
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २९ साउन । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार इलाममा मेची राजमार्ग, काभ्रेपलाञ्चोकमा बीपी राजमार्ग, मकवानपुरमा कान्ति लोकपथ र सिन्धुपाल्चोकमा अरनिको राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध छन्। पछिल्लो विवरणमा यी राजमार्गका केही खण्ड पूर्ण रूपमा बन्द रहेको जनाइएको छ। त्यस्तै, रसुवामा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, धादिङमा पृथ्वी राजमार्ग, लमजुङमा मध्यपहाडी लोकमार्ग, रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग तथा रुकुमपश्चिममा भेरी करिडोर पनि बाढीपहिरोका कारण प्रभावित भएका छन्। यसैगरी बागलुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेँसीसहर–बेनी–जोमसोम सडक तथा भोजपुरमा मध्यपहाडी लोकमार्गमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। वर्षाका कारण…
झापा, २९ साउन । बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार देशका प्रमुख नदीहरूमा बहाव हालसम्म सतर्कता तहभन्दा तल रहे पनि दिउँसो र राति बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको पूर्वानुमानअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा दिउँसो र राति बहाव बढ्ने सम्भावना छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी,…
सन्तोष शर्माकानकाई, २९ साउन । झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा निर्मित विद्युतीय शवदाह गृह सञ्चालन आउन सकेको छैन । निर्माण भएको लामो बितिसके पनि शवदाह गृह सञ्चालनमा आउन नसकेको हो । कोशी प्रदेश सरकार अन्तरगत खानेपानी, सिञ्चाइ तथा ऊर्जा मन्त्रालय, कनकाई नगरपालिका र दाताहरुको करिब २ करोड ५० लाख रुपैयाँको लागतमा विद्युतीय शवदाह गृहको निर्माण कार्य सम्पन्न भइसकेको छ । हालसम्म परीक्षणका रुपमा १०–११ वटा विद्युतीय शवदाह गृहमा दहन गरिसकिएको कनकाई घाट समितिका महासचिव गोपाल खरेलले जानकारी दिनुभयो । निर्माण पक्षले शवदाह गृह निर्माण पश्चात कनकाई नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । निर्माण सम्पन्न भए पनि हालसम्म शवदाह…
झापा, २९ साउन । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको शव नेपाल पठाइने भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वाका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको शव शनिबार नेपाल पठाउन लागिएको हो । रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावाससँगको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने व्यवस्था मिलाइएको हो । रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार दुवै जनाको शव अगस्ट १४ तारिख रोमानियाको हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको उडानमार्फत इस्तानबुल हुँदै नेपाल ल्याइनेछ। उडान तालिकाअनुसार शव अगस्ट १६ तारिख बिहान काठमाडौं आइपुग्नेछ। यसबारे मृतकका…
झापा, २९ साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे जनाएअनुसार हाल देशभरकै आकाशमा साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका धेरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै बागमती र कोसी प्रदेशका थोरै ठाउँमा मध्यमसम्म वर्षा भइरहेको छ। मौसम महाशाखाले आज बिहान अपडेट गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस प्रदेश साथै कोसी, बागमती…
झापा, २८ साउन । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्रीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउन थालिएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो । हुलाक सेवा विभागका अनुसार साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा २ लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ । तीमध्ये ८ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरमै पुर्याएर वितरण गरिएको छ । त्यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र सातै प्रदेशका यातायात…
झापा, २८ साउन । झापाको कनकाई नगरपालिका–३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो । पुर्जा प्राप्त गर्नेमा एक जना भूमिहीन दलित, पाँच जना भूमिहीन सुकुमवासी र सात जना अव्यवस्थित बसोबासी रहेका छन् । यसअघि साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो । भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९र८० देखि लगत सङ्कलन सुरु गरेयता…
काठमाडौँ, २८ साउन । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गर्नुभएको छ। जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते हुनुभएका पूर्वसभापति देउवाले पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गर्नुभएको हो। आफ्नो सन्देशमा उहाँले आफू कुनै शक्ति प्राप्त गर्नका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यका साथ स्वदेश फर्किएको स्पष्ट पार्नुभएको छ । पूर्वसभापति देउवाले जारी गर्नुभएको वक्तव्यमा मुलुकको विद्यमान जटिल परिस्थितिलाई समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकाकार हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँलाई स्वागत गर्न काङ्ग्रेसका केही…
झापा, २८ साउन । आज १० वटा जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, स्याङ्जा, जुम्ला, दैलेखलगायत जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ । नदी तथा खोलानालामा आगामी तीन दिन पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । यद्यपि नारायणी नदीअन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ्ने तथा…
झापा, २८ साउन । आज सुनको भाउमा सामान्य घटेको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ३ लाख ६ हजार ७०० रुपैयाँ थियो । आज चाँदी ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार ७४५ रुपैयाँ थियो ।