jhapaonline add

बिर्तामोड, ३० जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ आजदेखि अतिथिसदनमा सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर मेलाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । रोजगार मेलामा डीडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल…

Read More

संखुवासभा, ३० जेठ । संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोल स्थितबाट भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ २९ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले पाँचखपन नगरपालिका–६ निवासी ३५ वर्षीय विनय मगरको घर छेउमा रहेको कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ थान लोड गरिएको भरुवा बन्दुक बरामद गरे संगै मगरलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ३० जेठ । नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीका क्रममा दशगजा क्षेत्रमा रहेका चियाका बोट हटाइएको छ। जिल्ला झापाको कचनकवल गाउँपालिका–५ पाठामारी तथा भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्लाको पाठामारी क्षेत्रमा रहेको सीमा स्तम्भ नम्बर ११४ मा शुक्रबार नेपाल र भारतका सुरक्षा निकायबीच संयुक्त (ज्वाइन्ट) गस्ती सञ्चालन गरिएको थियो। प्रहरी चौकी पाठामारी, बीओपी पाठामारी तथा भारतको सशस्त्र सीमा बल (एसएसबी) को सहभागितामा बिहान करिब १०ः३० बजे सुरु भएको संयुक्त गस्तीका क्रममा नेपालतर्फको दशगजा क्षेत्रमा रहेको सुनकोशी चिया बगानका करिब ६० देखि ६५ वटा चियाका बोट हटाइएको जनाइएको छ। सीमा क्षेत्रको संरक्षण, दशगजा क्षेत्र अतिक्रमणमुक्त राख्ने तथा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने…

Read More

तोमनाथ उप्रेती मानव जीवनको सबैभन्दा जटिल रहस्य बाहिरी संसारमा लुकेको छैन। त्यो मानिसकै अन्तर्मनमा लुकेको छ। संसार जित्न निस्किएको मानिसले प्रायः आफूलाई नै बिर्सन्छ। ऊ पर्वत चढ्छ। महासागर पार गर्छ। राज्य निर्माण गर्छ। विज्ञानका चमत्कार रच्छ। तर कहिलेकाहीँ आफ्नै हृदयको गहिराइमा रहेको सत्यलाई देख्न असफल हुन्छ। यही कारण पूर्वीय दर्शनले बाहिरी विजयभन्दा भित्री विजयलाई ठूलो मानेको छ। उपनिषद्हरूले बारम्बार भनेका छन् सबैभन्दा महान् युद्ध मानिसले संसारसँग होइन, आफ्नै अहंकारसँग लड्नुपर्छ। अहंकार एउटा विचित्र आवरण हो। यो आँखाले देखिँदैन। तर जीवनका हरेक निर्णयमा यसको प्रभाव देखिन्छ। यो मानिसलाई आफूभन्दा ठूलो कोही छैन भन्ने भ्रम दिन्छ। यो मानिसलाई अरूभन्दा अलग र श्रेष्ठ…

Read More

बिर्तामोड, ३० जेठ । पूर्वको व्यापारिक सहर बिर्तामोडमा आज र भोलि व्यापार मेला हुँदैछ । बिर्तामोड नगरपालिकाको आयोजनामा सञ्चालन हुने ‘बिर्तामोड रोजगार मेला’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा दुई दिनसम्म सञ्चालन हुने उक्त मेलाको तयारी सम्पन्न भएको सहजकर्ता सेवक बजगाईंले जानकारी दिनुभयो । रोजगार मेलामा रोजगारदाता संस्थाहरूमा डीडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल इन्टरनेसनल, कम्प्युटर एसोसिएसन नेपाल (क्यान), फायरउड वेकर्स, त्रिशक्ति जब…

Read More

भद्रपुर, ३० जेठ । झापाको भद्रपुर नगरपालिका–२ स्थित नृत्यालय स्कुल अफ डान्सले आयोजना गरेको ‘शुद्ध नृत्य युद्ध’को ग्राण्ड फिनाले आज शनिबार हुने भएको छ । यहाँस्थित स्थित ग्यालेक्सी पार्टी प्यालेसमा हुन लागेको फिनालेमा १० जनाले प्रतिस्पर्धा गर्ने आयोजक नृत्यालयका सञ्चालक एवम् कार्यक्रम संयोजक सक्षम तामाङले जानकारी दिनुभयो । स्थानीय स्तरमा रहेका प्रतिभाहरूको पहिचान गरी उनीहरूमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । झापाको बनियानी, चन्द्रगढी, हल्दिबारी, भद्रपुर लगायतका स्थानमा गरिएको अडिसनबाट ७० जना प्रतिस्पर्धी छनोट गरिएको बताउनुहुँदै उहाँले दोस्रो चरणमा ३२ जना र तेस्रो चरणमा १० जना छनोट गरी अन्तिम प्रतिस्पर्धाका लागि ग्राण्ड फिनाले हुन…

Read More

झापा, ३० जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । आज…

Read More

बिर्तामोड, २९ जेठ । नेपाल–भारत सीमा सम्बन्धी द्विपक्षीय फिल्ड कार्यअन्तर्गत झापाको बिर्तामोडमा नेपाल र भारतका उच्च अधिकारीहरूको सहभागितामा फिल्ड सर्भे बैठक भएको छ । आज बिर्तामोडमा आयोजित बैठकमा भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज जिल्लाका जिल्ला अधिकारी (डीएम) विशाल राजसहित भारतीय सुरक्षा निकाय एसएसबीका अधिकारीहरूको सहभागिता रहेको थियो । नेपालतर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम र झापाका प्रमुख जिल्ला अधिकारी तथा प्रतिनिधिहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरू, जिल्ला वन कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । बैठकमा नेपाल–भारत सीमा क्षेत्रको अवस्था, सीमा व्यवस्थापन, समन्वय तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । सीमा क्षेत्रमा देखिएका समस्याको समाधान तथा दुई देशबीचको सहकार्यलाई…

Read More

झापा, २९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले शून्य प्रगति रहेका ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ। ऊर्जा मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजकत्वमा गठित समितिले ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा १ हजार ३८८ मेगावाट क्षमताका ती आयोजनाको अनुमतिपत्र रद्द गर्न सुझाव दिएको हो। समितिले २०७६ सालअघि अनुमति लिएर पनि कुनै प्रगति नगरेका ११ आयोजनाको लाइसेन्स तत्काल खारेज गर्न तथा ४ हजार १२१ मेगावाट क्षमताका ७५ आयोजनालाई ‘समस्याग्रस्त’ घोषणा गरी कारबाही प्रक्रिया अघि बढाउन पनि सिफारिस गरेको छ। प्रतिवेदनमा ऊर्जा क्षेत्रमा देखिएको ‘लाइसेन्स राज’ अन्त्य गर्दै अबदेखि प्रतिस्पर्धात्मक आधारमा मात्र सर्वेक्षण अनुमतिपत्र जारी…

Read More

झापा, २९ जेठ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै रु ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै रु ३५ लाख तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै रु तीन लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट…

Read More