
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ११ मंसीर । जेनजी आन्दोलन र आर्थिक मन्दीका कारण कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकमा आन्तरिक राजस्व संकलनमा उल्लेख्य गिरावट आएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत वर्षको तुलनामा यस वर्ष आन्तरिक राजस्व ३४.६ प्रतिशतले घटेको छ। गत वर्ष कात्तिक मसान्तसम्म १ अर्ब ११ करोड १९ लाख रुपैयाँ संकलन भएकोमा यस वर्ष ७२ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। यो वार्षिक लक्ष्यको मात्र १३।२ प्रतिशत हो । राजस्वमा आएको गिरावटका पछाडि घरजग्गा रजिस्ट्रेसन दस्तुर र सवारी साधन कर मुख्य जिम्मेवार देखिएका छन् । घरजग्गा दस्तुरमा १७ प्रतिशत कमी आउँदा…
झापा, ११ मंसीर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राख्नु नपर्ने कुनै आधार र प्रमाण भए ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ। विभिन्न सार्वजनिक निकायहरूले दिएको ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै ती निकायहरूले निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न अनुगमन कार्यालयमा लेखि पठाएको सूचनामा उल्लेख छ । तोकिएको मितिभित्र कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण नबुझाएमा यी कम्पनीहरूलाई कानुन बमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ।
झापा, ११ मंसीर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
झापा, ११ मंसीर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौं स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ । अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा…
झापा, ११ मंसीर । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ । नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । दृष्टिविहीनहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी…
दमक, १० मंसीर । आज दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–१ रवी स्टेन छेउमा रहेको आरक्यू होटलमा छापा मार्दा दुई जना व्यक्तिलाई लागु औषधसहित नियन्त्रणमा लिएको छ। प्रहरीले होटलको तेस्रो तल्लाको ४ नं. कोठामा बसिरहेका झापा दमक–७ स्थायी घर भई हाल दमक–१ सिर्पाली चौक बस्ने २५ वर्षीय रामकुमार गौतम र मोरङ उर्लावारी–८ दुर्गापुरी बस्ने ३० वर्षीया ललिता धिमाललाई पक्राउ गरेको हो । लागुऔषधको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । तलासीका क्रममा खैरो हेरोइनजस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । डिजिटल तराजुमा नापतौल गर्दा…
अर्जुनधारा, १० मंसीर । झापाको अर्जुनधारामा गएराति आगलागी हुँदा करिब ९ लाखको क्षति भएको छ । राति ११ः४५ बजे अर्जुनधारा–१० कालिझोडा बस्ने मच्छिन्द्र पौडेलको जस्ता र काठले बनेको २ तले ग्वाली घरमा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वाली घर र घरभित्र रहेका जिन्सी सामानहरू जल्दा करिब ९ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । नेपाल प्रहरी, स्थानीय, विर्तामोड र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति साँढे १ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १० मंसीर । जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौताअनुसार जिल्लाका १५ वटै पालिकामा गत वर्षदेखि अटिजम भएकाको पहिचान गरी उनीहरुलाई स्वास्थ्य, शिक्षालगायत मूल प्रवाहीकरणमा समाहित गरिएको छ । जिल्लामा पहिचान भएका १३ हजार ८६३ जना अपाङ्गता भएका व्यक्तिमध्ये तीन सय ८१ जना बालबालिकामा अजिटमको समस्या छ । प्रदेश सरकारले पाँच वर्ष अगाडिदेखि अपाङ्गता…
मोरङ, १० मंसीर । मोरङको विराटनगर १३ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ९ गते लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जहदा गाउँपालिका १ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।
झापा, १० मंसीर । बंगालको खाडीमा चक्रवात विकास भइरहेको भन्दै भारतको मौसम विभागले चेतावनी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी २४ घण्टामा सेनयार नामको चक्रवात जमिनमा बज्रिने सम्भावना छ । आगामी २४ घण्टामा अन्डमान सागरको मौसम अचानक परिवर्तन हुन सक्छ । स्काइमेट वेदरले आगामी ४८ घण्टा भित्र सेनयार चक्रवात जमिनमा पुग्ने अनुमान गरेको छ । यस अवधिमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नेछ र आँधीबेहरीसँगै भारी वर्षा हुनेछ । तमिलनाडु, केरला, आन्ध्र प्रदेश, अन्डमान र निकोबार टापुमा भारी वर्षा हुने अनुमान गरिएको छ । विभागले डिसेम्बर १ सम्म धेरैवटा दक्षिणी राज्यमा भारी वर्षा हुने अनुमान गरेको…