jhapaonline add

झापा, ६ असार । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो । मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताइन् । ‘हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी…

Read More

दमक, ६ असार । झापाको दमकबाट लागुऔषध कारोबार गरिरहेका अवस्थामा चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–५ बाट आज बेलुका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस्तो छ प्रहरीको रिपोर्ट – मिति २०८२।०३।०६ गते अन्दाजी २०:०० बजेको समयामा जिल्ला झापा दमक न.पा. वडा न.५ सृष्टी टोल स्थित देवु गडर्तौलाको टाडे घरको भुई तल्लाको कोठामा डेरा गरी बस्ने जिल्ला झापा गौरादह न.पा. वडा न. ४ धोबिने बस्ने केदार दर्जीको छोरा हाल जिल्ला झापा दमक न.पा वडा न. ५ बस्ने वर्ष २४ को अनुभव दर्नाल लगाएतका निम्न स्थान बस्ने निम्न मानिसहरु उक्त कोठामा भेला जम्मा भई लागु औषधको बिक्री…

Read More

झापा, ६ असार । झापाको मेचीनगरस्थित काँकरभिट्टा बसपार्क क्षेत्रबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतको दुर्गानगर सिलिगुडीका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो ।उनलाई WB 70 G 3232 नम्बरको TUV300 गाडीको साथमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गाडी चेकजाँचका क्रममा चालक सिटमुनी लुकाइराखिएको एक थान कालो रंगको STAR RX एयर पेस्तोल, सोही पेस्तोलको म्याग्जिनमा ५ थान एयर बुलेट र चालक सिटको दुबै छेउमा लुकाइएको दुई थान खुकुरी फेला परेको हो । त्यस्तै, पाठकको साथबाट रेडमी र सामसुङ कम्पनीका दुई थान मोबाइल, परिचय खुल्ने कागजातहरू र गाडीको…

Read More

झापा, ६ असार । कोशी प्रदेशले मोटरसाइकलको वार्षिक कर बढाएको छ । कोशी प्रदेशले सवारी साधन करको रूपमा लिँदै आएको कर बढाएको हो । यस अनुसार अब १२५ सीसीसम्मको कर यसअघि वार्षिक ३ हजार रुपैयाँ रहेकोमा एक सय रुपैयाँ बढाएर ३ हजार १ सय रुपैयाँ पुर्‍याइएको छ । त्यस्तै, १२५ देखि १५० सीसीसम्मको कर ५ हजार। रुपैयाँ रहेकोमा यसलाई बढाएर ५ हजार १ सय पुर्‍याइएको छ । १५० देखि २५० सीसीको मोटरसाइकलमा यसअघिको कर ६ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर ६ हजार २ सय रुपैयाँ पुर्‍याइएको छ । योभन्दा बढी क्षमताको लागि भने कर बढाइएको छैन । अहिले २५० भन्दा…

Read More

अनटेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते झापाको झापा गाउँपालिका–४ चौधरी टोल स्थित हुलाकी सडकखण्डमा पन्थपाडाबाट झापा बजार तर्फ जाँदै गरेको अनटेस्ट अपाची मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका २४ वर्षीय इनरुल भन्ने फकिर अलिको टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर, पछाडी सवार सोही स्थानका २२ वर्षीय साहिदुल हकको टाउको लगायत शरिरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर अवस्थामा उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । सोही मोटरसाइकल पछाडी सवार सोही स्थानका २१ वर्षीय सोहिल…

Read More

झापा, ६ असार । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । बुधवारको तुलनामा बिहीबार सुन तोलामा रु ४०० र चाँदीमा रु २५ ले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु ८०० र रु ५० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९४ हजार ७०० सोही परिमाणको चाँदीको मोल रु दुई हजार १५० निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन रु एक लाख ९५ हजार ५०० र चाँदी रु दुई हजार २०० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक…

Read More

झापा, ६ जेठ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आजसमेत ३ दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला। बागमती र बबई नदीको सतर्क व तलै रहने भएपनि बढ्छे रहने तथा कोशी, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता आवश्यक देखिन्छ। यस्तै आज संखुवासभा, खोटाङ, ओगोखलढुंगा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, बाँके, बर्दिया, दाङ, सल्यान, रोल्पा, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही,…

Read More

झापा, ६ असार । झापाको मेचीनगर नगरपालिका–१ मा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । गएराति मेचीनगर–१ दुर्जनचोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आठ सय मिटर टाढा रहेको आफ्नो बारी आएको एक वटा जंगली हात्तीलाई लखेट्ने क्रममा असार २ गते बिहान श्रेष्ठलाई उक्त हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि बीण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । अस्पतालमा उपचार सम्भव नभएपछि बिहीबार बेलुका ५ बजे छोरा तेजबहादुरले उनलाई घर लिएर आएकोमा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

Read More

झापा, ६ असार । ललितपुरस्थित ग्वार्को चोकमा नेपालकै पहिलो ‘फ्लाई ओभर’ निर्माण सकिएको छ । पटक–पटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दै हुनुहुन्छ । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८०…

Read More

सरोज भट्टराईशिवसताक्षी, ६ असार । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ मा चालु आर्थिक वर्षका विकासका कामहरु अन्तिम चरणमा पुगेका छन् । आर्थिक वर्ष २०८१ ÷०८२ मा वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको कामहरु ९० प्रतिशत सम्पन्न भएको वडा नंं ५ को कार्यालयले जनाएको छ । वडाले चालु वर्षमा सडक र सामाजिक विकास तर्फका कामहरु धेरै गरेको पाइएको छ । शिवसताक्षीको ५ नम्बर वडामा चालु वर्षमा ४.५ किमी सडक कालोपत्रे भएको छ । संघीय सरकारबाट ४ करोड र प्रदेश सरकारबाट विनियोजित २५ लाख रकमबाट ४.५ किमी सडक कालोपत्रे भएको वडाध्यक्ष सिकिन पासवानको भनाई छ । शिवगञ्ज, आमबाढी जनता हुँदै श्यालमारा…

Read More