
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १४ फागुन । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । आइतबार राति मेचीनगर–६ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ मिक्लाजुङ–९ का २८ वर्षीय डिकबहादुर कार्की र मधुमल्ला तोरीवारीकी २२ वर्षीया नाइरा भन्ने कोशिस तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्र. १–०२–०४१ प. १०३८ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा नाइराले लगाएको कपडा भित्रको भागमा च्यापी लुकाई छिपाई राखेको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकबाहेक ११ ग्राम ५०० मिलिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै, मेचीनगर–६…
बिर्तामोड, १४ फागुन । बिर्तामोड नगर क्षेत्रमा रहेका व्यवसायीहरुको छाता संगठन बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन आज शुरु भएको छ । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मदातन हुनेछ । निर्वाचनले अर्जुनकुमार मैनालीको नेतृत्वको स्वतन्त्र व्यवासायिक प्यानल र राजु न्यौपानेको नेतृत्वमा रहेको लोकतान्त्रिक व्यावसायिक प्यानल बीच प्रतिस्पर्धा हुँदैछ । संघमा अबद्ध करिब ५ हजार ६ सय व्यववसायीले कसलाई पास गर्छन् र कसलाई फेल गर्छन् त्यो निर्वाचन परिणामले देखाउने छ । मतदान गर्न आउने व्यवसायीले संघले जारी गरेको परिचयपत्रसहित नेपाल सरकारले जारी गरेको फोटोसहितको परिचय खुल्ने कुनै पनि कागजात लिएर जानु पर्नेछ । कारणबस संघले जारी गरेको परिचयपत्र नभए स्थायी लेखा…
झापा, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटक–पटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् । त्यसपछि पनि दाहाल र ओलीबिच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ । एमालेका एक नेताले प्रधानमन्त्री दाहालले ुललिपपु देखाइरहेको बताएका छन् । ‘कांग्रेसलाई देखाउन मात्रै भेटघाट गरेजस्तो देखिन्छ । एमाले माओवादीको ललिपपमा यसपल्ट फस्दैन’,…
झापा, १४ फागुन । सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ। परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् । लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी…
झापा, १४ फागुन । कांग्रेस महासमिति बैठकबाट सर्वसम्मत रूपमा पास भएको पाँचवटा प्रतिवेदनलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारीमा सभापति शेरबहादुर देउवा देखिएका छन् । आसन्न चुनावअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रुख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन पारित भएसँगै तनावमा देखिएका देउवाले सो विषयलाई संशोधन गर्न खोजेका छन् । उनले महासमिति बैठकको समापनमा पनि सो विषय उठाएका थिए । सुरुमा सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्न सक्ने…
चन्द्र बस्नेतकनकाई, १३ फागुन । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा पहिलो पटक भोलिबाट आयोजना हुने तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा भोलि सोमबारदेखि १६ गते बुधबार चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको उद्घाटन वरिष्ठ अभिनेता नीर शाहले गर्ने भएका छन् । कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लबका अध्यक्ष कडेलले बताउनुभयो । कनकाई नगरपालिका–३ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गडमा आयोजना…
बिर्तामोड, १३ फागुन । अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका कृष्ण पौडेलले बिर्तामोडका उद्योगी व्यवसायीको मन र मत लिएर आफूले काम गर्ने बताएका छन् । जित्नेमा आफू ढुक्क रहेको जनाउँदै पौडेलले केवल नतिजाको प्रतीक्षा गरिरहेको बताएका छन् । व्यावसायिक हित, संरक्षण र सुरक्षामा आफ्नो मुख्य चासो रहने बताउँदै महासचिवका उम्मेदवार पौडेलले आर्थिक संकटको विषम यो परिस्थितिमा पलायन भइरहेका व्यवसायीहरूको संरक्षणका लागि नयाँ नीति ल्याउनुपर्ने बताए । बिर्तामोड उद्योग वाणिज्य संघको वर्तमान नेतृत्वले विस्थापित हुन लागेका र विस्थापित भइसकेका व्यवसायीसँग एकपटक पनि दोहोरो संवाद र छलफल नगरेकोप्रति असन्तुष्टि जनाएका महासचिवका उम्मेदवार पौडेलले…
फुङ्लिङ, १३ फागुन । डिभिजन वन कार्यालय ताप्लेजुङकको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक्रीको प्रक्रियामार्फत गोलिया काठ बिक्री गर्न खोजे पनि कसैले खरिद नगरेको कार्यालयले जनाएको छ । बिक्री नभएपछि कार्यालय परिसरमा रहेको एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ काम नलाग्ने गरी…
झापा, १३ फागुन । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “बजेट खोज्दै छौँ ।” मन्त्रालयले…
इटहरी, १३ फागुन । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छ । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन । पदयात्रा टोली शनिबार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो । सुनसरी प्रवेशका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मुख्यमन्त्रीलाई…