
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, ८ बैशाख । झापा जिल्ला कारागारमा आज एक जना कैदीबन्दीको मृत्यु भएको छ । ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका इलाम माङ्सेबुङ गाउँपालिका–४ घर भई झापा कारागारमा कैद भुक्तान गरिरहेको ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेडिकल रिपोर्टमा घाँटीको क्यान्सरको लक्षण देखापरेका विश्वकर्मा आज दिउँसो ४ः२५ अचानक साँस बढेर बिरामी भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा ४ः४० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको आफन्तलाई खबर गरिएको जनाइएको छ ।
सन्तोष शर्माझापा, ८ बैशाख । झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रमा एकै दिन पाँच हजार पर्यटकले अवलोकन गरेका छन् । २०६५ सालमा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा बैशाख १ गते नयाँ वर्षको अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष परशुराम गिरीले जानकारी दिनुभयो । स्थापना भएको सात÷आठ वर्ष चर्चित एवम् आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लो समय ओझेलमा परे पनि हाल पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो । जामुनखाडीलाई थप व्यवस्थित गर्नुका साथै आकर्षणका वस्तुहरु…
झापा, ८ बैशाख । सुनसरी र उदयपुरबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ७ गते उदयपुरको बेलका नगरपालिका–३ स्थितमा लागु औषध कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा सोही स्थानका ३० वर्षीय बद्री भन्ने विशाल लिम्बुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर फेलापारी नियन्त्रणमा लिएको हो भने त्रियुगा नगरपालिका–१२ का २६ बर्षीय मो इस्माइल अलीलाई लागुऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट, त्रियुगा नगरपालिका–६ स्थितबाट प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको हो । त्यसैगरी, सुनसरीको धरान उप महानगरपालिका १५ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटले को २० प ३६८३ नम्बरको स्कुटी चालक सोही…
बेइजिङ । अमेरिका र चीनबिच ‘कर युद्ध’ जारी रहँदा चीनमा बनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा वृद्धि देखिएको छ । यो ट्वाइलेट ब्रस नयाँ भने होइन । ट्रम्प पहिलो पटक राष्ट्रपति बन्दा नै चिनियाँ कम्पनीहरूले देशमा उनको लोकप्रियतालाई मध्यनजर गर्दै उनमा आधारित कयौँ वस्तुहरू निर्माण गरेको थियो । तर, अहिले परिस्थिति बदलिएको छ । चीन र अमेरिकाको सम्बन्ध निकै तनावपूर्ण रहेको छ । अहिले चिनियाँहरू अमेरिकी राष्ट्रपतिलाई गिज्याउन ‘ट्रम्प ट्वाइलेट ब्रस’ किनिरहेका छन् । चिनियाँ मिडियाहरूले ट्रम्प ट्वाइलेट ब्रसको बिक्री ह्वात्तै बढेको बताइरहेका छन् । उनीहरूले यसलाई ‘यीवु काउन्टर अट्याक’समेत भनिरहेका छन् । यीवु सहरमा सस्ता…
झापा, ८ बैशाख । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत…
ताप्लेजुङ, ८ बैशाख । ताप्लेजुङमा बोलेरोमा करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ। पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरोमा बिजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा घटना भएको प्रहरीले जनाएको छ । यो घटनामा बोलेरो चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराई, ललितपुरकी–१६ वर्षीया आध्या आचार्य, झापा घर भएकी वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भीम दाहालले जानकारी दिए। पोलबाट लत्रिएको बिजुलीको तारलाई बोलेरोले छुँदा यात्रुमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ। घटनामा परि दुईजना गम्भीर घाइते भएका छन्। स्थानीय सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट…
कालीकोट, ८ बैशाख । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पलाँता गाउँपालिका–५ अम्मा शाही, पलाँता गाउँपालिका–४ का ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र विक र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । पलाँता गाउँपालिका–२ राडुनेटा नजिक ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए । पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको प्रहरीले जनाएको…
हल्दिबारी, ८ बैशाख । झापाको हल्दिबारीले जग्गा वर्गीकरण छुटेका र संशोधनका लागि अन्तिम पटकका लागि निवेदन माग गरेको छ । गाउँपालिकाले २०८१ चैत ३१ गते एक सूचना जारी गर्दै भू–उपयोग वर्गीकरण छुट भएका र वर्गीकृत क्षेत्र संशोधनका लागि अन्तिम पटक निवेदन दिने सार्वजनिक सूचना जारी गरेको हो । हल्बिारी गाउँपालिका क्षेत्र भित्रका निजी जग्गाहरुको भू–उपयोग वर्गीकरण गर्न छुटेका र वर्गीकृत क्षेत्र संशोधन गर्नुपर्ने जग्गाहरुको हकमा अन्तिम पटकका लागि मिति २०८२ बैशाख १५ गते भित्र निवेदन दिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन…
झापा, ७ बैशाख । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट त्रिशूलीमा खसेको मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको छ। त्रिशूली नदीबाट उद्धार गरिएका सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–९ निवासी २६ वर्षीय मिनबहादुर तामाङको मृत्यु भएको धादिङ प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । बा. प्र ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। मोटरसाइकलमा सवार अर्का एक जना बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोरले खोजी गरिरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा, ७ बैशाख । झापाको दुई भिन्न स्थानबाट प्रहरीले २२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको ती सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल र पाट्स बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको सामानहरु बरामद भएको जनाइएको छ । त्यस्तै, शनिबार राति ८ बजे भद्रपुर–९ मा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइँदै गरेको २० कार्टुन मोबाइलको पार्टस बरामद गरिएको प्रहरीले जनाएको छ ।अन्दाजी ४…