jhapaonline add

झापा, ६ जेठ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरी नेपाल ल्याइएको करिब रु। २ लाख ६१ हजार ६ सय बराबरको लेडिज कपडा बरामद गरेको छ। मंगलबार साँझ मेचीनगर नगरपालिका–६ हनुमान मन्दिर अगाडि प्रहरीले चेकजाँचका क्रममा ८१ हजार ६ सय बराबरको कपडा बरामद गरेको थियो । त्यसैगरी सोही राति मेचीनगर–४ प्रसाद गौडाँगी क्षेत्रमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले थप १ लाख ८० हजार बराबरको लेडिज कपडा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको प्रहरीले जनाएको छ।

Read More

हल्दीबारी, ६ जेठ । झापाको हल्दीबारी गाउँपालिका–५ धनुषपोखरी क्षेत्रमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मंगलबार राति सामान्य विवादका क्रममा स्थानीय गोकर्ण भण्डारी भनिने गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खड्कबहादुर लावतीले जानकारी दिए । स्थानीयका अनुसार दम्पतीबीच लामो समयदेखि घरायसी विवाद हुँदै आएको थियो । मंगलबार राति मादक पदार्थ सेवन गरेर घर फर्किएका गोकर्ण र श्रीमतीबीच विवाद चर्किँदा आवेशमा आएर उनले धारिलो हतियार प्रहार गरेका थिए । घटनापछि आरोपी आफैं नजिकैको एक स्थानीयको घरमा पुगेर ‘श्रीमतीलाई मारिदिएको’ बताएका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी…

Read More

झापा, ६ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामाजिक सञ्जालमार्फत कक्षा १२ को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र र उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाका २९ वर्षीय सन्तोष बन्जारा र धादिङका २० वर्षीय अश्विन अधिकारी रहेका छन्। उनीहरूले ‘कक्षा १२ व्यवस्थापन मात्र’ नामक ह्वाट्सएप समूह तथा फेसबुक म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर सार्वजनिक गरी गोपनीयता भङ्ग गरेको आरोप प्रहरीले लगाएको छ। सीआईबीका अनुसार राष्ट्रिय परीक्षा बोर्ड बाट प्राप्त सूचनापछि गरिएको प्राविधिक अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेको हो। दुवैलाई काठमाडौंको रत्नपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले…

Read More

झापा, ६ जेठ । झापाको दमकमा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत भेटिएका छन् । लक्ष्मीमार्ग टोलस्थित आफ्नै घरमा मृत फेला परेका खड्काले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ । घटना अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । मृत्युअघि सामाजिक सञ्जाल फेसबुकमा बैंकका उच्च पदाधिकारीसहित चार जनाको सामूहिक तस्बिर पोस्ट गर्दै उनीहरूकै कारण आफूले मर्ने निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेका छन् । उक्त पोस्ट सार्वजनिक भएको केही समयपछि नै उनी आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकका बुवा महेश खड्काले छोरालाई सो अवस्थामा देखेपछि…

Read More

झापा, ६ जेठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा तथा…

Read More

शिवसताक्षी, ६ जेठ । झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमै पुर्वेली भेट्रानले शानदार प्रदर्शन गर्दै प्रकाशपुर भेट्रान लाई ५–१ गोल अन्तरले पराजित गरेको छ। खेलको सुरुदेखि नै आक्रामक बनेको पुर्वेली भेट्रानका खेम पोख्रेल नायक बने। उनले व्यक्तिगत चार गोल गर्दै टोलीलाई सहज जित दिलाए। खेमले ११औं, १६औं, २८औं र ५१औं मिनेटमा गोल गरेका थिए। टोलीका लागि अर्को गोल सन्तोष राई ले खेलको तेस्रो मिनेटमै गरेका थिए। प्रकाशपुर भेट्रानका तर्फबाट टीका कटुवाल ले १९औं मिनेटमा सान्त्वना गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका खेम पोख्रेल खेलको ‘म्यान…

Read More

झापा, ६ जेठ । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण ९ल्याब टेस्ट० अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ । भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन् । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो । नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ । “चिया निर्यातको यो मुख्य याम हो…

Read More

झापा, ६ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी…

Read More

बिर्तामोड, ५ जेठ । झापाको बिर्तामोड नगरपालिका–५ सयपत्री टोलस्थित एक घरबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ करिब ५ः३० बजे उक्त क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क बाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले रत्नकुमारी श्रेष्ठको घरमा खानतलासी गर्ने क्रममा घरधनीका छोरा २६ वर्षीय रोहित श्रेष्ठ र बिर्तामोड–३ निवासी २६ वर्षीय सुनिल दासलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट प्लास्टिकबाहेक ६ दशमलव ५ ग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ५ जेठ । झापाको मेचीनगर नगरपालिका–५ शान्ति टोलस्थित निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–५ का ५२ वर्षीय दिननाथ पराजुली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज मंगलबार दिउँसो करिब १२ः३० बजे निर्माणाधीन खानेपानी ट्याङ्कीको सेटरिङका लागि प्रयोग गरिएको बाँस खोल्ने क्रममा पराजुली अचानक ट्याङ्कीको तेस्रो तलाबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते पराजुलीलाई तत्काल उपचारका लागि बीएण्डसी हपस्पिटल बिर्तामोड लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो…

Read More