jhapaonline add

पाल्पा, १५ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति लु ३ च २३७७ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । पाल्पाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति १०ः१५ बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको थियो । दुर्घटनामा रैनादेवी १ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको छ भने जिप चालक २७ वर्षीय रञ्जन रेश्मी मगर र २२ वर्षीय सरोज बुढा घाइते छन् । घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी…

Read More

झापा, १५ बैशाख । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउन मद्दत पुर्‍याएको छ । वर्षाले चिस्यान हल्का बढाए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम…

Read More

बाँके, १४ बैशाख । बाँके प्रहरीले सार्वजनिक स्थलमा गोली पड्काउने ४ जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा नेपालगंज १ बस्ने ४० वर्षिय विश्व विजय पोख्रेल, नेपालगन्ज १८ बस्ने ३० वर्षिय विशाल आउजी, नेपालगन्ज ४ बस्ने २१ वर्षिय अस्मित मल्ल र २० वर्षिय सौगात श्रेष्ठ रहेको बाँके प्रहरीले जनाएको छ । नेपालगन्ज १२ मा रहेको नमस्ते दोहरीबाट वाहिर निस्केर साथमा बोकेको पेस्तोलवाट गोली पड्काई बा ४ च ३०७१ नं को कार चढेर नेपालगन्ज १८ विशालनगर चोकमा भैरहेको नाईट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरुलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट पुनः…

Read More

झापा, १४ बैशाख । झापामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ विषालु सर्प सेतो गोमनको डसाइबाट बिर्तामोड नगरपालिका–७ भुसाबारी बस्ने ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि बीएण्डसी अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । गर्मी लागेसँगै झापामा सर्पको बिगबिगी बढ्दै गएको बताइन्छ ।

Read More

झापा, १४ बैशाख । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ आउँदै गरेको पैदल यात्री भद्रपुर–१० का ४३ वर्षीय सन्तोषकुमार काफ्ले र सोही स्थानका ३६ वर्षीय विजय राजवंशीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर प्लाष्टिकसहित ३ ग्राम ६०० मिलिग्राम (प्लाष्टिक बाहेक २ ग्राम ८७० मिलिग्राम) फेला परेकोले उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, १४ बैशाख । शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। २५ दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकले यसअघि शान्तिपूर्ण प्रदर्शन गरेको भए पनि आज भने प्रदर्शन हिंसात्मक बनेको थियो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले घाइते शिक्षकहरुको ट्रमा सेन्टर, एभरेष्ट र सिभिल अस्पतालमा उपचार भईरहेको बताएका छन्। अध्यक्ष सुवेदीले शान्तिपूर्ण आन्दोलन गरिरहेको समयमा सरकारले कायरता देखाएको आरोप लगाएका छन्। ‘सरकारले देखाएको कायरताको भत्सर्ना गछौँ, आन्दोलन गरिरहेको समयमा शिक्षकहरुममाथि आक्रमण गरियो,’ उनले भने, ‘६२ जना घाइते हुनुहुन्छ , हामी अस्पतालमा नै छौँ।’ चैत्र २० गतेदेखि माईतिघरबाट सुरु हुँदै बिजुलीबजार पुलसम्म हुने शिक्षकहरुको प्रदर्शन शान्तपूर्ण…

Read More

झापा, १४ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाईघाटबाट विराटनगर आउँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको डल्फिन बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेका अनुसार मृत्यु भएका एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ । घाइते हुनेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २१ वर्षीया सुबेता दाहाल, सप्तकोशी नगरपालिका–१ का २६ वर्षीया चेतना भट्टराई, झापा ३ निवासी मनोज भट्टराई, अज्ञात ठेगानाका मिना भट्टराई,तत्काल नाम, ठेगाना नखुलेका अन्दाजी ७५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको र उनलाई…

Read More

झापा, १४ बैशाख । चालु आर्थिक वर्षका लागि छुट्टाइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विश्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ । अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ रु पाँच करोड ३४ लाख र पुँजीगततर्फ रु पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ । चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक…

Read More

झापा, १४ बैशाख । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजारमा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन ३ हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Read More

झापा, १४ बैशाख । सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसद्लाई दिएको छ । सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो । ‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिवादी स्वर्ण लक्ष्मी बहुउद्देश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितबाट पक्राउ गरी यसका कार्यालयमा दाखिल हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर…

Read More