
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्माझापा, ५ असार । झापाका हात्तीपीडितलाई रू एक करोड ९० लाख भन्दा बढी राहत उपलब्ध गराइएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रू एक करोड ९० लाख एक हजार नौ सय ९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक डा. सोनाम भलले जानकारी दिनुभयो । वन कार्यालय झापाले पाँच सय १० हात्तीपीडित घरपरिवारलाई रू ६९ लाख ९३ हजार पाँच सय ६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई रू एक करोड २० लाख आठ हजार चार सय २८ राहत उपलब्ध गराएको उहाँले बताउनुभयो । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना…
भद्रपुर, ५ असार । झापाको भद्रपुरमा हात्तीको आक्रणमा परी एक जना घाइते भएका छन् । हात्तीको आक्रणमा परी भद्रपुर नगरपालिका–१० फुलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् । बुधबार राति करिब ७ः४५ बजेको समयमा काम गरेर फर्कने क्रममा एक वटा जंगली हात्तीले आक्रमण गर्दा उनको कम्मर, टाउको र बाया खुट्टामा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था बोल्न सक्ने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ५ असार । हाल कोशी, मधेस, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। देशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम…
झापा, ४ असार । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एयर अरेबियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी निज खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस् पदार्थसहित पक्राउ परेकी हुन् ।” प्रहरीले प्लास्टिकले ‘र्याप’ गरेको तीन वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस् पदार्थ फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरे बताउनुभयो ।
शिवसताक्षी, ४ असार । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका परिवारका युवाहरूलाई उद्यमशिलताको यात्रातर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न व्यावसायिक तालिमहरू सुरु गरिएको छ। सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत बारिष्टा, ड्राइभिङ तालिम सञ्चालनमा आएका हुन्। शिवसताक्षीको दूधेस्थित मिटअप क्याफेमा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको औपचारिक सुरुवात गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले कफी संस्कृति विस्तार हुँदै गएकाले बारिष्टा तालिमले रोजगारीको ठूलो सम्भावना बोकेको बताउनुभयो। “देशभित्रै युवाहरूलाई सक्षम बनाई आयआर्जन गर्न सक्ने वातावरण बनाउनेतर्फ नगरपालिका लागिपरेको छ,” उहाँले भन्नुभयो। सो तालिममा अपाङ्गता भएका परिवारका १० जना सहभागी…
झापा, ४ असार । देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटको भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ५ गोकुलेश्वर खलङ्गा राजमार्ग अवरुद्ध भएको छ । यस्तै, वर्षाका कारण अवरुद्ध भएका तीन मुख्य सडक एकतर्फी रूपमा सञ्चालन भएको छ । जुम्ला जिल्लाको जुम्ला–मुगु सडक, गुल्मी जिल्लाको कालिगण्डकी…
बनियानी, ४ असार । झापाको कचनकवल गाउँपालिकाको न्यायिक समितिद्वारा आयोजित सामुदायिक मेलमिलापसम्बन्धी आठ दिने आधारभूत तालिम आज सम्पन्न भएको छ। जेठ २८ गतेदेखि सुरु भएको तालिममा गाउँपालिकाका विभिन्न वडाबाट मेलमिलापकर्तासहित २७ जनाको सहभागिता थियो । तालिमको पहिलो दिन उद्घाटन सत्र, मेलमिलापको अवधारणा, यसको आवश्यकता, विवाद समाधानमा मेलमिलापको भूमिका, तथा अन्तर्राष्ट्रिय सन्दर्भहरूबारे छलफल गरिएको थियो। दोस्रोदेखि सातौं दिनसम्म वैकल्पिक विवाद समाधानका उपाय, भूमिकात्मक अभ्यास, सामाजिक न्याय, मानव अधिकार, लैङ्गिक समानता, जातीय विभेद र बहुसांस्कृतिक विवाद व्यवस्थापन सम्बन्धी सत्रहरू सञ्चालन भए । अन्तिम दिन समग्र समीक्षा, फिडब्याक संकलन, र प्रमाणपत्र वितरण गरिँदै न्यायिक समिति संयोजक तथा उपाध्यक्ष नवराज भट्टराईले सहभागीहरूलाई सपथ गराएका…
झापा, ४ असार । । सप्तरीबाट बसमा चढेर काठमाडौँ जाँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ । सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो । उपचारको क्रममा बुधवार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
इटहरी, ४ असार । सुनसरीको धरानबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल सेउती पुल नजिक मंगलबार दिउँसो दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई करिब ३ः३५ बजे कोशी लोकमार्गमा पल्टिएको थियो । दुर्घटनामा धनकुटा पाख्रिबास–४ का ५३ वर्षीय राजेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन् भने उनकी ४५ वर्षीया पत्नी हिरा मेघाको उपचारका क्रममा विराटनगरको आर्य न्युरो अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
झापा, ४ असार । सुनसरी र धनकुटाबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३ गते इलाका प्रहरी कार्यालतय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउनसुगरसहित सप्तरी महादेवाका २२ वर्षीय मुकेशकुमार मण्डल, २८ वर्षीय सन्तोषकुमार मण्डल र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिनालाई प्र १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । त्यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–६ बाट धनकुटा छथर जोरपाटी गाउँपालिका–१ का २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) लाई २३ ग्राम ३६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । त्यसैगरी,…