट्राइब्रेकरमा दुधे भेट्रानका…

Read More

झापा, १० जेठ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि पर्याप्त तयारीबिना कठोर नियन्त्रणका कदम चालिँदा निजी क्षेत्र त्रसित बनेको छ भने त्यसअन्तर्गतको वैदेशिक रोजगार क्षेत्र आतंकित बनेको छ । म्यानपावर तथा कन्सल्टेन्सी व्यवसायी सूर्यबहादुर डाँगी व्यवसाय सञ्चालनका क्रममा आएका कठिनाइ व्यवस्थापन गर्न नसकेर देहत्याग गरेर शनिबार बिदा भएका छन् भने अर्का व्यवसायी प्रदीप भट्टराई माइतीघरमा अनशनमा उत्रिएका छन् । भट्टराई चाबहिल सरस्वतीनगरस्थित प्रयास रि–इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट प्रालिका सञ्चालक हुन् । सरकारले २०७२ जेठ २६ गते एकपक्षीय रूपमा लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’को निर्णय कार्यान्वयन गराउने भन्दै म्यानपावर कम्पनीहरूमा छापा मार्ने, वैदेशिक रोजगारबाट आफ्नै कमजोरीका कारण फर्किएका व्यक्तिहरूलाई भड्काएर…

Read More

झापा, १० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर…

Read More

झापा, १० जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा शनिबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना…

Read More

भद्रपुर, ९ जेठ । भद्रपुर झापा गोल्डकपको दोश्रो अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन गरेको छ । गोल्डकपका संस्थापक अध्यक्ष समेत रहेका ढकाले दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षको भूमिका पाएका हुन् । वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षमा डिल्लीराम घिमिरे, गौरव सुब्बा, बाबुराम पराजुली र वसन्त बानियाँ निर्वाचित भएका छन् । महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा तीर्थराज ढकाल र टहलदास मैनाली, सहसचिवमा योगेन्द्र पौडेल, कोषाध्यक्षमा अजय साहेवाला र सहकोषाध्यक्षमा नितेश बर्मा निर्वाचित भएका छन् । २७ सदस्यीय गोल्डकपको समिति सदस्यहरुमाअर्जुन राई, भरतचन्द्र गुरुङ, खोमकुमारी दाहाल, शमशेर तामाङ, पूर्णमाया सुब्बा लिम्बु, टेकबहादुर गुरुङ, बिक्की साह, कविन राई, प्रज्ज्वल राई, कुमार श्रेष्ठ,…

Read More

झापा, ९ जेठ । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । पाँचथरको साविक नागी गाविस–९ घर भई हाल झापा कारागारमा जबजस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राति मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा भर्ना गरिएकोमा अवस्था गम्भीर बनेपछि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको प्रवक्ता…

Read More

झापा, ९ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईँले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो । जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

Read More

राजेश ढुंगानानेपालका धेरै राजनीतिक दलहरूले आन्दोलन, जनयुद्ध, जनआन्दोलन वा विभिन्न राजनीतिक संघर्षका समयमा अग्रपंक्तिमा रहेका नेता–कार्यकर्ताहरूलाई ‘संघर्षका बेला प्रयोग गर्ने, पछि बिर्सने’ प्रवृत्ति देखाएका छन् । विशेषगरी दीर्घरोग, अशक्तता, मानसिक आघात, आर्थिक संकट वा वृद्धावस्थामा पुगेका पूर्वकार्यकर्ताहरूको उपचार, पुनस्र्थापना र जीविकोपार्जनमा पर्याप्त ध्यान नदिनु नैतिक र मानवीय संवेदना दुबै दृष्टिले आलोच्य हो । कुनै पनि आन्दोलन केवल शीर्ष नेताबाट होइन, हजारौं सामान्य नेता–कार्यकर्ताको त्याग, यातना, विस्थापन, जेल र स्वास्थ्य-जीवन क्षतिको मूल्यमा बनेको हुन्छ । नेपालमा विशेषगरी २०४६ र २०६२–’६३ सालका आन्दोलन, मधेश आन्दोलन र विभिन्न क्षेत्रीय पहिचानवादी आन्दोलनपछि धेरै पूर्वकार्यकर्ता आर्थिक र स्वास्थ्य संकटमा परेको चर्चा सार्वजनिक रूपमा हुँदै आएको…

Read More

झापा, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावाको लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आगामी तीन दिन अत्यधिक गर्मी रहने चेतावनी दिएको छ । विभागका अनुसार केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा मध्यम तातो लहरको असर देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रभावित जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बाँके, बर्दिया र दाङ रहेका छन् । विभागले चर्को घाममा बाहिर ननिस्किन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न,…

Read More