
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुर्खेत, २० असार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।
सन्तोष शर्माझापा, २० असार । कोशी प्रदेशमा चिया क्षेत्रको प्रबद्र्धनका लागि चिया सम्बन्धी ऐन–कानूनसँगै चिया विकास बोर्डको माग गरिएको छ । चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बितामोडले बिहीबार यहाँ आयोजना गरेको ‘प्रदेश स्तरीय चिया समन्वय तथा अन्तरक्रिया’मा सहभागीले कोशी प्रदेशको कूल उत्पादनमा रू ११ अर्बको योगदान पु¥याउने चिया क्षेत्रको प्रबद्र्धनका लागि चिया सम्बन्धी ऐन–कानून र प्रादेशिक चिया विकास बोर्डको माग गरिएको हो । कोशी प्रदेशका खानेपानी, सिञ्चाई ऊर्जा मन्त्री एकराज कार्कीले चिया ऐन बनाउँदा केलाई टेकेर बनाउने भन्ने अन्योल रहेको बताउनुभयो । “संविधान र संघले बनाएको ऐन–कानूनमा नबाझिने गरी प्रदेश सरकारले ऐन–कानून बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “संघले ऐन–कानून नबनाएसम्म…
झापा, २० असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिनमा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना छ । त्यस्तै आज रातमा कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा…
झापा, १९ असार । गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गैर कानुनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको हो । सो कम्पनीको शाखाका रूपमा काठमाडौँ महानगरपालिका–१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनीहरूको…
झापा, १९ असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक गरिएको छ । व्यवसायीको हितका लागि विभिन्न ३३ वटा कार्यविधि बनाएर अघि बढेको संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ व्यवसायी सदस्य राहत कोष स्थापना गरेको छ । संघको कार्यालयमा आज पत्रकार सम्मेलन गरी कोष सञ्चालन कार्यविधि सार्वजनिक गरिएको हो । संघका अध्यक्ष राजु न्यौपानेले बैंकमा खाता खोलेर प्राप्त रकम जम्मा गरिएको बताउनुभयो । कोषमा प्राप्त रकमको हिसाब पारदर्शी रुपमा राखिएको उहाँले बताउनुभयो । हाल जन्मदिन, वैवाहिक वर्षगाँठ, पुण्यतिथि लगायतका अवसरमा कोषका लागि सहयोग प्राप्त भइरहेको र आगामी दिनमा व्यवयासीहरुबाट स्वेच्छिक सहयोग…
काठमाडौं, १९ असार । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको ब्युरोका डिआइजी नविन्द अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन्। उनीविरूद्ध म्याद थप भइसकेको छैन। उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ। यसबारे ब्युरोले प्रेस विज्ञप्तिमार्फत जारी गर्ने तयारी गरिरहेको छ। गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन्। त्यसमध्ये एक जना समातिएका हुन्। अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी…
यूके पठाइदिने भन्दै १ करोड २० लाख ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललिपतुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । यूके पठाइदिने भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ ठगी गरेको आरोप उनीमाथि छन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
दमक, १९ असार । झापामा दुई युवाको शङ्काश्पद रुपमा मृत्यु भएपछि प्रहरीले घटनाको विषयमा सुक्ष्म अनुसन्धान सुरु गरेको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको बताइएको छ । एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते हुनुभइको थियो । घाइते दुबै जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुबै जनाले परिवारलाई भनेका थिएनन् । थापाको शनिबार र तामाङ्को बुधबार उपचारको क्रममा मृत्यु भएको हो । गत असार ११ गते कुटपीटको घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार…
काठमाडौँ, १९ असार । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तर्क्रिया विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए । कीटजन्य रोग शाखाका प्रमुख डा।गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिनुभयो । “झुल, धूप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि…
काठमाडौँ, १९ असार । साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाउनुभयो । उहाँले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । शिवान्श बजगाईँले अविजित २३ रन बनाउनुभयो । ओपनरका प्रसिद्ध जैसी दुई रनमा आउट हुनुभएको थियो । बलिङमा मलेसियाका नागिनिश्वरमले एक विकेट…