jhapaonline add

बिर्तामोड, १ जेठ । बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको आज अनुगमन गरिएको छ । वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको ुब्याग बनाउने तथा सिलाई कटाईु तालिमको अनुगमन गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, कार्यपालिका सदस्य संगिता सिवा, तिला गौतम, निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । बिर्तामोड नगरपालिकाले विभिन्न शाखा मार्फत सिलाई कटाई व्युटीपार्लर, दालमोठ भुजिया बनाउने, वारिष्ठा लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।

Read More

बिर्तामोड, १ जेठ । बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाइजर र गोप्रो क्यामेरा १–१ थान हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख प्रसाईले यस आधुनिक उपकरणले सवारी चालकको मदिरा सेवन परीक्षण तथा निगरानी कार्यमा थप सहज हुने बताउनु भयो । दुर्घटना न्युनिकरणमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बिर्तामोडको ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भयो । झापा ट्राफिक प्रहरीसंग ब्रेथलाईजर, क्यामेरा, राडरगन लगायतका आवश्यक सामाग्री प्रयाप्त नहुँदा दैनिक…

Read More

शिवसताक्षी, १ जेठ । शिवसताक्षी नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि दुई दिवसीय अभिमुखिकरण र रणनीतिक योजना पूर्व कार्यशाला सुरु गरेको छ । कार्यक्रम बिहिबारबाट नगरपालिका कार्यालयमा सुरु भएको हो । अभिमुखिकरणमा बालबालिकामाथि लगानीलाई खर्च नभई भविष्यको दिगो लगानीका रूपमा लिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङ्फेले बताउनुभयो । बालबालिकालाई शिक्षा, स्वास्थ्य र अवसर आवश्यक छ।” उहाँले भन्नुभयो बालमैत्री बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि अबलम्बन गर्नु पर्ने बुँदाहरुमा छलफल गरिने छ । कार्यक्रम अधिकृत महेश लामिछानेका अनुसार कार्यशालाले बाल अधिकार तथा बालमैत्री शासन प्रणालीबारे सरोकारवाला निकायहरूलाई अभिमुखिकरण गराउनेछ । नेपालले सन १९९० मा बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेको र नेपालको संविधान २०७२…

Read More

झापा, १ जेठ । जिल्लामा चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा चार अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाखमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख खर्च भएको छ”, उनले भने । कार्यालयको तथ्याङ्कअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार खर्च भएको छ । चालु…

Read More

झापा, १ जेठ । इलाका प्रहरी प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले झापा बिर्तामोड–१ का २९ वर्षीय बिशाल शाक्य, २५ वर्षीय महमद सलाम देवान र इलाम माई नगरपालिका–८ का २७ वर्षीय श्री प्रसाद आङदेम्बेलाई लागू औषध खैरो हेरोईन २ सय ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यस्तै, मोरङको मोरङको बिराटनगर–१५ बाट लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बेलबारी–७ का २२ वर्षीय रोशन राईलाई खैरो हिरोइन २ ग्राम १३ मिलिग्रामसहित पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…

Read More

झापा, १ जेठ । बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला ३५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन…

Read More

संखुवासभा, १ जेठ । संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडास्थित चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । वैशाख ३१ गते साँझ छिमेकीको घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतिक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा डाक्टरले चेक जाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो भने घाइते भएका ३ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।

Read More

झापा, १ जेठ । संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो बैठेकले पाँच निर्णय गरेको छ । मोर्चाको बिर्तामोडमा बसेको बैठकले बिभिन्न पाँच निर्याय गरेको संयुक्त पहिचानवादी मोर्चा झापाका संयोजक एलबी पालुङ्वाले जानकारी दिए । मोर्चाको जिल्ला संयोजन समितिको पहिलो बैठक १५ सदस्यीय जिल्ला सचिवालय गठन, मोर्चाको आर्थिक विभागको जिम्मेवारी, संगठन विस्तार, मोर्चाले संगठन विस्तारसँगसँगै प्रशिक्षण/ अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने र मुकुम्लुङ र नो कोशी आन्दोलनसहित पहिचानका आदोलनहरुमा संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला सक्रिय तथा शसक्त ढंगले सहभागिता हुने छन् । मोर्चाका झापा संयोजक एलबी पालुङ्वाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सचिवालय गठनको सदस्यहरुमा भवानीविक्रम सेलिङ, कालीबहादुर खेबाङ, नीर बहादुर राई, हरि नारायण…

Read More

झापा, १ जेठ । प्रहरीले झापाको गौरीगञ्ज गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ । गएराति ब्राउनसुगर र लागुऔषधसहित दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो । यस्तो छ घटना विवरण : मिति २०८२।०१।३१ गते अ. १७:३० बजेको समयमा जिल्ला झापा गौरीगञ्ज गाउँपालिका वडा न.३ गौरीगञ्ज बजार स्थित BR37AJ9952 उल्लेखित भारतिय नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक देश भारत किसनगञ्ज जिल्ला खनियाबा ७ फुलबरिया बस्ने वर्ष १९ को मोनाजिर आलमको साथबाट बरामद भएको POCO मोबाईलमा भारतिय नम्वरबाट लागुऔषधको भिडियो पठाएको भेटिएकोले नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध देश…

Read More

झापा, १ जेठ । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवार र परिवार लक्ष्यित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुव्र्यवहार रोकथाम उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । सन् १९८० को दशकमा संयुक्त राष्ट्रसङ्घले परिवारसँग सम्बन्धित विषयहरूमा ध्यान केन्द्रित गर्न थालेसँगै १९८३ मा आर्थिक तथा सामाजिक परिषद्को…

Read More