jhapaonline add

बिर्तामोड, १ साउन । दोस्रो स्थापना दिवसको अवसरमा वैदेशिक रोजगार व्यवसायी संघ झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको छ। संघका प्रथम उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजन सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संघकी महिला उपाध्यक्ष सरिता बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि शर्मा, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा बिर्तामोड–१ का वडा सदस्य टेकबहादुर अधिकारीले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका गतिविधिको प्रशंसा गर्दै रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो। महासंघका अध्यक्ष गिरीले वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठनले विगतमा बाढी–पहिरोलगायत विभिन्न विपद्का…

Read More

झापा, १ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिण्य)को स्मृतिमा प्रदान गरिँदै आएको ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार चुडामणी तिम्सिना (सिएम शर्मा) लाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले स्थापना गरेको उक्त पुरस्कार यो बर्ष तिम्सिनालाई प्रदान गर्न लागिएको हो । झापाको बिर्तामोडमा शुक्रबार बसेको समितिको बैठकले ठोस खवर डट कमका सम्पादक तिम्सिनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । आगामी साउन ७ गते स्वर्गीय आचार्यको स्मृति दिवसको अवसरमा बिर्तामोडमा एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने प्रेस सेन्टर नेपाल झापाका सचिव प्रकाश उप्रेतीले जानकारी दिए । प्रत्येक बर्ष प्रदान गरिँदै आएको पुरस्कारको…

Read More

चितवन, १ साउन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये ११ हजार ४१९ जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ६२१ जना चितवनका रहेका छन् । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये रत्ननगर नगरपालिकाका २४६ जना, खैरहनी नगरपालिका ११७ जना, भरतपुर महानगरपालिकाका ९० जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यस्तै, राप्ती नगरपालिकाका ८२ जना, कालिका नगरपालिकाका ६९ जना, माडी नगरपालिकाका सात जना र इच्छाकामना गाउँपालिकाका १० जनामा यो रोगको सङ्क्रमण देखिएको केसीले बताउनुभयो । आव २०८१र८२…

Read More

झापा, १ साउन । फिफा विश्वकप फुटबल २०२६ का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशिप रिङ (औँठी) प्राप्त गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशिप रिङ पनि प्राप्त गर्ने भएका हुन् । अमेरिकाको न्यूयोर्क–न्यू जर्सी रङ्गशालामा पर्सि आइतवार राति पौने १ हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई र अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराउँदै उपाधि नजिकै पुगेका हुन् । फिफाले सन् २०२६ को प्रतियोगिताको सम्झनामा २ हजार २६ थान च्याम्पियनशिप रिङ तयार पारेको छ । विजेता टोलीका सदस्यहरूलाई ३० वटा औँठी प्रदान गरिनेछ भने…

Read More

झापा, १ साउन । झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले शुक्रबार (२०८३ साउन १ गते) दिउँसो १२:३० बजे मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा चेकजाँचका क्रममा मेचीनगर–६ का ४५ वर्षीय अवित राईलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतको पानीट्याङ्कीबाट नेपालतर्फ भाडाको सिटी सफारीमा आउँदै गरेका राईमाथि शंका लागेपछि शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा पहेँलो प्लास्टिकको पोकाभित्र लुकाइराखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो । बरामद गरिएको पदार्थको तौल गर्दा प्लास्टिकसहित ४ ग्राम १२० मिलिग्राम र प्लास्टिकबाहेक…

Read More

झापा, १ साउन । पछिल्ला तीन महिनामा देशभर तीन हजार २९६ वटा विपद्का घटना हुँदा १६० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म भएका विभिन्न विपद्का घटनामा दुई जना बेपत्ता, ९४५ जना घाइते तथा चार हजार ३७५ परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी ८९७ वटा आगलागीका घटना भएका छन्। ती घटनामा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्। यस अवधिमा सर्पदंशका ५१४ घटनामा ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन्। त्यस्तै, ४७७ वटा हुरीका घटनामा १३ जनाको…

Read More

राजेन्द्र गौतम लाग्छ,निरो बाँसुरी बझाइरहकै छ । उसलाई न कसैको मतलब छ, न उ कसैको कुरा नै सुन्छ । उसलाई यति मात्रै थाहा छ, उ उसकै धुनमा छ । संसार बदलिएर कहाँ पुगिसक्यो, संसार बदल्ने सपना बोकेर राजनीतिमा आएको “निरो समूह” आफ्नो पद गुमेकोमा चिन्तित छ । किन्तुपरन्तु पद चाहियो, चाहियो । “गगनले हाइज्याक गरेर कांग्रेस कब्जा गर्‍यो । हामीलाई लात हानियो” यो कस्तो तर्क न जवाफ छ न औचित्य नै । हरेक तहमा रुपान्तरणको बेगले आँधीबेहरी ल्याइसक्यो । पुरानो कांग्रेस बडारिएर एउटा कुनामा हुत्तिएको छ । तर, कांग्रेसका पुराना अग्रजलाई सम्मान र पद चाहिएको छ । यो बालहठ किन…

Read More

झापा, १ साउन । झापाको कचनकवल गाउँपालिका–४ हरियाली झोडाबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायब निरीक्षक प्रकाशकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार राति ९ः४० बजे शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–२ संगीत चोकका ३२ वर्षीय विशाल गाईने र सोही स्थानका २३ वर्षीय सिद्धार्थ गाईने रहेका छन् । प्रहरीका अनुसार कालो प्लास्टिकमा लुकाई–छिपाई राखिएको दुई वटा सानो पोका बरामद गरिएको थियो । तौल गर्दा प्लास्टिकसहित ४०० मिलिग्राम र प्लास्टिक बाहेक १८० मिलिग्राम…

Read More

झापा, १ साउन । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही…

Read More

बिर्तामोड, ३२ असार । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ९काउन० झापाको आठौँ जिल्ला अधिवेशन बुधबार बिर्तामोडमा सम्पन्न भएको छ। अधिवेशनले सिरतलाल राजवंशीलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। निर्वाचन समिति संयोजक जयकुमार दाहालका अनुसार ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा राम राई, महिला उपाध्यक्षमा प्रमिला अधिकारी, सचिवमा सञ्जय शेख, सहसचिवमा सचिन धिमाल तथा कोषाध्यक्षमा मानिक राजवंशी सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा रामलाल राजवंशी, मोती चौधरी, विजय राजवंशी, राम राजवंशी र कार्तिकलाल राजवंशी चयन हुनुभएको छ। सिरतलाल राजवंशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारीले…

Read More