
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ५ असोज । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ । स्रोतका अनुसार मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको हो । मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ । कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल यसअघि नै मन्त्री बनिसकेका छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले…
झापा, ५ असोज । झापाको कनकाई नगरपालिकाले असोज ७ गतेदेखि सेवा सुचारु गर्ने भएको छ । जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएपछि नगरपालिकाको सेवा ठप्प भएको थियो । जतिसक्दो चाँडो सेवा प्रवाह गर्नुपर्ने भएकाले धेरै कुरा मर्मत र थोरै कुरा खरीद गरेर नगरपालिकाको सेवा सुचारु हुने नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । आवश्यक सरसफाई लगायत काम सकिएको उहाँले बताउनुभयो । नगरपालिकाले तय गरेका धेरै योजनाहरु टेण्डर प्रक्रियामा गइसकेको बताउनुहुँदै नगरप्रमुख पोखरेलले भन्नुभयो, “केन्द्रको बजेटका कारण पर्ख र हेरको अवस्था छौं ।” हरेक नागरिकको श्रम र पसिनाबाट बनेको नगरपालिका र वडा कार्यालयहरुमा हालको अवस्थामा आउँदा…
बिर्तामोड, ५ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं साधारण सभाअन्तर्गत पहिलो र दोस्रो इकाइगत साधारण सभा सम्पन्न गरेको छ । पहिलो सभा असोज ३ गते इलामस्थित गौतम बुद्ध सभागृहमा सम्पन्न भयो । जहाँ इलाम, फिक्कल, नेपालटार, रांके, नयाँबजार, बिब्ल्यांटे मंगलबारे, श्रीअन्तु, पशुपतिनगर, हर्कटे र फिदिम सेवा केन्द्रका प्रतिनिधिहरू सहभागी थिए । दोस्रो सभा असोज ४ गते मोरङको मंगलबारेमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष सुभाष भट्टराई र कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले दीप प्रज्वलन गरी संयुक्त रूपमा गरेका थिए । अध्यक्ष भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी ३५ करोड ९१ लाख पुगेको जानकारी दिए…
झापा, ५ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते चितवन कारागारबाट फरार भएका एक कैदीबन्दी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का ३५ वर्षीय बिकल बानिया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डाँका मुद्दामा चितवन कारागारमा कैद भुक्तान गरिरहेका बानियाँ गत भदौ २४ गते फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले शनिबार दिउँसो भद्रपुर–५ स्थित भद्रपुर बजारबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
झापा, ५ भदौ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह ९आमाको बा०को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश…
झापा, ५ असोज । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र…
सिरहा, ४ असोज । यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ । आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो । घटनापछि आफन्त तथा स्थानीयले उहाँलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पु¥याएकामा लगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिनुभयो ।
झापा, ४ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते ९आइतबार० लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने रु सुतक कति बजेदेखि लाग्छ रु लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अस्ट्रेलिया, फिजी,…
धरान, ४ असोज । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२–८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गर्नुभयो । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ । सहरी…
झापा, ४ असोज । जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा झापामा बगानमै पाकेका केरा नष्ट भएको छ । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरूको गुनासो छ । भद्रपुर र गौरीगञ्जमा ८० बिगाहा क्षेत्रफलमा केरा खेती गर्नुभएका श्री गणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन नपाउँदा बगानमै खेर गएको बताउनुभयो । यसपाली उत्पादन राम्रो भए पनि बजार पुर्याउन नपाएको उहाँको गुनासो छ । जेनजी प्रदर्शन सकिए पनि मनसुनी वर्षा र बजारको अन्योलका कारण अहिले पनि बगानमा पाकेका केरा ठूलो परिमाणमा नष्ट हुने जोखिम रहेको उहाँ बताउनुहुन्छ । झापामा उत्पादित…