
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २८ पुस । बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ । दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यानका २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो…
विराटनगर, २७ पुस । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्ने उनको भनाई छ । १० करोड लागतमा जीवन विकासले स्थापना गरेको…
बिर्तामोड, २७ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ । घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताउनु भयो । उहाँ हाल संघको वाणिज्य उपाध्यक्ष हुनुहुन्छ । वाणिज्य संघ कुनैपनि पार्टीको राजनीति गर्ने थलो नभइ व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको जोड छ । आफु पार्टीगत नभइ स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उहाँले व्यवसायीले यसकुरालाई सकरात्मकरुपमा लिने विश्वास व्यक्त गर्नु भयो । व्यवसायीका विभिन्न प्रकारका कर र बैकिंग क्षेत्रका समस्या रहेपनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा पटक…
सुधीर सापकोटा सुधीर सापकोटा इलाम । गोर्खे बजारमा टेम्पो कुदेको देखेर पुरानो झझल्को आयो । भनिन्छ बाटो बिकासको मेरुदण्ड हो । बिगतको गोर्खे बजारलाई फर्केर हेर्दा आज भन्दा करिब ५–६ वर्ष अघि यही बाटोको असहज वातावरण ले यहाँ का धेरै मानिसहरु बसाइँसराई हिँडेको अवस्थामा अहिले आएर फिक्कलदेखि करिब गोर्खे बजारसम्मको बाटोको अवस्था पहिलाको तुलनामा धेरै राम्रो बनेको छ । र, यहाँका जनताहरुले ठुलो राहत महसुस गरेको छ । यु भुमिकामा हाम्रो वडा नम्बर १ को जनप्रतिनिधि र नगर प्रमुखको विशेष हात रहेको छ र हामी आम जनता आभारी छौं । अब मानेभञ्ज्याङसम्मको बाटो राम्रो हुने हो भने यहाँका भेगका जनताहरुको…
झापा, २७ पुस । नेपाल विद्युत प्राधिकरणले महसुल नतिरेका उद्योगमा काटिएको विद्युत् पुनः सुचारु गर्ने निर्णय गरेको छ। सरकारले छानबिन आयोग गठन गर्दै उद्योगमा बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले उक्त निर्णय गरेको हो। योसँगै विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरुको विद्युत आपूर्ति जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६०औं बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो। प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टीलले बक्यौता किस्ताबन्दीमा तिर्न…
झापा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले माघदेखि वार कि पारको आन्दोलन गर्ने बताएका छन् । उनले राप्रपाले गर्ने सडक आन्दोलनको रोड म्याप समेत खुलाएका छन् । ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राजसंस्था, प्रदेशको खारेजी लगायतका माग राखेर सडक संघर्षमा जाने बताए । देशमा बढिरहेको भ्रष्टाचार तथा अहिलेको व्यवस्थामा भएका खराबीविरुद्ध आन्दोलन गर्ने उनले बताए । अध्यक्ष लिङ्देनले अहिलेदेखि नै आन्दोलनको तयारी गरेको बताउँदै फागुनदेखि वार कि पारको आन्दोलन हुने बताए । ‘माघ महिनाभरि तयारी गर्छौँ,…
झापा, २७ पुस । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन् । कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशन अन्तरगत भएको निर्वाचनमा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन् । वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित समयमा उम्मेदवारी दिइनन् । यस्तोमा पति रेशम निर्विरोध अध्यक्ष बनेका हुन् । चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन। निर्विरोध अध्यक्ष बनेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। अहिलेसम्म पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। तर उनी लामो समय जेलमा बसेर…
झापा, २७ पुस । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा।लि।को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को विमोचन कार्यक्रमका प्रमुख अतिथि उक्त बिराट मेडिकल कलेजका अध्यक्ष डा। ज्ञानेन्द्र मान सिंह कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले संयुक्त रुपमा विमोचन गर्नु भएको हो । बिमोचन कार्यक्रममा सम्वोधन गर्नु हुदै प्रमुख अतिथि डा कार्कीले आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्रीले “सिर्जना” ले समाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनिकरण गर्न टेवा…
कनकाई, २६ पुस । लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा लागुऔषध दुर्व्यसन सम्बन्धि सप्ताहाव्यापी विध्यार्थी लक्ष्यित सचेतना मुलक कार्यक्रम यतिबेला जारी छ। समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्नमा लायन्स क्लबले चासो देखाउदै बिद्यालय स्तरबाट सचेतना मुलक कार्यक्रम गरेको हो । गत पुस २२ गतेबाट कनकाई २ मा रहेको सरस्वती माध्यमिक विध्यालयबाट सुरु गरेको कार्यक्रम कनकाई ७ मा रहेकोे भृकुटि मावि , कनकाई ३ मा रहेकोे कनकाई मा वि , कनकाई ५ मा रहेको भगवती प्रा वि , कनकाई ६ मा रहेको चम्फापुर मा।वि। र आज कनकाई ३ मा रहेको हरिकुल नमुना विध्यालयमा…
सन्तोष शर्माझापा, २६ पुस । झापामा सहकारीमार्फत् रू ७० अर्ब भन्दा बढी पुँजी परिचालन भएको छ ।जिल्लामा रहेका सहकारीमार्फत् रू ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिनुभयो । जिल्लाको कूल जनसंख्यामध्ये ४५ प्रतिशत जनसंख्या सहकारी अभियान जोडिएको उहाँले बताउनुभयो । “सहकारीमार्फत् परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उहाँले भन्नुभयो, “जसले स्वरोजगार सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” सहकारीमार्फत् परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दुध उत्पादन, वैकल्पिक ऊर्जा लगायतका क्षेत्रमा लगानी भएको जनाइएको छ । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ…