
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
झापा, ६ साउन । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको विवादले दुःखद अन्त्य लिएको छ । झै–झगडापछि श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए भने त्यसलगत्तै आफूले पनि आत्महत्याको प्रयास गरेका थिए । उपचारका लागि अस्पताल पुर्याइए पनि दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच विवाद भएको थियो । विवादका क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो । घटनापछि धनबहादुरले घरकै अर्को कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका…
झापा, ६ साउन । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी पनि आज तोलामा ११० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको चार हजार ४८० रुपैयाँ पुगेको छ । यसअघि हिजो चाँदी तोलाको चार हजार ३७० रुपैयाँ रहेको थियो ।
मोरङ, ६ साउन । मोरङको विराटनगरबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरस्थित एक घरमा खानतलासी गर्ने क्रममा ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, तीन ग्राम सात मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र आठ ग्राम ४८ मिलिग्राम गाँजा बरामद गरिएको छ। बरामद हतियार र लागुऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब…
भद्रपुर, ६ साउन । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कुल ७ हजार ५४९ वटा मुद्दामध्ये ४ हजार ५३५ वटा मुद्दा फर्छ्यौट गर्दै ६०.०२ प्रतिशत फर्छ्यौट दर हासिल गरेको जनाएको छ। अदालतले यस वर्ष ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको भए पनि विभिन्न कारणले ६०.०२ प्रतिशतमा सीमित भएको प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार २३२ र चालु आर्थिक वर्षमा दर्ता भएका ४ हजार ३१७ गरी कुल ७ हजार ५४९ मुद्दामध्ये ३ हजार १४ वटा मुद्दाको फैसला हुन बाँकी रहेको छ। उत्कृष्ट कार्यसम्पादनका आधारमा न्यायाधीश पारसमणि पोखरेललाई सम्मान गरिएको…
बिर्तामोड, ६ साउन । झापाको बिर्तामोड–३ स्थित विराट पोखरी परिसरमा अनारमनी सोसल युथ क्लबको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूल रोपण, फुटबल किट, डस्टबिन तथा सरसफाइ सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। ICFC Finance Ltd. को सहयोगमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन रुपेश तिम्सिनाले गरेका थिए। वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा खेलकुदको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विराट पोखरी परिसरमा फूल रोपण गरिएको थियो। साथै सरसफाइका लागि डस्टबिन र आवश्यक सामग्री वितरण गर्नुका साथै स्थानीय युवाहरूलाई फुटबल किट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि,…
झापा, ६ साउन । वर्षा सम्भावनासँगै आज देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित १८ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । बाढी महाशाखाले आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना रहेको जनाएको हो ।
झापा, ६ साउन । बझाङको मष्टा गाउँपालिकास्थित कोटदेवललाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार बिहान ४ बजेर ४१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित बनेर घरबाहिर निस्किएका थिए । हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
झापा, ६ साउन । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको अवधिमा विपद्का कारण दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार उक्त अवधिमा १७ वटा पहिरो, १० वटा अविरल वर्षाका घटना, आठ वटा सर्पदंश, सात वटा आगलागी, छ वटा बाढी, दुई वटा भूकम्प, तथा चट्याङ र जनावरको आक्रमणका एक–एक वटा घटना दर्ता भएका छन् । विपद्का कारण करिब रु १० लाख ७४ हजार ५०० बराबरको आर्थिक क्षति भएको छ।…
झापा, ६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको…
झापा, ५ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान परिस्थितिमा देशलाई विभाजन नभई एकताको आवश्यकता रहेको बताएका छन्। बीपी स्मृति दिवसका अवसरमा मंगलबार जारी वक्तव्यमा देउवाले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्रिय संवाद, सहकार्य र साझा भविष्य निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्। उनले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासमा आफूलाई पूर्ण आस्था रहेको उल्लेख गर्दै छिट्टै स्वदेश फर्किने बताएका छन्। जेनजी आन्दोलनमा घाइते भएपछि उपचारका लागि सिंगापुर र त्यसपछि हङकङ गएका देउवा हाल उपचाररत छन्।