jhapaonline add

झापा, ११ कात्तिक । सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पबाट क्षति भएको रनभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

Read More

झापा, ११ कात्तिक । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–९ स्थित बैसबारीको माईखोलाको बीच भागमा फेला परेको पुरुषको शवको पहिचान खुलेको छ । मङ्गलबार साँझ ४ः५० बजे स्थानीय बासिन्दाले शव देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई जानकारी गराएका थिए । प्रारम्भिक अवस्था अनुसार मृतकको नाम, थर र वतन तत्काल खुल्न नसके पनि अनुसन्धानको क्रममा मृतक शिवसताक्षी–१० फागुनन्द चोकका ५१ वर्षीय प्रेम लिवाङ रहेको खुलेको छ । मृतकको मानसिक सन्तुलन ठीक नभएको र मङ्गलबार बिहान १०ः०० बजे घरबाट आफू खुशी हिँडेको जानकारी मृतककी छोरी बिनिता लिवाङ र भाई कुमार लिवाङले दिएका छन् । उनीहरूले शवको पहिचान गरेका हुन् । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी…

Read More

झापा, ११ कार्तिक । झापा जिल्लाको शिवसताक्षि नगरपालिका–१० स्थित माईधार चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिकालीन बस दुर्घटनामा परेको छ। मङ्गलबार बिहान करिब ४:०० बजे प्र.१–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा १९ जना यात्रु घाइते भएका छन्। बसमा जम्मा २५ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रुहरू सकुशल रूपमा आ–आफ्नो गन्तव्यतर्फ गएका छन्। बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा माईधार प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित…

Read More

झापा, ११ कात्तिक । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान मौसम बुलेटिन जारी गर्दै आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात–वर्षा तथा बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात–वर्षाको पनि सम्भावना रहेको छ । यस्तै, आज आज राती कोशी प्रदेश,…

Read More

भद्रपुर, ११ कात्तिक । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाएका छन् । मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बङ्गालीलगायत विभिन्न समुदायको साझा सहभागितासहित समावेशी रूपमा छठ मनाइएको हो । नेपाल–भारत सीमावर्ती भद्रपुर–५ को मेची नदी किनारमा यस वर्ष एक हजारभन्दा बढी पूजास्थल निर्माण गरिएको छ । करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैतर्फ हिमाल, पहाड र तराईका बासिन्दाले एकसाथ अर्घ्य अर्पण गर्दै साझा पर्वको रूपमा मनाइएको छ । पूजास्थल वरपर सुरक्षाको व्यवस्था नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त गस्तीमार्फत गरेका थिए भने विभिन्न सामाजिक सङ्घ–संस्थाले मेलामा आएका भक्तजनका…

Read More

झापा, १० कात्तिक । त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै नेपाललाई जित दिलाइन्। नेपालले खेलको दोस्रो मिनेटमै साम्बाको गोलबाट अग्रता बनायो। दोस्रो हाफको ६३ औँ मिनेटमा उनले फ्रिकिकमार्फत दोस्रो गोल गरिन्। भारतका लागि ८१ औँ मिनेटमा करिश्मा पुरुषोत्तमले शान्त्वना गोल फर्काइन्। भारतले यसअघि इरानसँग पनि हार व्यहोरेको थियो भने नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो। प्रतियोगितापछि नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल मंसिर १३ गते हुने तय भएको छ।

Read More

झापा, १० कात्तिक । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ। हाल ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा २०० पिन्ट रगत मौज्दात रहेको छ भने दैनिक मिर्गौला डायलाइसिस र अन्य उपचारका लागि १०० पिन्ट रगत आवश्यक पर्ने बताइएको छ। अध्यक्ष लोकराज ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व तथा असोज १८–२० गतेको वर्षा र विपद्का कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको बताए। उनले १८ वर्षमाथिका व्यक्तिहरूलाई नजिकको रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रक्तदान गर्न आग्रह गरे। उनले भने, “रगत माग्ने मात्र होइन, आफैँ पनि रक्तदान गरौँ। बिरामीका लागि रगत लिन जाँदा दुई–तीन जना रक्तदाता लिएर जाऔँ।” रेडक्रससँग सबै रक्त…

Read More

झापा, १० कात्तिक । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले सोमबार दिउँसो १२ बजे जारी गरेको पोस्ट(मनसुन विशेष मौसम बुलेटिन–१ अनुसार आज रातिदेखि कात्तिक १२ गते ९बुधबार० बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाड तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाले सम्भावित हिमपात तथा वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्र प्रभावित…

Read More

चितवन, १० कात्तिक l नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न परिस्थितिलाई सम्हाल्न शान्तिपूर्ण निर्वाचनमार्फत अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइएको जानकारी दिए। “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन, चुनावको विकल्प छैन,” उहाँले स्पष्ट पार्नुभयो। संयोजक दाहालले नेपाली काँग्रेसलगायत अन्य दलका नेताहरूसँग पनि निर्वाचनको अपरिहार्यता विषयमा छलफल भइरहेको उल्लेख गर्दै चुनावको वातावरण बनाउन सबै दलहरू लाग्नुपर्नेमा जोड दिए। “सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु,” उहाँले भन्नुभयो। उहाँले सरकारलाई अन्य विषयमा…

Read More

झापा, १० कात्तिक । झापाको दमक नगरपालिका–८ स्थित अर्गानिक कृषि भवन छेउमा रहेको एक दुई तले घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आइतबार अपराह्न करिब ४ः३० बजे रविन खडकाको टिनको छानो, खाबाको खम्बा र सेन्टर बेरा गरिएको दुई तले टाढे घरको पछाडिको कोठाबाट विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, भाँडावर्तन, अन्नपात, काठपात, फर्निचर, गरगहना लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। हालसम्म क्षतिको यकिन मूल्याङ्कन हुन सकेको छैन। आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, मोरङको उर्लाबारी नगरपालिका र झापाको कमल गाउँपालिकाबाट खटिएको दमकलको सहयोगमा…

Read More