jhapaonline add

झापा, २७ मंसिर । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी पदका लागि २७३ जना कर्मचारी माग गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नेगरी २७३ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आयोगले सूचित गरेको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी पुस १७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ। राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी माग गरिएको आयोगले जनाएको छ। सूचनाअनुसार दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक…

Read More

झापा, २७ मंसिर । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। १५ मंसिरमा काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। महानगरको गरेको सो घोषणा आजबाट लागू भएको हो। सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगरका प्रहरी मार्फत त्यस्ता जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ।

Read More

झापा, २७ मंसिर । निर्वाचन हुनुभन्दा पहिले नै नेपाली कांग्रेसमा राष्ट्रिय सभा अध्यक्षका आकांक्षीले दौडधुप शुरु गरेका छन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटको अन्तिम टुङ्गो नलाग्दै अध्यक्षका लागि कांग्रेसमा दौडधुप सुरु भइसकेको हो । आगामी फागुनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि सकिने भएपछि नेताहरूको ध्यान अध्यक्षमा छ । कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । तर, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले सिटौलाको नाममा माओवादी पनि सहमत रहेको दाबी गरेका छन् । सिटौला निकवर्ती थापाका अनुसार राष्ट्रिय सभाको अध्यक्षका लागि सिटौलाले आफ्नो समूहमा रहेका नेताहरूसँग…

Read More

झापा, २७ मंसिर । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकामा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी…

Read More

झापा, २७ मंसिर । मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो। स्थानीय तहमा विकास निर्माणका योजनामा रोजगारी सृजना गर्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव शोभा पोखरेलले बताइन्। सरकारले करिब ८६ हजारलाई रोजगारी सृजना गर्ने लक्ष्य राखेको भए पनि ६० हजारलाई मात्र रोजगारी दिने उनले बताइन्। ‘बेरोजगारलाई ज्यालाबापत न्यूनतम पारिश्रमिक दिन्छौं,’ पोखरेलले भनिन्, ‘प्रतिदिन ६ सय ६८ रूपैयाँ दिनको ज्याला…

Read More

बुद्धशान्ति, २६ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकाको खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको छ । भद्रपुर झापा गोल्ड कपद्वारा आयोजित प्रथम अन्तरपालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता (झापा लिग) मा सहभागी भई उपविजेता बनेका खेलाडीलाई समितिले आज सम्मान गरेको हो । बुद्धशान्ति गाउँपालिकाको सभाहलमा समितिका अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष भवानी खतिवडाको विशेष आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलको आतिथ्यमा भएको कार्यक्रममा खेलाडी, टिम कोच, टिम मेनेजर लगायत जनप्रतिनिधिलाई खेलकुद समिति बुद्धशान्तिले सम्मानपत्र, खदा र नगदसहित सम्मान गरेको छ । कार्यक्रममा शिक्षा शाखाका प्रमुख कमल निरौलाले सञ्चालन गरेका थिए भने…

Read More

झापा, २६ मंसिर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सेभ द चिल्ड्रेनले ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले सो टेन्ट भूकम्प पीडितका लागि वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेकी हुन् । सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको जीवन सुरक्षाका लागि अस्थायी आवासस्वरुप सो टेन्ट वितरण गर्न लागेको पनि बताइन्। सो टेन्ट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्‍याइने र स्थानीय तहको रोहवरमा वितरण गर्ने व्यवस्था…

Read More

झापा, २६ मंसिर । नेपाल पत्रकार महासंघ झापा र प्रेस सेन्टर नेपाल झापाको समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको छ । महासंघ र प्रेस सेन्टरले आज अलग–अलग विज्ञप्ती जारी गरि झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बाँस्तोलालाई समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड–४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अस्लील गालीगलौजसहित ज्यानमार्ने धम्कीसम्म दिएका छन्…

Read More

झापा, २६ मंसिर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आज मोरङको विराटनगर महानगरपालिका–१२ दरैयास्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान वितरण गरेको छ । प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान वितरण गरिएको हो । उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्यु लगायत संघका पदाधिकारीहरु वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीको उपस्थित रहेको थियो ।

Read More

झापा, २६ मंसिर । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलवार बृहत आयुर्वेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले सोमबार उद्घाटन गरेको आर्युवेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि विरामीले निशुल्क जाँच तथा उपचार पाएको जनाईएको छ । क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताएका छन् । शिविरमा आएका विरामीहरुको निशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि बितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा…

Read More