
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, २९ मंसिर । झापाको दमक नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका ६ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दमक–७ हनुमान मन्दिरस्थित पशुहाटबाट बेलडाँगी जाँदै गरेको को १ ह ९७४५ नं. को अट्टोलाई चेकजाँच गर्दा अट्टोको डिकिमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५१ ग्रामसहित अट्टो चालक दमक–१ का ३५ वर्षीय प्रकाश श्रेष्ठ र अट्टोमा सवार सोही स्थानका २३ वर्षीय अर्जुन लिम्बू र उनकी श्रीमती २७ वर्षीय मनिसा लिम्बूलाई पक्राउ गरेको हो । अट्टोसहित पक्राउ परेका उनीहरुलाई…
झुलन रेग्मीझापा, २९ मंसिर । झापासहित मेचीनगरका १५ वटै वडामा नयाँ मिचाहा प्रजातिको उल्टा काँडा झार तीब्र रुपमा फैलिरहेको एक अध्ययनले देखाएको छ । फरेस्ट एक्सन नेपालले हालै गरेको स्थलगत अध्ययनबाट पशुका लागि हानिकारक मानिएको वनस्पति उल्टा काँडा ठूलो क्षेत्रमा फैलिए नियन्त्रण चुनौतीपूर्ण हुने चेतावनी पनि दिएको छ । फरेस्ट एक्सन नेपालले डिभिजन वन कार्यालय झापा, सामुदायिक वन उपभोक्ता महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहकार्यमा मेचीनगरमा स्थलगत अध्ययन गरेको थियो । ६ जनाको प्राविधिक टोलीले १५ वटै वडामा अध्ययन गर्दा हडियाँ खोला, धुलाबारी मोड पश्चिम, मागुरमाडी वन उपभोक्ता समूह वीट नं. १ क्षेत्रमा उल्टा काँडा अधिक रहेको जनाएको…
झापा, २९ मंसिर । सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हडताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेअनुसार सोको सूचना राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने गरी सोबारेको सूचना राजपत्रमा प्रकाशित गरिएको हो ।
झापा, २९ मंसिर । अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ। विदेशी मुद्राको सञ्चिति आयातलाई करिब १३ महिना धान्ने अवस्थामा पुगेको छ। घाटामा गएको चालु खाता बचतमा आएको छ। शोधनान्तर करिब डेढ खर्ब बचतमा छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका बाह्य सूचक मजबुत देखिएका छन्। अर्थतन्त्रका बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत बनेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए। ‘बाह्य सूचक उत्साहजन छन्,’ श्रेष्ठले भने, ‘यसले आन्तरिक अर्थतन्त्र सुधारमा टेवा पुग्छ।’ ‘रेमिटेन्स आप्रवाहमा…
झापा, २९ मंसिर । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् । संस्थानका अनुसार आङ्गिकतर्फ पुल्चोक क्याम्पसमा कुल ६२४ सिटमध्ये ३० सिट मात्रै भर्ना गर्न बाँकी छ । यो क्याम्पसले इन्जिनियरिङका १६ वटा विषयको पढाइ सञ्चालन गरिरहेको छ । थापाथली क्याम्पसमा ४३२ वटा सिटमध्ये १०८ वटा मात्रै रिक्त छन् । पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२ वटा सिटमध्ये ११७ वटा र धरानस्थित पूर्वाञ्चल…
झापा, २९ मंसिर । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उनले स्मरण गरे, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गरे। उनले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ । उनको नेपाली बजार नामक व्यवसायमा नेपाली खानाका परिकार गुन्द्रुक, तामा, थरीथरीका अचार, नेपाली खाद्यान्न,…
बिर्तामोड, २८ मंसिर । धार्मिक तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले झापाको बिर्तामोड–४ स्थित लालीगुँरास टोलको नवदुर्गा किर्तन मण्डलीले तीर्थ दर्शन यात्रा २०८० गर्ने भएको छ । किर्तन मण्डलीले शुक्रबार बिर्तामोडदेखि सप्तरीस्थित राजबिराजको छिन्नमस्ता मन्दिरको एकदिने तीर्थ दर्शन गर्ने तीर्थ दर्शन यात्रा संयोजक गोपी अधिकारीले जानकारी दिए । कार्यक्रममा किर्तन मण्डलीका सल्लाहकार बासु दुलाल, अध्यक्ष श्यामलाल अधिकारी, सचिव पुष्प बिमलीलगायत ५० जनाको टोलीले छिन्नमस्ता मन्दिरको एकदिने तीर्थ दर्शन यात्रा गर्ने संयोजक अधिकारीले बताएका छन् ।
झापा, २८ मंसिर । पूर्वी गर्जन मिडिया प्रालिले प्रकाशनमा ल्याएको पूर्वी गर्जन मासिक पत्रिका सार्वजनिक भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच पत्रिका सार्वजनिक गरिएको हो । कार्यक्रममा झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजक नरेन्द्र ढकाललाई सम्मान गरिएको छ । पूर्वी गर्जनले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदानी अक्षयकोषबाट पुरस्कृत पत्रकार ढकाल पुरस्कृत हुनुभएको हो । जनपक्षीय सञ्चारकर्मीका रुपमा पूर्बी गर्जन मिडियाले ढकाललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ र पार्टीका केन्द्रीय सदस्य तथा मेची इञ्चार्ज सुमन सिंह…
शिवसताक्षी, २८ मंसिर । झापाको शिवसताक्षी नगरपालिकामा प्रथम शिवसताक्षी आधारभूत विद्यालय नगर स्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक बजार पश्चिमकोे खेल मैदानमा उक्त प्रतियोगिताको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा भगवती माध्यमिक विद्यालय विजयी भएको छ । भानु मावि पाराबारीलाई १–० गोल अन्तरले हराउँदै भगवती मावि विजयी भएको हो । त्यस्तै आजै भएको दोस्रो खेलमा लक्ष्मी नारायण मावि विजयी भएको छ । ध्रवतारा आवशिय माविलाई २ –१ गोलअन्तरले हराउँदै लक्ष्मी नारायण मावि विजयी भएको आयोजक वडा नं. ५ को कार्यालयले जनाएको छ । त्यसै गरी आजै भएको…
भद्रपुर, २८ मंसिर । आज बिहान झापाको बाह्रदशी गाउँपालिकामा जंगली भाले हात्ती मृत फेला परेको छ । बाह्रदशी–१ स्थित बागमतामा भन्ने स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको हो । सोही स्थानका नगेन्द्र राईको बारीको सुटुनी खाएर त्यहीँको तोरी बारीमा मृत अवस्थामा हात्ती फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।