
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ जेठ । झापाको दमक नगरपालिका–६ स्थित दमक नगरपालिकाको कार्यालय अगाडि प्रतिबन्धित लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । दमक नगरपालिकाको कार्यालय आगाडि प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमबार शंकास्पद अवस्थामा हिँडिरहेका पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्बाङलाई नियन्त्रणमा लिई जाँच गरेको थियो । जाँचका क्रममा नेम्बाङले लगाएको पाइन्टको बायाँ खल्तीबाट प्लास्टिकमा पोका पारी लुकाइराखेको ४ ग्राम ५१० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद लागुऔषधसहित नेम्बाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको…
नेपालगञ्ज, २६ जेठ । गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । शिक्षा महाशाखाका उपसचिव गोर्ख बहादुर थापाका अनुसार जेठ २६ देखि २९ गतेसम्म सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको हो । अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाको सुझाव समेतका आधारमा चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको उपसचिव थापाले बताउनुभयो । केही दिन…
झापा, २६ जेठ । झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको करिब ३५ मिटर केबल काटेर चोरी गरिरहेको अवस्थामा प्रहरी चौकी चारआलीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मेचीनगर–६ का २३ वर्षीय संगम शेर्पा र मेचीनगर–१५ का २१ वर्षीय मणिराज राजवंशी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट करिब ३५ मिटर केबल, दुई थान ह्याक्सो ब्लेड र एक थान तार कटर बरामद गरेको जनाएको छ । घटनामा संलग्न दुवै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता…
झापा, २६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणता बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणता बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली…
झापा, २५ जेठ । झापाको झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्ती क्षेत्रमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । आइतबारसाँझ करिब ५ः३० बजे प्रहरी चौकी टाघनडुब्बा बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका एक युवकलाई शंकाको आधारमा जाँच गरेको थियो। जाँचका क्रममा झापा गाउँपालिका–१ रङ्गेथान निवासी २० वर्षीय जीवन राजवंशीले साइकलको ह्यान्डलमा कालो प्लास्टिकभित्र लुकाएर ल्याउँदै गरेको १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। लागुऔषध र साइकलसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
झापा, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएको थियो । आइतबार अधिवेशन सुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेका छन् । रास्वापका प्रवक्ता मनिष झाका अनुसार कोशीका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेका छन् । उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ । मधेसका महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशनपश्चात्…
झापा, २५ जेठ । झापाको बिर्तामोड नगरपालिका–६ स्थित न्युटन अंग्रेजी स्कुल नजिकबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। आइतबार राति करिब ९ बजे राजु राजवंशीको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी बाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो । तलासीका क्रममा कोठाबाट प्लास्टिकबाहेक करिब ३ ग्राम प्रतिबन्धित लागुऔषधजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीय राजु राजवंशी र ३० वर्षीय विक्रम भन्ने अभिनास चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तोमनाथ उप्रेती निःस्वार्थ भनेको आफ्ना आवश्यकताहरूलाई पूर्ण रूपमा अस्वीकार गर्नु होइन, बरु आफ्नो सीमित स्वार्थभन्दा माथि उठेर अरूको हितलाई पनि समान महत्व दिनु हो । जब मानिस आफ्नो व्यक्तिगत लाभभन्दा समाजको भलाइलाई प्राथमिकता दिन थाल्छ, तब उसले आफैँलाई पनि एक उच्च मानसिक शान्ति प्रदान गर्छ । यो शान्ति बाह्य सम्पत्तिबाट प्राप्त हुँदैन, यो आत्मिक सन्तोषबाट उत्पन्न हुन्छ । समाजको संरचना पनि निःस्वार्थ भावनामा नै टिकेको हुन्छ । परिवारदेखि राष्ट्रसम्म, प्रत्येक तहमा मानिसहरूले एकअर्काप्रति जिम्मेवारी र समर्पण देखाए मात्र समाज स्थिर रहन सक्छ । उदाहरणका लागि, एक शिक्षकले केवल तलबका लागि होइन, विद्यार्थीको भविष्य निर्माणका लागि पढाउँछ भने त्यहाँ ज्ञानको वास्तविक…
बिर्तामोड, २५ जेठ । झापाको बिर्तामोडमा आगामी जेठ ३० र ३१ गते ‘रोजगार मेला’ हुने भएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा उक्त मेला हुन लागेको हो । मेलाको तयारी र प्रभावकारिताका विषयमा जेठ २२ गते नगरपालिकाले सरोकारवाला पक्षहरूसँग वृहत् छलफल तथा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । छलफल कार्यक्रममा बोल्दै मेलाका सहजकर्ता सेवक बजगाईले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूका लागि यो मेला निकै महत्त्वपूर्ण कडी बन्ने बताउनुभयो। उहाँका अनुसार मेलामा विभिन्न उद्योग, व्यवसाय र कम्पनीहरूका २५ वटा स्टलहरू रहनेछन् भने मेलामा २ हजारभन्दा बढी युवाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। नगरपालिकाका अनुसार १८…
झापा, २५ जेठ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने तयारी गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा हटाउने सम्बन्धमा सरकारले कुनै निर्णय नगरेको र हाल त्यस्तो कुनै तयारी पनि नरहेको स्पष्ट पार्नुभएको छ। केही सञ्चारमाध्यममा आइतबारको बिदा खारेज हुन लागेको समाचार प्रकाशित भएपछि सरकारले त्यसको खण्डन गरेको हो। यसअघि इन्धनको मूल्यवृद्धिका कारण जनजीवनमा सहजता ल्याउने उद्देश्यले मन्त्रिपरिषद्ले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।