jhapaonline add

झापा, १४ जेठ । कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११ः५६ बजे कास्कीको फुलिबाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । यत्तिको भूकम्पले खासै क्षति गर्ने सम्भावना नहुने भूकम्पविद् बताउँछन् । यसअघि जेठ ९ गते मात्र बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५।१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि यही जेठ ६ गते पनि कास्कीकै सिनुवा आसपास केन्द्र भएर ४।७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

झापा, १४ जेठ । आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई हजार पाँच निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Read More

भद्रपुर, १४ जेठ । झापाको भद्रपुर नगरपालिका–२ स्थित धार्मिक तथा पर्यटकीयस्थल किचकबधमा आज बिहान सरसफाई गरिएको छ । गणतन्त्र दिवस–२०८२ को अवसरमा जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय झापाको आयोजना तथा भद्रपुर नगरपालिकाको सहयोगमा सरसफाइ कार्यक्रम गरिएको हो । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले सरसफाई कार्यक्रम शुरु भएको जनाएसँगै सरसफाई गर्न थालिएको थियो । किचकबध धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको संरक्षण र सम्बद्र्धन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । “पुरातात्विक महत्वको यो थलोमा २२ वर्ष पुरानो संरचना फेला परेको छ”, उहाँले भन्नुभयो, “यसको विकासमा लाग्नु हामी सबैको दायित्व, नगरपालिकाले पनि यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।”…

Read More

झापा, १४ जेठ । बेलायतमा १० हजार फिट माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको हो । उनी अनुभवी ‘स्काइ डाइभर’ थिइन् । उनले ४०० पटकभन्दा बढी हामफालिसकेको बताइएको छ । मृत्यु हुनुभन्दा अघिल्लो रातमात्र प्रेमीसँग उनको ‘ब्रेकअप’ भएको थियो । एक रात अघि जेडका प्रेमी बेन गुडफेलोले उनीसँगको सम्बन्ध तोडेको बताइएको छ । जेडका एक साथीका अनुसार दुवै सँगै बस्थे । उनीहरू स्काइ डाइभिङ पनि सँगै गर्थे । यद्यपि, सो घटनाको दिन उनका प्रेमी बेन कामको सिलसिलामा अन्तै गएको र जेड…

Read More

झापा, १४ जेठ । झापा र इलामबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १३ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाइकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ वर्षीय किरण राई र भारत बिहारका ३६ बर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी, इलामको चुलाचुली…

Read More

सन्तोष शर्माझापा, १४ जेठ । इलामको रोङ गाउँपालिका यति बेला चर्चामा छ । कृषि क्षेत्रमा गरिएका कामका कारण रोङ यतिबेला चर्चामा रहेको हो । कृषिलाई समृद्धिको सारथिको रुपमा लिएर गाउँपालिका तीन खम्बे कृषि नीतिका साथ अघि बढेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) बताउनुहुन्छ । कृषि नीतिमा उत्पादन, प्रशोधन र बजारीकरणलाई राखिएको उहाँले बताउनुभयो । “अहिले उपभोक्ता ब्राण्डका पछि दौडिरहेका छन्”, उहाँले भन्नुभयो, “हामीले हाम्रा उत्पादनलाई ब्राण्डिङ गर्न जरुरी छ ।” रोङ गाउँपालिकामा उत्पादित कृषिजन्य उत्पादनलाई ‘रोङ’ नामले ब्राण्डिङ थालिएको अध्यक्ष स्याङ्वोले बताउनुभयो । गाउँपालिकाले अहिले कृषकले उत्पादन गरेको उत्पादनलाई प्रशोधन गरेर बजारीकरण गरिरहेको छ । चिया, गुन्द्रुक, करेला, बेसार, सिस्नो,…

Read More

झापा, १४ जेठ । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट मंगलबार राति लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्निया जिल्ला नगानिगम पुर्निया सिटी वडा नं. ३४ का ३६ वर्षीय मनिषकुमार गुप्ता र दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ का २९ वर्षीय किरण राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मंगलबार राति दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ स्थित घरमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको…

Read More

कुखुराजस्तै देखिने होआट्जिन चरालाई संसारकै सबैभन्दा दुर्गन्धित पक्षी मानिन्छ । यो एकमात्र यस्तो चरा प्रजाति हो जसले आफ्नो खाना पेटमा कुहाएर अर्थात फर्मेन्टेसन गराएर पचाउँछ । वास्तवमा यसको यहीँ अनौठो पाचन प्रणालीले यसलाई संसारको सबैभन्दा दुर्गन्धित चरा पनि बनाएको छ। होआट्जिन एक अत्यन्तै अनौठो चरा हो । यो अमेजन क्षेत्रका दलदल तथा जलक्षेत्रहमा पाइन्छ । यसको विशेषता यति अनौठो छ कि यसका चल्लाहरूको पखेटामा नै नंग्राहरू हुन्छन्। होआट्जिन करिब ६४ लाख वर्षअघि पृथक रूपमा विकास भएको एक प्राचीन चरा समूहको अन्तिम जिवित सदस्य मानिन्छ। यो चरा शाकाहारी हो र केवल बोटबिरुवामात्र खान्छ । पूर्ण रुपमा शाकाहारी हुनु चराहरूका लागि निकै…

Read More

झापा, १४ जेठ । भारतको मौसम विभागले पनि यस वर्ष मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने चेतावनी जारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम रविचन्द्रनले जुनमा १०६ प्रतिशतभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएका छन्। मध्य प्रदेश, छत्तीसगढ, महाराष्ट्र, ओडिसा र वरपरका क्षेत्रमा यसपटक सामान्यभन्दा बढी वर्षा हुने सम्भावना देखिएको हो। पन्जाब, हरियाणा, केरला र तमिलनाडुका केही क्षेत्रमा भने सामान्यभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। यसपटक भारतमा मनसुन सरदर मितिभन्दा एक हप्ताअघि नै मनसुन सुरु भइसकेको छ। नेपालमा पनि चाँडै मनसुन भित्रिँदै गरेको यहाँका मौसमविद्ले बताएका छन्।

Read More

झापा, १४ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा,…

Read More