jhapaonline add

काठमाडौँ, असोज २७ — बिराटनगर किंग्स र कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा जारी ‘ड्रिम टू प्ले’ टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको चौथो दिन ईलाम र मोरङले आ–आफ्ना खेलमा विजयी भएका छन्। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न दुई खेलमा ईलामले उदयपुरलाई र मोरङले झापालाई पराजित गरेका हुन्। दिनको पहिलो खेलमा ईलामले उदयपुरलाई ७ रनले हरायो। पहिले ब्याटिङ गर्दै ईलामले ९ विकेट गुमाएर ९७ रन बनायो। जवाफमा उदयपुरले ९० रन मात्र बनाउन सक्यो। ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका श्याम नारायण यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए। दोस्रो खेलमा मोरङले झापालाई ८ विकेटले पराजित गर्यो। झापाले १८.३ ओभरमा सबै विकेट…

Read More

झापा, २९ असोज । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको चौथो अधिवेशन तथा सातौं साधारण सभा कात्तिक १४ गते हुने भएको छ। अधिवेशनमा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिने इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले जानकारी दिएका छन्। झापामा शैक्षिक परामर्शका क्षेत्रमा सक्रिय करिब ५० भन्दा बढी कन्सल्टेन्सी व्यवसायीहरू इक्यान झापामा आबद्ध छन्। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिने सुवेदीले बताए। बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्डमा अधिवेशनको तयारी सुरु गरिएको इक्यान झापाका सचिव अशोक भण्डारीले जानकारी दिए। परामर्श व्यवसायलाई मर्यादित बनाउँदै व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्यले इक्यान झापाको…

Read More

झापा, १६ असोज । चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । अध्ययनअनुसार, आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा करिब चार लाख वर्ष अगाडि नै फरक समूहहरूमा विभाजित भइसकेका थिए र यो प्रक्रिया अफ्रिकाभन्दा एसियामा सुरू हुन सक्ने सङ्केत देखिन्छ । युन्जियन–२ नाम दिइएको उक्त खोपडी सुरुमा होमो इरेक्टसको अवशेष मानिएको थियो । तर अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमो लोङ्गी ९ड्र्यागन म्यान० र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू देखाएको छ । यसले मानव विकासमा धेरै पहिले नै जटिलता…

Read More

एजेन्सी । चीनका वै‌ज्ञानिकहरुले‌ विश्वमै‌ पहिलो‌ पटक हड्डी जो‌ड्ने‌ ग्लू अर्थात् बो‌न ग्लू तयार‌ पार‌े‌का छन् । यो‌ ग्लूले‌ भाँच्चिएको‌ हड्डीलाई २÷३ मिने‌टमै‌ जो‌डिदिन्छ । उक्त हड्डी जो‌ड्ने‌ ग्लू सामुद्रिक सिपीबाट प्रे‌रि‌त छ । यो‌ पूर्णरुपमा बायो‌डिग्रे‌डे‌बल छ, अर्थात् ६ महिनामा शर‌ीर‌मै‌ घुल्दछ । यो‌ ग्लूको‌ प्रयो‌गले‌ भाँच्चिएका हड्डी जो‌ड्नका लागि धातुको‌ इम्प्लान्ट आवश्यक पनेर्‌छै‌न । चिनियाँ वै‌ज्ञानिकहरुले‌ बो‌न ०२ नामक उक्त जै‌विक पदार्थको‌ विकास गर‌े‌का हुन्, जो‌ हड्डीहरुलाई जो‌ड्नका लागि प्रयो‌ग गरि‌न्छ । यो‌ सामुद्रिक सिपीबाट प्रे‌रि‌त छ, जुन समुद्रमा बलियो‌ सँग टाँसिएको‌ हुन्छ । डाक्टर‌ लिन जियानफे‌ंगले‌ समुद्रमा लहर‌ तथा ज्वार‌भाटामा समे‌त सिपी नामक जीव नबहे‌र‌ अडिग र‌हनसक्ने‌ तथ्यको‌ आधार‌मा र‌गतले‌ भरि‌एको‌ माहो‌लमा हड्डीलाई पनि…

Read More

झापा, १६ असोज (एजेन्सी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा–सम्पन्न राष्ट्र कतारलाई सुरक्षाको ग्यारेन्टी दिने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । आदेशले आवश्यकता परेमा अमेरिकाले कतारको रक्षा गर्न कूटनीतिक, आर्थिक तथा आवश्यक अवस्थामा सैन्य उपायहरू प्रयोग गर्ने प्रतिज्ञा गर्दछ । यद्यपि यो वाचा कति कानूनी तवरले बाध्यकारी हुन्छ भन्ने विषय भने स्पष्ट छैन । ह्वाइट हाउसको वेबसाइटमा बुधबार सार्वजनिक तर सोमबार मितिको आदेशमा अमेरिकाले कतारको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई सुनिश्चित गर्ने उल्लेख गरिएको छ । आदेशमा भनिएको छ, “कतारको भू–भाग वा महत्त्वपूर्ण पूर्वाधारमाथि कुनै पनि सशस्त्र आक्रमणलाई अमेरिकाको शान्ति र सुरक्षाका लागि खतरा मानिनेछ ।” यस्तो अवस्थामा…

Read More

झापा, १५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर…

Read More

झापा, १५ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वको अवसरमा तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने तथा टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीमाथि तत्काल कारबाही गरिने चेतावनी दिएका छन्। चाडबाडको मौका छोपी यात्रुहरूबाट स्वीकृत दरभन्दा बढी भाडा असुल्ने, टिकटको कालोबजारी गर्ने लगायतका गुनासा निरन्तर आइरहेका सन्दर्भमा मन्त्री घिसिङले सम्बन्धित निकायलाई कडा निर्देशन दिएका हुन्। उनले यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने अवसरको रूपमा प्रयोग नगर्न आग्रह गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। मन्त्री घिसिङले भने, “देशको विषम परिस्थितिमा यात्रुहरूलाई सहज सेवा दिनु सबैको दायित्व हो। स्वीकृत भाडा दरभन्दा बढी असुल गर्ने र टिकटमा कालोबजारी गर्ने कार्य सह्य…

Read More

वीरगन्ज, १५ असोज । वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवकको ज्यान गएको छ । पर्सा प्रहरीले दिएको जानकारी अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक रूप लिँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको हो । मृतकको पूर्ण सनाखत भने अझै हुन बाँकी छ । प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच विवाद सुरु भएको थियो । सोही विवाद राति झगडामा परिणत हुँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई नारायणी अस्पताल पुर्‍याइएको भए पनि राति नै उनको…

Read More

झापा, १५ असोज । झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित माईखोलाको बीच भागमा एक अन्दाजी ५५–६० वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन । बुधबार बिहान करिब ११ः४० बजे स्थानीयहरूले पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा शवलाई घटनास्थलबाट करिब १०० मिटर पूर्वतर्फ निकालेर सुरक्षित राखिएको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको थियो। दिउँसो १ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । तर, अस्पतालमा शव राख्ने…

Read More

झापा, १५ असोज । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। नवरात्रको नवौँ दिन आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदैछ। महानवमीका दिन घटस्थापनाका बेला राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोत, देवी मन्दिर तथा शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ पनि गरिन्छ। शाकाहारी भक्तहरूले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल बलि दिई पायस चढाउने परम्परा निर्वाह गर्छन्। कतिपय स्थानमा महाष्टमीमा बलि दिइए पनि महानवमीमा मार हान्ने चलन छ। मार्कण्डेय पुराण अनुसार यही दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकी थिइन्,…

Read More