jhapaonline add

झापा, २१ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले सरसफाई अभियान शुरु गरेको छ । अभियान अन्तरगत बिर्तामोडस्थित मुक्तिचोक पूर्ब–पश्चिम र दक्षिण तर्फको सडकको बीचमा रहेको डिभाइडर सरसफाई गरिएको हो । संविधान सभा सदस्य तथा संघका पूर्व अध्यक्ष सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु न्यौपानेले नगरलाई सफा र सुन्दर राख्न सरसफाई गरिएको बताए । उनले नगर सफा राख्ने दायित्व आम नागरिकको समेत भएको हुँदा जथाभावी फोहोर नगर्न र रोपिएका विरुवाको संरक्षण गर्न समेत आग्रह गरे । बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी सहित व्यवसायी र सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा डिभाइडमा रहेको झार पात हटाइएको थियो । सुन्दर…

Read More

झापा, २१ जेठ । झापाको बिर्तामोडमा हुन लागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा आयोजना गर्न लागिएको प्रदर्शनीमा तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेकपा एमाले कोशीका इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले पार्टी चाहेको समृद्धिका लागि एउटा खम्बको रुपमा विज्ञान र प्रविििधलाई राखेको बताउनुभयो । प्रर्दशनी सबैको साझा भएको समेत उहाँले बताउनुभयो । प्रर्दशनीमा कोशी प्रदेशमा रहेका १२ जिल्लाका ७० विद्यालयले सहभागीता जनाउने भएका छन् । जेठ २४ देखि २६ गतेसम्म सञ्चालन हुने…

Read More

ताप्लेजुङ, २१ जेठ । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २१ गते राती पौने १ बजे फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र उनको श्रीमती सरिता लिम्बु बीच सामान्य विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी २८ वर्षीय तेजेन्द्र लिम्बुको साथ लगाई उनीहरुकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरुङले एक्कासी धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका गुरुङलाई जिल्ला प्रहरी…

Read More

इलाम, २१ जेठ । इलामको सूर्योदय नगरपालिका–७ सिंगाममा रुख ढाल्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ढल्दै गरेको रुखको हाँगाले लाग्दा सूर्योदय नगरपालिका–८ का २६ वर्षीय निरोज लाप्चाको ज्यान गएको हो। प्रहरीका अनुसार उक्त रुख गोलियाका लागि काटिएको थियो । घटना लगत्तै मृतकको शव इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जनाएको छ । यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Read More

ऐंसेलु झाँगे मेरो आँगनको गेट बाहिर आइपुग्दैदेखि ऐंसेलु झाँगेले, थोता दाँत देखाएर हाँस्तै, भन्दै आयो– ‘मेरो अइबादन छ हए हओ सत्तेबाधी केसारीजी ! हन मेरो कुक्कुर, कुख्रा, परेबाहेरू त भुर्कुट्टै हुने भए नि यार !… अन्तखेरि आज म तपइँसित लागु पधार्थ दुर्भेस्यानी विरोदी अभ्यान गर्नेमा एक लम्बरी अभेन्ता इन्र पर्सात ओलीको मोबिलको अनलैन अथ्बा इन्टयन्याट–फेसुक जेको भा पनि कन्टेक लम्बर छ कि भन्र सोद्न पो आएँ हओ तपइँसित । ती ओली साहेप मोहोदै त झापाबड गाएप भ’का भयै पो हुनु भए त हँऽऽऽ ?’… ऊ, म बसिरहेको बरण्डामा सरासर आएर, मोही किसानको सिकुवामा जग्गाधनी आएर सामन्त शैलीमा हाकाहाकी बसे झैं,…

Read More

झापा, २१ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले निःशुल्क आखाँ जाँच शिविर सञ्चालन गरेको छ । झापा कार्यरत सशस्त्र प्रहरी र कर्मचारीका आश्रित परिवारलाई लक्षित गरी आन्तरिक कल्याणकारी कार्य अन्तर्गत निःशुल्क आखाँ जाँच शिविर सञ्चालन गरिएको हो । श्री छठ समाज सेवा समिति बिर्तामोड र मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा मंगलबार भद्रपुर नगरपालिका–८ शान्तिचोकस्थित गण परिसरमा भएको शिविरमा सशस्त्र प्रहरी २८० र आश्रित परिवार १८ जना गरी कुल २ सय ९८ जनाले आँखा जाँच सहित चस्मा, औषधि वितरण गरिएको थियो । झापाका गणपति सप्रउ तुल बहादुर भण्डारीको प्रमुख आथित्यमा सञ्चालन भएको कार्यक्रममा श्री छठ समाज…

Read More

झापा, २१ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पहिलो उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनल खेलमा टोलीले पञ्जाब किंग्सलाई छ रनले पराजित गर्दै उपाधी हात पारेको हो । यससँगै आइपिएलले १८औं सिजनमा आठौं च्याम्पियन टोली पाएको छ । यसअघि चेन्नई सुपर किंग्स (पाँच पटक), मुम्बई इन्डियन्स (पाँच पटक), कोलकाता नाइट राइडर्स (तीन पटक), राजस्थान रोयल्स (एक पटक), डेक्कन चार्जर्स (एक पटक), सनराइजर्स हैदराबाद (एक पटक) र गुजरात जायन्ट्स (एक पटक) च्याम्पियन बनिसकेका छन् । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले सात विकेट गुमाउँदै १ सय ८४ रन मात्र…

Read More

झापा, २१ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्ष पनि युवा व्यवसायी युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । गत वर्ष आफ्नै जन्म दिनको अवसरमा ११ हजार एक सय ११ रुपैयाँ कोषमा जम्मा गर्दै कोषको सुरुवात गरेका निरौलाले यो वर्ष पनि कोष बृद्धिका लागि उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका उनले संस्थाका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका थिए । सो अवसरमा निरौलाकी श्रीमती भीमा दुलाल निरौलाको समेत उपस्थिति रहेको थियो । मोवाइल पार्टस् तथा एशोसेरिजको…

Read More

झापा, २१ जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ। आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।…

Read More

झापा, २० जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-६ कप्तानबारी स्थित सुकुम्बासी बस्ति का ३५ बर्षीय राम बहादुर दनुवारलाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न मेचीनगर नगरपालिका-३ का ३२ बर्षीय अनिल दनुवार समेतलाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का ३१ बर्षीय सनम माझीलाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १०० चक्की Vomine-25, Antikof -७ सय चक्की र Tramadol ७ सय क्याप्सुल सहित नियन्त्रणमा लिएको…

Read More