jhapaonline add

झापा, ८ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने छ भने बाँकी प्रदेशमा मुख्यतया मौसम…

Read More

मोरङ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ को अवसरमा विराटनगरमा आज बिहान प्रभातफेरी निकालिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै जन–आन्दोलन चोकमाा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा कोसी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसस्थाका प्रतिनिधिको हरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो अवसरमा बोल्नुहुँदै कोसी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनताले त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई जोगाउन प्रजातान्त्रिक आन्दोलनका सहभागी सम्पूर्ण शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानमाथि अहिले विभिन्न तवरले प्रहार गर्ने प्रयास भइरहेकाले प्रजातन्त्र दिवसको महत्त्वपूर्ण दिनमा नेपालको लोकतान्त्रिक…

Read More

झापा, ७ फागुन । नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो संकल्प सार्वजनिक गरेको छ । घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका…

Read More

सन्तोष शर्माझापा, ७ फागुन । झापामा सात महिनामा करिब साढे २६ हजार मेट्रिक टन रासायनिक मल बिक्री भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड बिर्तामोडले चालू आर्थिक वर्ष २०८२÷०८३ को सात महिना (साउनदेखि माघ) मा रासायनिक मल युरिया, डीएपी र पोटास २६ हजार चार सय ५५ दशमल ४ मेट्रिक टन बिक्री गरेको हो । कृषि सामग्रीले सो अवधिमा १९ हजार तीन सय ६६ मेट्रिक टन र साल्ट टे«डिङले सात हजार ८९ दशमल ४ मेट्रिक टक रासायनिक मल बिक्री गरेको छ । कृषि सामग्रीमार्फत युरिया १२ हजार सात सय दुई दशमलव पाँच मेट्रिक टन, डीएपी…

Read More

झापा, ७ फागुन । झापामा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकी छन् । बाह्रदशी गाउँपालिका–१ बोक्राझारीकी ५० वर्षीया लीला राजवंशी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो निर्माणाधीन पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बा तिरबाट आएको हात्तीले बिहान ५ः४५ बजेतिर उनलाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएकी उनी बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजवंशीलाई आक्रमण गरेर हात्ती जंगलतर्फ नै लागेको थियो ।

Read More

झापा, ७ फागुन । झापाको कमल गाउँपालिका–४ सरस्वती टोलस्थित भित्री सडकखण्डमा मिक्स्चर बोकेको ट्रयाक्टर पल्टिँदा १० जना घाइते भएका छन् । हिजो बिहान करिब ९ बजे दमकबाट क्याम्पा बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९६९६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल पल्टिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्थादमक अस्पताल, दमकमा उपचारपछि बीएण्डसी अस्पताल रेफर गरिएकाचित्रप्रसाद लिखासन (४५, कमल–२) – दाहिने खुट्टामा चोट, अवस्था मध्यमहरि राजवंशी (४२, दमक–४) – कुममा चोट, अवस्था मध्यमसन्तोष ऋषिदेव (३०, कमल–५) – अनुहारमा सामान्य चोट दमक अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेकासागर ढुङ्गाना (२८, कमल–६) – टाउकोमा सामान्य चोटजोखु पासवान (३०, बारा) – दाहिने खुट्टामा सामान्य…

Read More

झापा, ७ फागुन । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ । पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका लागि नयाँ सत्ता समीकरण आवश्यक परेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखिएको विषय घोषणापत्रमा समावेश गरिएको नेताहरूले बताएका छन् ।

Read More

भद्रपुर, ७ माघ । राष्ट्रिय समाचार समिति (रासस) ले प्रवाह गर्ने समाचार सामग्रीमा थप विविधिकरण गर्नुपर्नेमा जोड दिइएको छ । राससको ६५ औं वार्षिकोत्सवको अवसरमा झापाको भद्रपुरमा बुधबार आयोजित ‘स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवद्र्धन’ विषयक अन्तरक्रियाका सहभागीले समाचार सामग्री थप विविधिकरण गर्नुपर्नेमा जोड दिइएको हो । साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले राससले विभिन्न प्रकारका ‘विट पत्रकारिता’लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “औपाचारिक समाचारभन्दा पनि खोजमूलक विट पत्रकारितालाई राससले प्राथमिकता दिन जरुरी छ”, उहाँले भन्नुभयो, “यसले राससको सेवाग्राही प्रवद्र्धनमा ठूलो टेवा मिल्नेछ ।” नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक गोविन्दचन्द छेत्रीले कोरोनापछि सञ्चार क्षेत्र संकटपूर्ण अवस्थामा रहेकाले राससले त्यस्ता सञ्चार संस्थालाई ग्राहक…

Read More

झापा, ७ फागुन । आज फागुन ७ का दिन राष्ट्रिय प्रजातन्त्र दिवस झापासहित देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ । शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ । मूल समारोह आज काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल…

Read More

झापा, ७ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज…

Read More