
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
उदयपुर, २६ पुस । उदयपुरको त्रियुगा नगरपालिका–८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हिजो साँझ ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०५–००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आँउदै गरेको साइकल यात्री रौतामाई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङरातीलाई ठक्कर दिई दुर्घटना हुँदा घाइते भएका साईकल यात्रीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायससहित नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
झापा, २६ पुस । मोरङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट बुधबार विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत चोरी मुद्दाका २ जना, ठगी मुद्दाका १ जना, अभद्र व्याबहार मुद्धाका २ जना र सम्बन्ध बिच्छेद मुद्धाका फरार रहेका २ जना समेतलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराइएको छ ।
बनियानी, २६ पुस । राष्ट्रिय भाक्का दिवसको अवसरमा कचनाकवल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । पालिकाले आगामी पुस २९ गते राष्ट्रिय भाक्का दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बुधवार सूचना जारी गर्दै राष्ट्रिय भाक्का दिवसमा स्थानीय बिदा दिएको जनाएका हुन् । जारी सूचनामा भनिएको छ ‘कचनाकवल गाउँपालिकाका क्षेत्रभरीका शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत सबै सरकारी कार्यालय आगामी पुस २९ गते बन्द रहनेछन् ।’
झापा, २६ पुस । शैक्षिक सत्र २०८० को एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस वर्ष एसईई हुँदैन कि भन्ने भ्रममा नपर्ने सबैलाई आग्रह गरेका छन् । संसद्मा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्ने अन्योलका बीच अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् । यस वर्षको लागि एसईई परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका बोर्डले जनाएको छ । यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत…
झापा, २६ पुस । सरकारले ६ वटा गुट्खा उद्योगको क्षमता वृद्धि गर्न सहमति दिएको छ। उद्योग विभागमा आएको आवेदन अनुसार औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले उक्त निर्णय गरेको हो । मंगलबार साँझ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको नेतृत्वमा बसेको बैठकले उद्योग विभागमा उद्योगीले आवेदन गरेबमोजिम उद्योगहरुको क्षमता वृद्धि गर्ने निर्णय गरेको हो । बैठकले मोरङको मधु प्रोडक्ट्स प्राइभेट फर्मको पहिलो कुल पुँजी ५० लाख रुपैयाँमा ४ करोड थप गरी ४ करोड ५० लाख रुपैयाँ पुर्याउन अनुमति दिएको छ। लुम्बिनी पान मसला तथा सुर्ती उद्योगको ५० लाख कुल पुँजीबाट ३ करोड रुपैयाँ पुर्याउने निर्णय भएको छ। आईपीए गुट्खा उद्योगको…
कञ्चनपुर, २६ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए । “बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “रातिको समयमा घटना भएको देखियो ।” उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताए । “प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।” बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक…
अर्जुनधारा, २५ पुस । मलेसिया टेक सिइ प्लास्टिक एसडिएन बिएचडी समूहद्धारा आयोजित पुनर्मिलन कार्यक्रम झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सिमसारमा सम्पन्न गरेको छ । मलेशियामा रोजगारीका क्रममा रहेका देशभरका मानिसको एकता र चिनजानका लागि पुनर्मिलन सहित बनभोज कार्यक्रम समेत राखिएको थियो । राष्ट्रिय गानबाट सुरू गरिएको पुनर्मिलन कार्यक्रमलाई रामशरण थापा र याम बहादुर मगरले अगुवाई गरेका थिए भने भेटघाट कार्यक्रमलाई समूहलाई स्विकार गर्दै उपस्थित भएर कार्यक्रममा उपस्थिति जनाउने सबैलाई हार्दिक कृतिज्ञता प्रकट गरेको थिए । सो कम्पनीमा २००१ देखि २०२३ सम्म मलेशियामा कार्यरत काठमाण्डौं, भक्तपुर, काभ्रे, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीबाट कुमार लिम्बु, टिका बरुबाल, सिताराम बस्नेत, नवीन…
बिर्तामोड, २५ पुस । सातौँ राष्ट्रिय भाक्का दिवस यसपटक झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भएको छ । पुस २९ गते भव्यताका साथ दिवस मनाइने आज रंगशाला परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राजवंशी समाज विकास समितिको आयोजनामा हुने भक्का दिवसको उक्त कार्यक्रममा झापा, मोरङ लगायतका स्थानबाट करिब ३० जना अतिथिको आगमन हुने समितिका अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो । कोच राजवंशी समुदायको लोकपरिकार तथा सांस्कृतिक उत्सवका रुपमा रहेको राष्ट्रिय भाक्का दिवस कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सहभागी हुने जनाइएको छ । तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो…
झापा, २५ पुस । झापा जिल्ला सहकारी संघको २७ औं वार्षिक साधारणसभाका सम्पन्न भएको छ । आज बिर्तामोडमा संघको २७ औं साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीसहित विभिन्न विधामा ११ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा झापाली सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । पूर्व सञ्चालक सम्मानबाट देबीप्रसाद दाहाल, उत्कृष्ट सञ्चारकर्मीका रुपमा पत्रकार गोबिन्दचन्द क्षेत्री, उत्कृष्ट कृषि सहकारीका रुपमा बुद्धशान्तिको होक्से कृषि सहकारी, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेचीनगरको मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा मेचीनगरकै पूर्वीद्धार साकोस,…
चन्द्र बस्नेतकनकाई, २५ पुस । लैंगिक हिंसा पीडित महिलालाई झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप अविबृद्धि गर्न अनुदान रकम हस्तान्तरण गरेको छ । लामो समयदेखि परिवारबाटनै हिंसामा परेका नगरभरिमा रहेका महिलाहरूको पहिचान गरि विभिन्न व्यवसाय सञ्चालन गर्दै जिविको पार्जन गर्दै आएका हिंसा पीडित महिलालाई आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी सो रकम हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो । कनकाई–९ कि रचना प्रसाईं विगत ९ वर्षदेखि श्रीमानको हिंसा सहन नसकेर सम्बन्धविछेच्द गरी झोला बनाउने काम गर्दै आएको र दुई छोरीलाई शिक्षा सहित पालनपोषण गर्दै व्यवसाय अगाडि बढाउँदै गर्दा नगरबाट प्राप्त यो ३० हजार…