
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
बिर्तामोड, २ साउन । कोशी प्रदेशसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) ले वर्तमान सरकारले संविधानमाथि नै प्रहार गर्ने खतरा बढेको आरोप लगाएका छन्। बिर्तामोडमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकीकरण बैठक, प्रशिक्षण तथा सपथग्रहण कार्यक्रममा बोल्दै नेता आङ्बोले सरकार संविधानको मर्मविपरीत अघि बढ्न खोजिरहेको दाबी गरे। उनले सरकारको नेतृत्व गरिरहेको दलको पहिलो महाधिवेशनमै प्रदेश संरचना खारेज गर्ने प्रस्ताव आएको उल्लेख गर्दै त्यसले संविधानमाथिको हस्तक्षेपको संकेत गरेको बताए। संवैधानिक निकायमा आफूअनुकूल नियुक्ति गर्ने, संघीय संसदका दुवै सदनमा बहुमत पुर्याएर संविधान संशोधनमार्फत जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने तयारी भइरहेको उनको आरोप थियो। आङ्बोले संविधान र…
जनकपुरधाम, २ साउन । दृष्टिबन्धकमा राखिएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई बैंकमा धितो राखेर करिब रु चार करोड ऋण लिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई नगराइन नगरपालिका–स्थित जटही सीमा नाकाबाट तथा हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२…
झापा, २ साउन । झापामा दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत स्थलगत गणना सम्पन्न भएको छ। गणनाअनुसार जिल्लाभरि ६० हजार ६५४ आर्थिक प्रतिष्ठान (व्यवसाय, उद्योग, संघ–संस्था लगायत) दर्ता भएका छन्। जिल्ला आर्थिक गणना कार्यालय भद्रपुरका निर्देशक तथा आर्थिक गणना अधिकारी चूडामणि लुइँटेलका अनुसार असार मसान्तसम्म भद्रपुर आर्थिक गणना कार्यालयबाट ३३ हजार १०३ र दमक आर्थिक गणना कार्यालयबाट २७ हजार ४४४ प्रतिष्ठानको विवरण सङ्कलन गरिएको छ। यसबाहेक १०७ प्रतिष्ठानले अनलाइनमार्फत विवरण बुझाएका छन्। गणनाअनुसार ती प्रतिष्ठानमा १ लाख ८९ हजार ७ जना व्यक्ति तलबी तथा स्वरोजगारमा आबद्ध रहेका छन्। स्थानीय तहअनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ११ हजार ६७५ प्रतिष्ठान रहेका छन् भने झापा…
झापा, २ साउन । झापाको कचनकवल र गौरादहमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । गएराति अन्दाजी ९ बजे कचनकवल गाउँपालिका–३ पाँचबिचे बस्ने २४ वर्षीय कमल गदाइलीलाई आफ्नै बारीमा जङ्गली हात्ती रोकथामका लागि राखिएको करेन्ट अचानक लागेको थियो । घाइते गदाइलीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । प्रहरी चौकी पथरियाबाट प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै गौरादह ६ मा करेन्ट लागेर अर्का युवकको ज्यान गएको छ । बिहीबार साँझ ७ः४५ बजे गौरादह९६ बिरबल चोक बस्ने २५ वर्षीय विनोद शर्माले आफ्नै…
एजेन्सी, २ साउन । इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ३८ जनाको ज्यान गएको छ । ४०० जना भन्दा बढी घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआइले जनाएको छ । आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावरलगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ । अमेरिकाले यो कारबाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको छ । तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरिएको आरोप लगाएको छ । जवाफी कारबाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दाबी गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको…
झापा, २ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजे गौरीगञ्ज–२, कृष्णखोला छेउस्थित हुलाकी राजमार्गमा पश्चिम विराटनगरबाट पूर्व तुलाचनचोकतर्फ आउँदै गरेको प्र१–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई–५, गोविन्दपुर बस्ने ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हक गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक इस्लामलाई दिउँसो २ः३७ बजे दमक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए…
रोल्पा, २ साउन । अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ सिरवारीका ५७ वर्षीय देउप्रसाद घर्तीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। शनिबार बिहान बाटो हिँडिरहेका बेला सडक माथिबाट अचानक खसेको पहिरोले उहाँलाई पुरेको थियो। घटनाबारे बिहान ५ः३० बजे इलाका प्रहरी कार्यालय पाछावाङमा जानकारी प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक नरसिंह खत्रीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। बिहान ७ः२० बजे घटनास्थल पुगेको प्रहरी टोलीले घर्तीको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि गरेको हो।
झापा, २ साउन । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै सरकारी कर्मचारीको बढेको तलब साउन १ गतेदेखि कार्यान्वयनमा आएको छ । सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउने र महँगीको प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरेको हो । साथै, कार्यसम्पादनका आधारमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था पनि लागू गरिएको छ । नयाँ व्यवस्थासँगै कर्मचारीको कुल पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि भएको सरकारले जनाएको छ । तलब वृद्धिपछि निजामती, जङ्गी तथा शिक्षक कर्मचारीको ग्रेडसहित न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँ र उच्च तहको तलब १ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
झापा, २ साउन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा विकसित नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सूचना प्रविधिको प्रभाव बढ्दै गइरहेका बेला सत्यलाई तोडमरोड गरी भ्रम फैलाउने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर गलत सूचना फैलाउने प्रवृत्ति तत्कालीन राजनीतिक विषय मात्र नभई सामाजिक संस्कृति र सभ्यताको संरक्षणसँग समेत जोडिएको रणनीतिक चुनौती भएको बताउनुभयो । अध्यक्ष ओलीले सूचना प्रविधि (आईटी) को प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अब आफ्ना कमजोरी सुधार…
झापा, २ साउन । दाइजोको विषयलाई लिएर एक महिलाको हत्या गरी करिब १८ वर्षदेखि फरार रहेका एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ६० वर्षीय रामनाथ राय रहेका छन् । उनीमाथि २०६५ साल भदौ ३ गते बिहान करिब ९ बजे दाइजोको विवादका कारण २५ वर्षीया चन्द्रिकादेवी रायमाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ । गम्भीर घाइते चन्द्रिकाको प्रारम्भिक उपचारका लागि भारतको बिहार राज्यस्थित पटना लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला…